| 
  • प्रधानमन्त्रीको शुभकामना सन्देशको पूर्णपाठ

    देशभित्र र बाहिर रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरु, नयाँ वर्ष २०७६ को मङ्गलमय शुभकामना । गए रातिबाट हामीले विक्रम सम्वत् २०७५ लाई बिदा ग¥यौँ । आशा, उत्साह र अपेक्षाका साथ गएको वर्ष शुभारम्भ भएको थियो । मुलुकलाई समृद्ध बनाउन हामी सबैले सिङ्गो वर्षभरि आ–आप्mनो स्थानबाट सक्दो मेहेनत ग¥यौँ । आजको यो नयाँ बिहानीमा म,…

    Read More
  • गुलामी राजनितीको अन्त्य कहिले ?

    जवसम्म नेता जनता खोज्दै गाँउ र पखेरा सम्म पुग्न सक्दैन, तवसम्म देश र जनताले काँचुली फेर्न सक्दैन । सदियौ देखि देखिएको नेताको यो पाखण्डी र सामन्ती सोचका प्रतिकार  आम जनतावाट नै  हुनुपर्दछ त्यसका लागी आम जनता कर्मशिल हुनुपर्दछ, स्वनिर्भर वन्नुपर्दछ । समाज र देशका लागी योगदान दिनुपर्दछ भन्ने भावनाको विकास आम जनतामा जाग्नुपर्दछ ।   …

    Read More
  • गफ भन्दा काम गर ।

    जनताको बिचमा हुने सार्बजनिक कार्यक्रममा होस वा अन्य सभा समारोहमा राजनितीक दलका नेताहरुको भाषण एउटा ठग गफाडीको भन्दा कम हुँदैन् । अझ चुनाबको बेलामा त् नेताहरुले पाँच बर्षमा देशमा कायापलट नैं ल्याउने गफ दिन्छन् । उनीहरुले समृद्धि नैं समृद्धि ल्याउने हावादारी भाषण गरी जनतालाई बेवकुफ बनाउने मात्र काम गर्छन् । नेताहरुको यस्तो गफलाई बुझेर पनि…

    Read More
  • अन्तर्वार्ता

    नेपाली क्रान्तिको मोडेल नेपालकै भूराजनीतिका विशिष्टतामा आधारित हुन्छ : मोहन बैद्य ‘किरण’

    (नेपाल कम्युनिस्ट पार्टी -क्रान्तिकारी माओवादी) का महासचिव कमरेड किरणसित समसामयिक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति, नेपाली क्रान्तिको दिशा र क्रान्तिकारीहरूबीचको सहकार्यका सम्बन्धमा सो पार्टी सम्बद्ध प्रकाशन वर्गदृष्टि का तर्फबाट गरिएको कुराकानी आम पाठकका लागि सान्दर्भिक र उपयोगी हुने ठानी नयाँ शिर्षकका साथ हामीले यहाँ प्रस्तुत गरेका छौँ । महासचिव कमरेड ! देशभित्र अहिले सोचिएको भन्दा फरक…

    Read More
  • मुख्य समाचार

    राजनीतिक सङ्कटको कारक दलाल संसदीय व्यवस्था होः अनिल शर्मा ‘विरही’

    देश भयानक सङ्कटतिर धकेलिएको छ । यो स्थितिको जन्म आकस्मिक रूपमा भएको होइन । यसका जराहरू विस्तृत शान्तिसम्झौता र मूलतः दलाल संसदीय व्यवस्थाभित्र खोज्नुपर्छ । यो सङ्क्षिप्त लेख त्यसै विषयमा केन्द्रित छ । गृहयुद्ध अथवा जनयुद्धको समयमा एकातिर शाहीसेनासहितको राजतन्त्र र अर्कोतिर जनमुक्ति सेनासहित जनताका बीचमा सङ्घर्ष थियो । शाहीसेना र जनमुक्ति सेनाका बीचमा सङ्घर्ष…

    Read More
  • राजनीति

    राष्ट्रिय स्वाधीनताको सोचमा पतन !

      नयाँ जनवादी–वैज्ञानिक समाजवादी क्रान्ति कुनै न कुनै रूपले राष्ट्रिय मुक्ति आन्दोलनसँग सम्बन्धित हुन्छ । हाम्रो जस्तो देश जो साम्राज्यवादीहरूको नवउपनिवेशमा रहेको छ, को सन्दर्भमा क्रान्ति झनै राष्ट्रिय स्वाधीनतासँग प्रत्यक्ष जोडिएको हुन्छ । कम्तिमा साम्राज्यवादी–उत्तर साम्राज्यवादी विश्व कायम हुँदासम्म कुनै पनि देशको क्रान्ति स्वाधीनतासँग नजोडिएर पूरा हुन सक्नेछैन । यो विषय पेरिस कम्युन, अक्टोबर क्रान्ति…

    Read More
  • राजनीति

    प्रेस स्वतन्त्रतासम्वन्धी मान्यता र सञ्चारमैत्री कानून निर्माणको सवाल

    १. अवधारणाः पूर्ण लोकतन्त्रमा मात्रै पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सम्भव छ । लोकतन्त्रबिना प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको निर्बाध प्रयोगको कल्पनासम्म गर्न सकिँदैंन । प्रेसले पूर्णरुपमा स्वतन्त्रता पायो भने मात्रै त्यसले जनतालाई सही सूचना सम्प्रेषण गर्नुका साथै लोकतान्त्रिक शासनलाई जिम्मेवार र उत्तरदायी बनाउन भूमिका खेल्न सक्छ । यही कारणले स्वतन्त्र प्रेसलाई लोकतन्त्रको आधार मानिएको हो…

    Read More
  • राजनीति

    सोम शर्माको सातु र राजावादीहरुको सपना

    प्राचीन नीतिशास्त्रको एक कथामा सोम शर्मा सपना देखिरहेका छन् । सोम शर्मा प्रतिदिन भिख मागेर ल्याएको भिक्षाटनबाट दैनिक अलिअलि बचाएर आफ्नो एकमात्र माटोको गाग्रीमा जम्मा गर्दथ्यो । जीवनमा एकपटक उसले आफ्नो गाग्री मुस्किलले पिठोले भर्न सफल भएछ्र अनि ऊ सोच्न थालेछ । उसले त्यो पिठो बेचेर केही कुखुराको चल्ला किन्नेछ, चल्ला ठूलो भएपछि तिनले अझै…

    Read More
  • राजनीति

    इन्डो–प्यासिफिक अमेरिकी रणनीति र नेपाल

      अमेरिकाले अहिले एशिया प्रशान्त रणनीतिबाट इन्डो–प्यासिफिक अर्थात् हिन्द प्रशान्त रणनीति सिफ्ट गरेको छ । यो क्षेत्रमा अमेरिका बढी केन्द्रित हुन थालेको छ । यो क्षेत्रमा अमेरिका केन्द्रित हुनुको कारण उसका निम्ति चीन आँखाको कसिंगर बन्न पुग्नु हो । इण्डियालाई पनि उसले पूर्ण रुपमा विश्वास गर्न सकेको छैन । नेपाल सानो देश भएपनि यसले अन्तर्राष्ट्रिय…

    Read More
  • तेस्रो विश्वयुद्धको नयाँ रूप :युद्धको निरन्तरतामा

      २६ जनवरी २०१९ मा ल्याटिन अमेरिकी देश भनेजुएलामा राजनीतिक सङ्कट चुलिँदै गएपछि त्यहाँका राष्ट्रपति निकोलस मडुरो (Nicolas Maduro) अवैधानिक भएको र नेसनल एसेम्बलीका नेता ज्वान ग्वाइदो (Juan Guaidó) वैधानिक राष्ट्रपति भएको भन्दै आफैँलाई अन्त्यरिम राष्ट्रपति घोषणा गरेपछि भएको राजनीतिक विकासप्रति हाम्रो पार्टीले एउटा वक्तव्य प्रकाशित गरी सामान्य प्रतिक्रिया र पार्टीको दृष्टिकोण स्पष्ट ग¥यो । त्यो…

    Read More