| 
  • मुख्य पृष्ठ

    ओली–बालेन ‘वाक युद्ध’: कसले कसलाई ‘निहुँ’ खोजिरहेका छन् ?

    काठमाडौं/प्रधानमन्त्री केपी शर्मा ओली र काठमाडौं महानगरपालिकाका नगरप्रमुख बालेन्द्र शाह (बालेन) बीचको ‘वाक युद्ध’ले अहिले नेपाली राजनीति तातेको छ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीका विरुद्धमा खरो टिप्पणी गर्दै आएका नगरप्रमुख शाह पछिल्लो समय प्राय हरेक विषयमा आलोचना गर्नबाट पछि हट्दैनन् । ओलीको नामै उल्लेख गर्दै शाहले आफ्ना कार्यकर्तालाई सामान्य ज्ञान…

    Read More
  • मुख्य पृष्ठ

    आजको मौसम : कतै भारी कतै हल्का वर्षाको सम्भावना

    काठमाडौँ/हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छभने वाग्मती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि…

    Read More
  • अपराध/दुर्घटना

    पानीको कमीले चारजनाको मृत्यु भएको पुष्टि

    बाँके/शरीरमा पानीको कमी भएकाले एकैपरिवारका तीनसहित एकजना बालक गरी चारको मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी एवं महामारी रोगका ‘फोकल पर्सन’ नरेन्द्र श्रेष्ठले नरैनापुर गाउँपालिका–३ स्थित गेग्ली गाउँमा एकै परिवारका एक बालकसहित चार जनाको शरीरमा पानीको कमी भएकाले मृत्यु भएको जानकारी दिनुभयो । “मृतकका परिवारले स्वास्थ्यकर्मीलाई दिएको रोगको लक्षणका आधारमा…

    Read More
  • मुख्य पृष्ठ

    सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्पको धक्का, काठमाडौँ पनि हल्लियो

    सिन्धुपाल्चोक/सिन्धुपाल्चोक केन्द्रविन्दु भएर आज बिहानै भूकम्प गएको छ। सिन्धुपाल्चोकको शिखरपुर आसपास केन्द्रबिन्दु भएर मंगलबार बिहान ६ बजेर ११ मिनेट जाँदा ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा।लोकविजय अधिकारीले जानकारी दिए। यो भूकम्पको धक्का काठमाडौँ उपत्यकासहित आसपासका जिल्लामा पनि महशुस गरिएको छ। ‘यो ०७२ साल वैशाख १२…

    Read More
  • मुख्य पृष्ठ

    यी प्रदेशमा आगामी तीन दिनसम्म भारी वर्षाको सम्भावना !

    काठमाडौं/मौसम पूर्वानुमान महाशाखाले आज पनि देशभरका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, कर्णाली…

    Read More
  • मुख्य पृष्ठ

    आज बावुको मुख हेर्ने दिन तथा कुशे औंसी पर्व

    काठमाडौं/भाद्र कृष्ण औंसीका दिन मनाइने कुशे औंसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर-घरमा भित्र्याएर मनाउँदैछन्। शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्‍याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ।आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै दिन मात्र…

    Read More
  • अपराध/दुर्घटना

    निर्मला कुर्मीलाई न्याय माग्दै माइतीघरदेखि बालुवाटारसम्म पैदल मार्च

    काठमाडौं/बाँकेकी निर्मला कुर्मीको अपहरण तथा बेपत्ता पारेको घटनाका आरोपी कांग्रेस नेता बादशाह कुर्मीलाई लुम्बिनी सरकारको मन्त्री बनाएको विरोधमा आइतबार अधिकारकर्मीले काठमाडौंमा प्रदर्शन गरेका छन् । उनीहरुले यो मुद्दा अदालत लैजानुपर्नेमा आरोपीलाई मन्त्री बनाएको भन्दै माइतीघरदेखि प्रधानमन्त्रीको निवास बालुवाटारसम्म पैदलमार्च गरेका हुन् ।प्रदशर्नकारीले निर्मला कुर्मीलाई न्याय देऊ, मानव अधिकार र कानुनी राज्यको संरक्षण गर लगायतका नारा…

    Read More
  • मुख्य पृष्ठ

    आइतबार देशभर वर्षा, उच्च सतर्कता अपनाउन आग्रह

    चितवन/आज आईतबार देशभर बर्षा हुने भएको छ । बर्षाको कारण जोखिम बढेकाले सतर्कता अपनाउनुपर्ने देखिन्छ । देशभरका राजमार्गहरु भएर हिड्न सतर्कता अपनाउन मौषमविदहरुले सुझाएका छन् । उनीहरुले नारायणगढ(मुग्लिन सडकखण्डमा समेत बाढी र पहिरोको जोखिम भएकाले उच्च सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन । देशभर नै भइरहेको वर्षाका कारण बाढी र पहिरोको जोखिम भएकाले पहिरो गइरहने…

    Read More
  • मुख्य पृष्ठ

    ठेक्का तोड्ने चेतावनीपछि काममा फर्कियो निर्माण कम्पनी,थाल्यो नारायणगढ(बुटवल सडकको काम

    नवलपुर/ राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पूर्वपश्चिम राजमार्गको नारायणगढ बुटवल सडकको ठेक्का तोड्ने सरकारले चेतावनी दिएपछि निर्माण कम्पनी काममा फर्किएको छ । मनसुन सुरु भएपछि सडक विस्तारको काम ठप्प पारेको निर्माण व्यवसायीलाई काममा ढिला गरे ठेक्का तोड्ने भनेर चेतावनी दिइएको सडक विभाग आयोजना निर्देशनालय ९एडिबी०का निर्देशक इन्जिनियर चुडाराज ढकालले जानकारी दिनुभयो । “निर्माण व्यवसायीले मनसुनका…

    Read More
  • अपराध/दुर्घटना

    चट्याङ पर्दा तीन जना गम्भीर घाइते, स्वास्थ्य केन्द्रमा उपचार हुँदै

    खोटाङ/ गएराति परेको चट्याङका कारण ऐँसेलुखर्क गाउँपालिका–३ तीन जना गम्भीर घाइते भएका छन् । ऐंसेलुखर्कस्थित पातेलका मोहन भुजेलको २१ वर्षीय छोरा डेनिस भुजेल र दुर्गानाथ भुजेलकी छ वर्षीया छोरी अनिसा भुजेल तथा ओडारेका टेकबहादुर दर्जीकी १५ वर्षीया छोरी समीक्षा दर्जी घाइते भएका हुन् । डेनिस र अनिसा (काका भतिजी) आफ्नै घरमा बसिरहेको अवस्थामा र समीक्षा…

    Read More