| 
  • अन्तरराष्ट्यि

    आन्दोलनमा प्रहरीको हस्तक्षेप बढेपछि बारले माग्यो गृहमन्त्रीको राजीनामा

    काठमाण्डौं/नेपाल बार एसोसिएसनले गृहमन्त्री बालकृष्ण खाँणको राजीनामा मागेका छन् । प्रधानन्यायाधीशरिुद्ध बारले गरेको शान्तिपूर्ण आन्दोलनमा बल प्रयोग गरेको भन्दै गृहमन्त्री खाँणको राजीनामा मागेको हो । एक महिनादेखि बारले प्रधान्यायाधीशविरुद्ध निरन्तर आन्दोलन गरिरहेको छ । तर, बारको आन्दोलनमा पछिल्लो समय प्रहरीले हस्तक्षेप बढाएको छ । दैनिक जसो प्रहरीले वकिलहरुमाथि धरकपट गरिरहेको छ । प्रहरीको हस्तक्षेप बढेपछि…

    Read More
  • अन्तरराष्ट्यि

    मनकामना मन्दिरमा दर्शनार्थी बढ्दै, शनिबार एकैदिन नौ हजार बढीले गरे दर्शन

    चितवन/गोरखाको सहिद लखन गाउँपालिका–२ मनकामनामा अवस्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर दर्शन गर्न जाने दर्शनार्थीको सङ्ख्या बढ्दै गएको छ । कोरोना भाइरसका कारण लामो समय बन्द भई गत भदौ २३ गतेदेखि खुला गरिएको मनकामना मन्दिरमा दर्शन गर्न जाने दर्शनार्थी बढ्दै गएका हुन् । हरेक दिन मनकामना मन्दिर दर्शन गर्न जानेको सङ्ख्यामा वृद्धि हुँदै गएको मनकामना मन्दिरका…

    Read More
  • अन्तरराष्ट्यि

    दाङमा बस दुर्घटनाः २९ जना घाइते

    लमही/दाङमा बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन् । सुर्खेतबाट काठमाडौं आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख ०२१९ नम्बरको बस लमही नगरपालिका(३ नारायणपुरमा गएराति १ः४५ बजे दुर्घटना भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । गम्भीर अवस्थाका ७ जना घाइतेहरूलाई बाँकेको कोहलपुर पठाइएको र अन्य घाइतेहरुको लमही अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।…

    Read More
  • अन्तरराष्ट्यि

    आज देशभर ४ सय ४४ जना सङ्क्रमणमुक्त

    काठमाण्डौं/देशभर आज थप २ सय ४२ जना कोरोना सङ्क्रमित थपिएका छन् । ७ हजार १३६ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २०९ र एन्टिजेन विधिबाट ३३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो । आज ४ सय ४४ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कूल सङ्क्रमित मध्ये ७ लाख ९९ हजार ९८९…

    Read More
  • अन्तरराष्ट्यि

    पूर्वराज्यमन्त्री यादवले एमालेबाट राजीनामा दिए

    बुटवल/एमाले नेता ओमप्रकाश यादव (गुल्जारी)ले शनिबार पार्टीको सम्पूर्ण पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । पूर्व कृषि राज्यमन्त्री समेत रहेका यादवले मायादेवी गाउँपालिका–६ शिवपुर ९मर्चवार०मा पत्रकार सम्मेलनको आयोजना गर्दै एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य तथा रुपन्देही क्षेत्र नम्बर ४ को सह–इञ्चार्ज पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् । पार्टीको साधारण सदस्यमा भने रहने उनको भनाई…

    Read More
  • अन्तरराष्ट्यि

    प्रचण्डको टिप्पणीः चितवनमा महाधिवेशन राखेर मलाई सिध्याउन खोजेका हुन्

    चितवन/नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई सिध्याउने उद्देश्यले नेकपा एमालेले चितवनमा महाधिवेशन कार्यक्रम राखेको टिप्पणी गरेका छन् । रौतहटमा शनिबार आयोजित कार्यक्रममा उनले आफूलाई सिध्याउने उद्देश्य राखे पनि जनताको अगाडि केही नलाग्ने धारणा राखे । ‘अब यहाँबाट म चितवन जाँदैछु, चितवनमा एउटा सानो पार्टीले पनि महाधिवेशन गरेको छ, अहंकारले चरमचुलीमा पुगेका खलनायकहरुले पनि…

    Read More
  • अन्तरराष्ट्यि

    मौसम सामान्य बदली, वर्षा र हिमपातको सम्भावना कहाँ कहाँ ?

    काठमाण्डौ/आज देशका सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका भूभागहरू सामान्य बदली रही बाँकी प्रदेशका भूभागहरू आंशिक सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका केही स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेका महाशाखाको भनाइ छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा भने हल्का…

    Read More
  • अन्तरराष्ट्यि

    देशभर माओवादी केन्द्रले आज वडा अधिवेशन गर्दै

    चितवन/आज देशभर सत्ता घटक दल नेकपा (माओवादी केन्द्र) ले एकसाथ पार्टीको वडा अधिवेशन गर्दैछ । माओवादी केन्द्रीय निर्वाचन आयोगका अनुसार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भर्चुअल माध्यमबाट आज बिहान ११ बजे वडा अधिवेशनको उद्घाटन गर्नेछन् । माओवादीको निर्वाचन आयोगले देशभरका ६ हजार ७ सय ४३ वडामा निर्वाचन समिति बनाएको छ । निर्वाचनका लागि आयोगले प्रत्येक वडामा…

    Read More
  • अन्तरराष्ट्यि

    एमाले १०औं महाधिवेशनः मतदानकै दिन मतपरिणाम

    चितवन, मङ्सिर ३/रासस नेकपा (एमाले)को आसन्न दशौं महाधिवेशनको नेतृत्व चयनका लागि विद्युतीय मतदानका लागि तयारी पुरा भएको छ । नयाँ नेतृत्वका लागि विद्युतीय मेसिनबाट गरिने मतदानको तयारी पूरा गरिएको एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाले जानकारी दिनुभयो । उहाँका अनुसार महाधिवेशनको उद्घाटन सत्र सकिएपछि यही मङ्सिर ११ गते उम्मेदवार दर्ता गरिने छ ।…

    Read More
  • अन्तरराष्ट्यि

    देशभर थप २ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाण्डौ/पछिल्लो २४ घण्टामा थप २९६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन गरी ८,९७२ नमुना परीक्षण गर्दा २ सय ९६ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ३६९ जना संक्रमणमुक्त भएका छन् भने कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ ।हाल देशभर…

    Read More