| 
  • चितवन सेरोफेरो

    दाजु र भाइबिच भाइटीका !

    रासस/तनहुँ/भाइटीकामा दिदी बहिनीले दाजुभाइलाई टीका लगाएर मखमली र सयपत्रीको माला पहिराइदिएर दीर्घायुको कामना गर्ने चलन छ । आफ्नै दिदीबहिनी नहुनेले पनि आफन्त र छरछिमेकीका दिदी बहिनीसँग भाइटीका थाप्छन् । तर यहाँको व्यास नगरपालिका–१० सेवरका मदन तिमिल्सिना र सुमन तिमिल्सिनाले विगत सात वर्षदेखि एकअर्कालाई भाइटीका लगाएर तिहार मनाउँदै आएका छन् । आफ्नै दिदीबहिनी नभएपछि सात वर्षदेखि…

    Read More
  • मुख्य पृष्ठ

    तिहारमा प्रदूषण भइरहेको छ

    काठमाडौँ/वातावरणविद्हरुले उज्यालोको पर्वका रुपमा रहेको तिहार ९दीपावली० मा पटका पट्काउँदा वातावरणमा वायु र ध्वनि प्रदूषण हुने बताएका छन् ।पटका पट्काउँदा विभिन्न रासायनिक पदार्थहरू जस्तै सल्फरडाइअक्साइड, नाइट्रोजन अक्साइड, कार्बन मोनोअक्साइड तथा धुलोका कणहरू वायुमण्डलमा फैलने र प्रदूषण बढाउने भन्दै सतर्कता अपनाउन आग्रह गरेका हुन् । वातावरणविद् भूषण तुलाधारले पटका जस्ता विषाक्त ग्यासहरूले हावा प्रदूषित बनाउने र…

    Read More
  • खेलकुद

    प्रधानमन्त्री केपी शर्मा ओली महिला फुटबल टोलीसँग

    काठमाडौं/प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली महिला राष्ट्रिय फुटबल टोलीका खेलाडीहरूसँग भेट गरेका छन्। बिहीबार सरकारी निवास बालुवाटारमा खेलाडीहरूलाई बोलाएर प्रधानमन्त्री ओलीले खेलाडीसँग भेट गरेका हुन्। भेटघाटको तस्बिर सार्वजनिक गर्दै प्रधानमन्त्री ओली फेसबुकमा लेखेका छन्, ‘लक्ष्मीपूजाको दिन, नेपाली फूटबलका लक्ष्मीहरुसँग।’ बुधबार साँझ भएको साफ महिला च्याम्पिनयसिपको फाइनलमा बंगलादेशसँग नेपाल २–१ गोलले पराजित हुँदै उपविजेतामा सीमित भएको…

    Read More
  • मुख्य पृष्ठ

    आजबाट देउसी भैलो खेल्दै एमाले चितवन (समय तालिकासहित)

    चितवन/नेकपा (एमाले) चितवनले नेपालीहरुको महान् चाड शुभ–दीपावलीको पावन अवसरमा यस वर्ष पनि देउसी भैलो खेल्ने भएको छ ।एमाले चितवनका प्रचार विभाग प्रमुख प्रकाश आचार्यले कार्तिक १५ र १६ गते देउसी भैलो खेल्न लागिएको जानकारी दिए । आचार्यका अनुसार कार्तिक १५ गते बिहान १०ः३० बजे भरतपुर १२ का वडा अध्यक्ष हरि पन्तको निवास, दिउँसो १२ः३० बजे…

    Read More
  • मुख्य पृष्ठ

    महाकवि लक्ष्मीप्रसाद देवकोटाको आज ११६औँ जन्मजयन्ती

    काठमाडौं/नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।महाकवि देवकोटाको जन्म विसं १९६६ मा कात्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो । दश वर्षको उमेरमा कविता लेख्न सुरु गर्नुभएका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता…

    Read More
  • मुख्य पृष्ठ

    तिहारको तेस्रो दिन आज कुकुर तिहार र लक्ष्मी पूजा

    काठमाडौं/नेपालीको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज कुकुर तिहार र लक्ष्मी पूजा एकैदिन परेको छ । आज घर–घरमा सुरक्षा गर्ने कुकुरलाई पूजा आराधनासहित मीठा—मीठा खानेकुरा खान दिएर सम्मान गरी मनाइँदैछ । कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यसवर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक विकास…

    Read More
  • मुख्य पृष्ठ

    प्रहरीद्वारा चाडपर्व लक्षित विशेष निगरानी

    काठमाडौँ/गृह मन्त्रालयले चाडपर्वलाई शान्तिपूर्ण बनाउन आवश्यक सुरक्षा योजना लागू गरी उच्च सुरक्षा प्रदान गर्न निर्देशन गरेको छ । सुरक्षा समितिले आवश्यक निर्णय गरी शान्ति सुव्यवस्थाको काम अघि बढाएका छन् । नेपाल प्रहरीले तिहार तथा छठ पर्व लक्षित विशेष निगरानी पनि बढाइसकेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले तिहार तथा छठ…

    Read More
  • खेलकुद

    सावित्रा भण्डारीका आमाबुबा भन्छन्, ‘हाम्रो आँखा छलेरै फुटबल खेल्थिन्, प्रगति गरेको देख्दा दङ्ग छौँ’

    लमजुङ/नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी खम्बा मानिएकी सावित्रा भण्डारी ‘साम्बा’ यतिबेला काठमाडौँमा साफ च्याम्पियनसिप प्रतियोगिताको फाइनलका लागि व्यस्त हुनुहुन्छ । उहाँ नेपालकी मात्र नभई दक्षिण एसियाकै चर्चित महिला फुटबल खेलाडी हुनुहुन्छ । गोल गर्ने उत्कृष्ट कला, ‘सेलिब्रेसन’ गर्ने शैली अनि ‘हेयर स्टाइल’ले ‘साम्बा’ अरु नेपाली खेलाडीभन्दा बढीजसो चर्चामा हुनुहुन्छ । हरेक खेलमा उत्कृष्ट प्रदर्शन गर्दै…

    Read More
  • भरतपुर महानगरमा ८९१ छोरीको बीमा

    चितवन/भरतपुर महानगरपालिकाले सञ्चालन गरेको छोरीको जीवन बीमा कार्यक्रममा आठ सय ९१ जना छोरीको बीमा भएको छ । भरतपुर महानगरपालिकाका स्थायी बासिन्दाबाट सरकारी स्वास्थ्य संस्थामा जन्मिएका छोरीको बीमा गरिएको हो । स्वास्थ्य तथा सामाजिक विकास महाशाखा निर्देशक शान्ताकुमारी पौडेलका अनुसार आर्थिक वर्ष २०७९/८० मा तीन सय ३८, आव २०८०/८१ मा चार सय १३ र चालु आवको…

    Read More
  • अपराध/दुर्घटना

    कात्तिकमा मात्रै चितवन निकुञ्ज क्षेत्रमा चारवटा गैँडा मृत भेटिए

    चितवन/चितवन राष्ट्रिय निकुञ्ज र आसपासको क्षेत्रमा चाडपर्वको समयमा चारवटा गैँडा मृत भेटिएका छन् । कात्तिक १ गतेदेखि आजसम्म निकुञ्जका विभिन्न क्षेत्रमा ती गैँडा मृत भेटिएका निकुञ्जले जनाएको छ । निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार नवलपुरको मध्यविन्दु नगरपालिका–दाउन्नेदेवी मध्यवर्ती सामुदायिक वनमा अन्दाजी २० वर्षको पोथी गैँडा कात्तिक ५ गते मृत अवस्थामा भेटिएको जानकारी दिनुभयो ।…

    Read More