Breaking News
 | 
  • करेन्ट लागेर ट्रीपर चालकको मृत्यु ।

      चितवन २० फागुन । पूर्वी चितवनको खैरहनी नगरपालिका–१० स्थित भित्री सडकखण्डको ढुुङग्रे खोला पुल नजिकै आगो लागेर आइतबार दिउँसो एक जनाको मृत्यु भएको छ । मृृत्यु हुनेमा ना ७ ख ४८१८ नम्बरको ट्रीपर चालक मकवानपुर मनहरी गाउँपलिका–३ बस्ने वर्ष २७ का साजन माझीको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बाटो निर्माणका लागि…

    Read More
  • भाटभटेनी सुपरमार्केटका प्रवन्ध निर्देशक मीन बहादुर गुरुङद्वारा सरकारी जग्गा कब्जा

      काठमाडौं, फागुन । सुन्दा पनि अचम्म लाग्ने भाटभटेनी सुपरमार्केटका प्रवन्ध निर्देशक मीन बहादुर गुरुङ, श्रीमती सावित्री गुरुङ र डा। सोभाकान्त ढकालले सरकारी जग्गा आफ्नो नाममा पास गरेको भेटिएको छ । प्रधानमन्त्री निवास बालुवाटारभित्रको ११२ रोपनी जग्गमध्ये ८० रोपनी सरकारी जग्गा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीन बहादुर गुरुङ र डा। सोभाकान्त ढकालले आफ्नो दर्ता गरेर भाटभटेनीको…

    Read More
  • अमेरिका पठाइदिने वाहाना गर्दै ठगी गर्ने २ जना पक्राउ

    १८ फागुन, काठमाडौं । अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्दै हिड्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अधिकृत र मन्त्रीको पीए हुँ भन्दै ७ जनासँग २६ लाख ठगी गरेका दाङका छविलाल चौधरी र उनकी पत्नी सुभद्रा कर्माचार्यलाई आज पक्राउ गरेको प्रहरीले जनाएको छ । दाङका ४१ वर्षीय चौधरीले अमेरिकाको इन्टरनेसनल इन्स्टिच्युट…

    Read More
  • पिप्लेमा ट्रीपर दुर्घटनामा एकको मृत्यु ।

    चितवन १८ फागुन । पुर्वीचितवनको पहाडी भेग राप्ती नगरपालिका वडा नम्बर १ परेवाकोटमा शुक्रबार दिउँसो ना ७ ख २९८४ नम्बरको ट्रीपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । मृत्यु हुनेमा ट्रीपरमा सवार मकवानपुर जिल्ला निवासी २२ बर्षिया सुनिल मगर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका…

    Read More
  • प्रहरीद्धारा जाजरकोटमा ६ थान बन्दुक बरामद्

    जाजरकोट । प्रहरीले जाजरकोटको जुनिचाँदे गाउँपालिका–११ कोर्ताङ स्थित चन्द्रबहादुर शाहीको घरबाट ६ थान बन्दुक बरामद गरेको छ । बाह्रबोर बन्दुक २ थान, भरुवा बन्दुक ३ थान, दुई नाले बन्दुक १ थान, इयर गन १ थान, भरुवा बन्दुकमा प्रयोग हुने सिसाको गोली, बाह्रबोर बन्दुकमा प्रयोग हुने ७ थान खोका लगायतका हातहतियार बरामद भएको प्रमुख जिल्ला अधिकारी…

    Read More
  • नारायणीमा नदीमा पौडी खेल्ने क्रममा डुवेर वेपत्ता ।

    चितवन १८ फागुन । नारायणीमा नदीमा पौडी खेल्ने क्रममा बिहीबार एक जना डुवेर वेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार भरतपुर महानगरपालिका–१६ स्थित ठूलोगडी नजिक नारायणी नदीमा पौडी खेल्न गएका रत्ननगर नगरपालिकाको जयमंगला घर भई भरतपुर महानगरपालिका–१० मा डेरा गरी बस्ने २३ वर्षीय सुशील पन्त पौडी खेल्न जाँदा बेपत्ता भएका हुन्…

    Read More
  • सशस्त्र प्रहरीद्वारा गाँजा बरामद

    रत्ननगर, चितवन, १७ फागुन । सशस्त्र प्रहरी बल गढीमाई गण भण्डाराको गस्ती टोलीले बुधबार राती ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । मकवानपुरको राक्सीराङ्ग गाउँपालिका वडा नं. ६ डाबराङ गाउँमा गोठमा लुकाई राखेको अवस्थामा १४ वटा बोरामा २ सय ३ किलो गाँजा बरामद गरिएको थियो । गणका प्रहरी नायव निरीक्षक नारायण प्रसाद इटनीको गस्ती टोलीले…

    Read More
  • विप्लवका नाममा जारी भयो पक्राउ पुर्जी

    काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई गिरफ्तार गर्ने तयारी भइरहेको पाईएको छ । महासचिव विप्लवलाई कपिलबस्तु जिल्ला प्रहरीले प्रक्राउ पुर्जी जारी गरेको हो । विप्लवको घरमा पुर्जी टाँस भएको छ । जिल्ला प्रहरी कार्यलय कपिलबस्तुको प्रहरी निरीक्षक केशवराज ज्ञवालीले पक्राउ पुर्जी टाँस भएको जानकारी दिए । ज्ञवालीका अनुसार भोजपुर जिल्ला अदालतले विस्फोट पदार्थ र…

    Read More
  • श्रीमतीको आक्रमणबाट श्रीमानको ज्यान गयो

    चितवन । पुर्वी चितवनको रत्ननगरमा एक महिलाले पिर्काले हानेर आफ्नु श्रीमानको हत्या गरेकी छिन् । रत्ननगर–११ मंगलपुरकी शर्मिला राईले पिर्काले हानेर श्रीमान् कुमार राईको हत्या गरेकी हुन् । प्रहरीबाट ढिलो गरी प्राप्त सूचना अनुसार फागुन ९ गते राती श्रीमतीको आक्रमण बाट घाइते भएका ४५ वर्षीय कुमारको ११ गते बिहान भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको…

    Read More
  • नाबालक विद्यार्थी माथि शिक्षकको करामत

    चितवन । ओम शान्ति ऐकेडमी कटहरचोक कृष्णपुरका एक शिक्षकले छात्रमाथि कुटपिट गरेको छ । कक्षा ४ मा अध्ययनरत छात्र अन्शल न्यौपानेलाई स्कुलका संगित शिक्षक विक्रम क्षेत्रीले निल डाम हुने गरेर कुटपीट गरेको हो । घट्नना हिजोको भए पनि बालकले परिवारलाई आज म स्कुल जान्न भनेपछि मात्रै बाहिर आएको हो । सोमबार संगित कक्षा चलिरहेको समयमा…

    Read More

sahid diwas