Breaking News
 | 
  • अपराध/दुर्घटना

    काठमाडौँ उपत्यकामा भूकम्पको धक्का महसुस

    काठमाडौँ/काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा आज बिहान भूकम्पको धक्का महसुस भएको छ । नेपालको उत्तरी सिमानाबाट १८ किलोमिटर टाढा चीनको डिङ्जे भन्ने स्थानलाई केन्द्रविन्दु बनाएर पाँच म्यााग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्प आज बिहान ०४ः०५ बजे गएको हो । पछिल्ला दिनमा जाजरकोट जिल्लाका विभिन्न स्थानलाई केन्द्रविन्दु बनाएर लगातार…

    Read More
  • अपराध/दुर्घटना

    चितवनमा छुट्टाछुट्टै दुर्घटनामा एक जनाको मृत्यु, तीन जना घाइते

    चितवन/जिल्लाका छुट्टाछुट्टै दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा पर्साको सकुहवा प्रसौनी गाउँपालिका–२ बस्ने अन्दाजी २५ वर्षीय लालबाबु पासवान रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार भरतपुर महानगरपालिका–४ सापकोटा चोक नजिक बाप्र ०६–००१ च ०३४९ नम्बरको कारले पैदलयात्री पासवानलाई ठक्कर…

    Read More
  • अपराध/दुर्घटना

    भोजपुरमा ट्रयाक्टर दुर्घटनामा वडा सदस्यसहित दुई जनाको मृत्यु

    भोजपुर/भोजपुर नगरपालिका–५ बोखिमबाट गोबर मल लिएर गइरहेको प्रदेश १–०२–००३ त ११२४ नम्बरको ट्रयाक्टर नगरपालिका–३ सेतीबगरमा गए राति दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा मृत्युहुनेमा भोजपुर–५ का वडा सदस्य ५२ वर्षीय निरप्रसाद फुयाँल र सोही ठाउँका ५५ वर्षीय भक्तबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख युवराज तिम्सिनाले जानकारी दिनुभयो । घटनाका विषयमा थप…

    Read More
  • अपराध/दुर्घटना

    चितुवाको आक्रमणबाट तनहुँको बन्दीपुरमा बालिकाको मृत्यु

    दमौली/तनहुँको बन्दीपुर गाउँपालिका–२ कामीडाँडामा आज चितुवाको आक्रमणबाट एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा दश वर्षीया अनुजा विक रहेकी छिन् । फुपुको घरमा जाँदै गरेको अवस्थामा चितुवाको आक्रमणबाट विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिनुभयो । इलाका प्रहरी कार्यालय भानुको टोली घटनास्थलमा गएको छ । डिभिजन वन कार्यालयले घटनास्थल…

    Read More
  • अपराध/दुर्घटना

    चितवनमा फेरी जुवा खाल मौंलाउदै, प्रहरीको नाममा जुवाडेको भिस्टो खाने को हो ?

    फाईल फोटो चितवन/जिल्लामा फेरी जुवा खाल मौंलाउदै गएको देखिन्छ । बिगत केही समय सेलाएको ठुला जुवाखाल अहिले फेरी निर्वाद रुपमा जिल्लाका विभिन्न स्थानमा सञ्चालनमा आईरहेका छन् । भण्डाफोर अभियानलाई बिशेष श्रोतले दिएको सुचना अनुसार जिल्लाका विभिन्न स्थानमा निर्वाद जुवाखाल संचालनमा आईरहेको भएपनि प्रहरी प्रशासन भने बेखबर जस्तो गरी तमासे बनिरहेको छ । चितवनमा फेरी जुवा…

    Read More
  • अपराध/दुर्घटना

    पिकअप भ्यान पल्टिँदा दुईको मृत्यु, २२ जना घाइते

    लुम्बिनी,(मर्चवार)/रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–७ भरवलिया गाउँमा पिकअप भ्यान दुर्घटना हुँदा एक बालिकासहित दुई जनाको मृत्यु भएको छ भने अन्य २२ जना घाइते भएका छन् । लुम्बिनी सांस्कृतिक नगरपालिका–७ स्थित शिवगढिया मोडमा सोमबार साँझ लु१च २७६३ नम्बरको पिकअप भ्यान पल्टिँदा गैँडहवा गाउँपालिका–१ शिवपुरवाकी १२ वर्षीया अस्मिता यादव र शुद्धोधन गाउँपालिका–६ मानमटेरियाकी ४८ वर्षीया जानमती यादवको मृत्यु…

    Read More
  • अपराध/दुर्घटना

    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १८ जना पक्राउ

    काठमाडौं/काठमाडौं महानगरपालिका-१४ बल्खुबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ४ ग्राम ४ सय ५० मिलिग्राम सहित काठमाडौं कीर्तिपुर बस्ने कैलाली जानकी गाउँपालिका-४ घर भएका २७ वर्षीय टंक प्रसाद जैशीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले बा.प्र.०२-०४४ प ६८७७ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको…

    Read More
  • अपराध/दुर्घटना

    तीनकुने घटनामा संलग्न भएको अभियोगमा थप २४ जना पक्राउ

    काठमाडौँ/प्रहरीले काठमाडौँको तीनकुने घटनामा संलग्न रहेको अभियोगमा थप २४ जनालाई पक्राउ गरेको छ ।यही चैत १५ गतेको तीनकुनेमा आयोजिक कार्यक्रममा हिंसात्मक प्रदर्शन, अराजक गतिविधि र तोडफोडको घटनामा संलग्न भएको आरोपमा थप २४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “उक्त घटनामा संलग्न रहेको अभियोगमा…

    Read More
  • अपराध/दुर्घटना

    माकलबारीमा गाडिएको शव फेला, छजना पक्राउ

    काठमाडौँ/काठमाडौँको गोकर्णेश्वर नगरपालिका–८ माकलबारीमा गाडिएको अवस्थामा एक युवकको शव फेला परेको छ । सर्लाहीको चक्रघट्टा गाउँपालिका–८ का १९ वर्षीय राहुल साहको शव माकलबारीमा सञ्चालित आरके मोटरसाइकल वर्कसपको पछाडि रहेको जमिनमा गाडिएको अवस्थामा फेला परेको हो । प्रहरीले उक्त घटनामा संलग्न भएको आरोपमा एक भारतीय नागरिकसहित पाँच नेपालीलाई पक्राउ गरेको छ । लेनदेनको विषयलाई लिएर उनको…

    Read More
  • अपराध/दुर्घटना

    किशोरीको शव गाडिएको अवस्थामा फेला

    मङ्गलबारे,(इलाम)/इलाममा एक किशोरीको शव गाडिएको अवस्थामा फेला परेको छ । फाकफोकथुम गाउँपालिका–३ सल्लेरीकी १९ वर्षीया विमला कट्टेलको शव उनी हराएको १५ दिनपछि फेला परेको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मानबहादुर राईका अनुसार कट्टेलको शव फाकफोकथुम गाउँपालिकाको गोलाइ भन्ने स्थानमा आज फेला परेको हो । शव उत्खनन गर्ने कार्य भइरहेको…

    Read More

sahid diwas