| प्रवास | अन्तरराष्ट्यि | 
  • पार्टी बिपरित गतिविधिमा संलग्न सुनार पार्टीबाट निष्कासित ।

     चितवन , ११ फागुन ।नेपाल कम्युनिस्ट पार्टी चितवनका सेक्रेटरी ध्रुवले संगठन सुदृढीकरण र विस्तार अभियान २ अन्तर्गत पार्टीको नीतिविपरीत कार्य गरेकोले युवा संगठन नेपाल चितवनका संयोजक किरण सुनारलाई निलम्बन गरिएको जनाएका छन् । सुनारलाई पार्टीको कुनै पनि तहमा नरहने गरी शुक्रबार निलम्बन गरिएको विज्ञप्तिमार्फत जनाएका हुन् ।

    Read More
  • भारतीय बसलाई चिनियाँ प्रमाणित नगर्दा सरुवामा परेँ : सचिव कृष्णप्रसाद देवकोटा

    काठमाडौँ — भारतबाट ल्याइएका इलेक्ट्रिक बसलाई चीनबाट ल्याएको प्रमाणित गर्न नमान्दा सचिव कृष्णप्रसाद देवकोटाले आफू संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट सरुवामा परेको दाबी गरेका छन् । गत वर्ष मन्त्रालयमा सरुवा भएर आएका देवकोटालाई अहिले युवा तथा खेलकुद मन्त्रालयमा पठाइएको हो । मन्त्रालयमा बुधबार बिदाइ कार्यत्रममा देवकोटाले इलेक्ट्रिक बसको दबाब नमान्दा आफू सरुवामा परेको पर्यटनमन्त्री…

    Read More
  • एउटा राजदूतका लागि वार्षिक दुई करोड लगानी, नतिजा शून्य

    काठमाडौं–एउटा राजदूतका लागि सरकारले वार्षिक दुई करोडभन्दा बढी लगानी गर्छ । राज्यको ठुलो लगानी हुने व्यक्ति निष्क्रय बनिदिँदा अन्तर्राष्ट्रिय क्षेत्रमा मुलुकको पहिचानमै समस्या हुन्छ । पछिल्लो समय राजदूतलाई सक्रिय बनाउन परराष्ट्र मन्त्रालयले प्रयास थालेको छ । उनीहरुलाई देश हितमा क्रियाशील बनाउन परराष्ट्रले उनीहरुको मूल्यांकन प्रणाली अपनाएको छ । राजदूतलाई चौमासिक मूल्यांकन थालिएको छ । यसमा…

    Read More
  • कृषि तथा वनविज्ञान विश्वविद्यालय पुन: विवादमा, अनुत्तीर्ण भएका छोरीलाई उत्तीर्ण गराएको आरोप ।

    चितवन , ९ फागुन । कृषि तथा वनविज्ञान विश्वविद्यालय पुनः विवादमा तानिएको छ । कृषि तथा मत्स्यविज्ञान संकायको स्नातकोत्तर प्रवेश परीक्षामा फेल भएका सीमा जमकट्टेल, अपराजिता ओझा र अनिता भट्टराईलाई पशुविज्ञानको प्रवेश परीक्षामा सर्वोत्कृष्ट बनाइएपछि परीक्षाको मर्यादा र वैधानिकता माथि नै प्रश्न उठेको हो । यसको विरोधमा प्राध्यापकले डिन कार्यालयमा ताला लगाइदिएका छन् ।पशुविज्ञानको परीक्षामा…

    Read More
  • उद्घाटनमै बित्छ संघीय मन्त्रीहरुको दिनः कामभन्दा प्रधानमन्त्री रिझाउन व्यस्त

      काठमाडौँ / नीति निर्माणमा जुट्नुपर्ने मन्त्रीहरुको दिन दैनिक उद्घाटन, सभा र समारोहमै बित्ने गरेको छ । उनीहरु यस्ता औपचारिक कार्यक्रममा रमाउँदा जनताले सेवा पाउनुपर्ने मन्त्रालयका कामहरु नै प्रभावित हुने गरेका छन् । । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा २०७४ फागुन ३ गते बनेको वर्तमान सरकारले एक वर्ष पूरा गरिसकेको छ । तर एक वर्षमा…

    Read More
  • भारतले लाइसेन्स नदिँदा नेपालीको साढे ३ अर्ब जोखिममा

      काठमाडौं / भारतले ग्यास ढुवानी गर्ने लाइसेन्स नदिँदा नेपाली व्यवसायीहरूको साढे तीन अर्ब रुपैयाँ अलपत्र परेको छ । नेपाल एलपी ग्यास उद्योग संघका अनुसार दुई वर्षको अवधिमा करिब साढे तीन अर्ब रुपैयाँ अलपत्र परेको हो ।सरकारले करिब दुई वर्षअघि नेपाली व्यवसायीले पनि ग्यास बुलेट खरिद गर्न र त्यसबाट ढुवानी गर्न पाउने व्यवस्था गरिदियो ।…

    Read More
  • अन्सारीको नागरिकतामात्र नक्कली नभएर शैक्षिक प्रमाणपत्रपनि नक्कली भएको खुलासा

    फागुन ८, काठमाडौं । संसदीय सुनुवाइ विशेष समितिले मुस्लिम आयोगको अध्यक्षमा प्रस्तावित समिम अन्सारीको नागरिकता र शैक्षिक प्रमाणपत्र छानबिन गर्ने भएको छ। अन्सारीको नागरिकता र शैक्षिक प्रमाणपत्र नक्कली भएको उजुरी परेपछि समितिले विभिन्न सरकारी निकायमा पत्राचार गरी वास्तविकता बुझ्ने निर्णय गरेको छ। मंगलबारको बैठकले अन्सारीका शैक्षिक प्रमाणपत्र र नागरिकता छानबिन गर्ने निर्णय गरेको समिति सभापति…

    Read More
  • पाँच प्रदेश मन्त्रीले लिए दोहोरो सुविधाः इन्धनबापतको रकम खल्तीमा, मन्त्रालयबाट तेल

    कास्की – गण्डकी प्रदेशका पाँच मन्त्रीले इन्धनका लागि सरकारबाट पाएको रकम खल्तीमा हालेर गाडीमा भने मन्त्रालयको तेल भर्ने गरेको खुलेको छ । सरकारबाट इन्धनबापतको रकम लिएर पनि मन्त्रीहरूले गाडीमा मन्त्रालयबाटै तेल भर्दै आएको रिपोर्ट सार्वजनिक लेखा समितिमा पुगेको हो । मन्त्रीहरूले इन्धनमा दोहोरो सुविधा लिएको सूचना पाएपछि १५ माघमा सार्वजनिक लेखा समितिको बैठकले सबै मन्त्रालयलाई…

    Read More
  • संसद् सचिवालयको ‘लुट’ धन्दा : थोत्रा भन्दै थन्क्याएका १२ वटा गाडी सद्दे देखिए

    काठमाडौं – संघीय संसद् सचिवालयले थोत्रा भन्दै थन्क्याएका १२ वटा गाडी सद्दे भन्दै प्रधानमन्त्री कार्यालयले लगेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले संसद् सचिवालयले थन्क्याएर राखेका तीनटा स्कार्पियो, ६वटा कार, दुइटा टाटा सुमो र एउटा बस दुई साताअघि लगेको हो । यो समाचार आजको नागरिक दैनिकमा छ। प्रधानमन्त्री कार्यालयले लगेका ती गाडी परीक्षण गर्दा बिग्रिएका…

    Read More
  • भरतपुर महानगरकी उपप्रमुख शाहलाई सामाजिक संञ्जालमार्फत धम्की

      फागुन ७, भरतपुर। भरतपर महानगरपालिकाका उपप्रमुख पार्वती शाह ठकुरीलाई सामाजिक संञ्जालमार्फत धम्की आएको छ । महानगरपालिका उपप्रमुख सचिवालयको फेसबुक म्यासेन्जरमा युवा संघ र अनेरास्ववियु क्रान्तिकारीको हवला दिदै शाहलाई अंगभंग गर्ने धम्की आएको हो । आज मंगलबार बेलुका उपप्रमुख शाहले आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गरी घटनाको बिषयमा जानकारी दिएकी हुन । अनेरास्ववियू क्रान्तिकारी एन पिआई…

    Read More