Breaking News
 | प्रवास | अन्तरराष्ट्यि | 
  • मुख्य पृष्ठ

    विश्वशान्तिको कामना गर्दै भैरहवामा मनाइयो हनुमान् जयन्ती

    भैरहवा,(रूपन्देही)/विश्वशान्तिको कामना गर्दै भैरहवामा हनुमान् जयन्ती मनाइएको छ ।श्रीरामजानकी हनुमान् मन्दिर सेवा समिति, रुपन्देही मारवाडी युवा मञ्च, श्याम मित्र मण्डल, हनुमान् मन्दिर मिश्रोलियालगायत विभिन्न संस्थाको आयोजनामा भैरहवा तथा आसपासका क्षेत्रमा हनुमान्को पूजाअर्चना, रामायण तथा हनुमान् चालिसा पाठका हनुमान् जयन्ती मनाइएको हो । भैरहवामा शोभायात्रा पनि निकालिएको थियो । विश्वशान्ति तथा जनकल्याणको कामना गर्दै हनुमान् जन्मोत्सव…

    Read More
  • खेलकुद

    एसिया छनोटका लागि २० खेलाडी बन्द प्रशिक्षणमा

    काठमाडौँ/नेपाल क्रिकेट सङ्घ (क्यान)ले आईसीसी महिला विश्वकप एसिया छनोटका लागि दोस्रो चरणको बन्द प्रशिक्षणका २० खेलाडीलाई बोलाएको छ । क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार आगामी मे महिनामा थाइल्याण्डमा हुने आईसीसी महिला विश्वकप एसिया छनोटका लागि दोस्रो चरणको बन्द प्रशिक्षणमा खेलाडीलाई बोलाएकोे हो । दोस्रो चरणको तयारीका लागि इन्दु वर्मा, बिन्दु रावल, सम्झना खड्का, रुबिना छेत्री,…

    Read More
  • अर्थ वाणिज्य

    चितवनको नारायणघाटमा‘मेड इन नेपाल एक्स्पो’ तथा ‘फुड फेस्टिभल’ शुरु !

    चितवन, चैत २९, युवा उद्यमी मञ्च चितवनले आजदेखि यहाँ ‘मेड इन नेपाल एक्स्पो’तथा‘फुड फेस्टिभल’ सुरु गरेको छ। नेपालमा उत्पादित सामग्रीलाई बजार प्रवर्द्धनमा सहयोग पुर्याउने उद्देश्यका साथ सो मेला आयोजना गरिएको हो । नेपाल युवा उद्यमी मञ्चले सन् २००६ देखि सुरु गरेको यो मेला यसवर्ष सातौँ संस्करण हो । मेलाको भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले उद्घाटन…

    Read More
  • मुख्य पृष्ठ

    वर्ष समीक्षा २०८१ः ‘बिबी माइनस’ रेटिङदेखि एफएटिएफको ‘ग्रे लिस्ट’सम्म

    काठमाडौँ/कोभिड-१९ महामारियता निरन्तर मन्दी झेलिरहेको नेपालको अर्थतन्त्रमा यसवर्ष केही सुधारका सङ्केत देखिए पनि समग्र स्थिति भने अझै शिथिल अवस्थामा मै छ । वृद्धिदरमा आंशिक सुधार भए पनि आर्थिक पुनरुत्थानले स्थायित्व प्राप्त गर्न सकेको छैन । प्रमुख आर्थिक सूचकाङ्कहरूमा सामान्य सुधार देखिए पनि गुणात्मक रूपमा अर्थपूर्ण प्रगति हासिल हुन सकेको देखिँदैन । खासगरी बाह्य क्षेत्रका सूचक…

    Read More
  • मुख्य पृष्ठ

    बेलायती सभामुखसँग नेपाली राजदूतको शिष्टाचार भेट

    बेलायत/बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेले बेलायती संसद्को तल्लो सदन ‘हाउस अफ कमन्स’का सभामुख सर लिन्डसे होयलसँग शिष्टाचार भेट गर्नुभएको छ । वेष्टमिनिष्टरमा हालै भएको भेटमा राजदूत घिमिरेले बेलायती संसद्को ऐतिहासिक भूमिकाको प्रशंसा गर्दै नेपालका सभामुख देवराज घिमिरेको सन्देश सुनाउनुभएको थियो । उहाँले नेपालको संसद् समावेशी भएको उल्लेद गर्दै नेपाल हेर्ने बेलायतको सर्वदलीय संसदीय समितिको…

    Read More
  • चितवन सेरोफेरो

    वर्षाका कारण बाटो हिलो र चिप्लो भएपछि बुटवल–नारायणगढ सडक अवरुद्ध

    मध्यविन्दु,(नवलपरासी)/पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ । वर्षाका कारण दाउन्नेमा बाटो हिलो र चिप्लो भएकाले सवारीआवतजावत गर्न कठिनाइ भएपछि राजमार्ग अवरुद्ध भएको हो । विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेमा वर्षाका कारण सडक अवरुद्ध भएको नवलपरासी (बर्दघाट सुस्तापूर्व)जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक यादव ढकालले बताउनुभयो । सडक अवरुद्ध हुँदा सयौँ सवारीसाधन र यात्रु बीच सडकमा अलपत्र…

    Read More
  • चितवन सेरोफेरो

    मेड ईन नेपाल एक्स्पो तथा फुड फेष्टिबल २०८१’ तयारी अन्तिम चरणमा

    भरतपुर/चितवनको भरतपुर नारायणगढ क्याम्पा चौरमा हुने ‘मेड ईन नेपाल एक्स्पो तथा फुड फेष्टिबल २०८१’ तयारी अन्तिम चरणमा पुगेको छ । युवा उद्यमी मञ्च नेपाल चितवनले नयाँ बर्षको अवसर पारेर ‘मेड ईन नेपाल एक्स्पो तथा फुड फेष्टिबल २०८१’ को आयोजना गरेको हो। चैतको २९ गते देखि वैशाखको २ गतेसम्म सञ्चालन हुने एक्स्पोमा हरेक दिन बिहान १०…

    Read More
  • मुख्य पृष्ठ

    नयाँ शैक्षिकसत्र सुरु हुनुअघि नै देशभरका विद्यालयमा पाठ्यपुस्तक’

    काठमाडौँ/जनकशिक्षा सामग्री केन्द्र लिमिटेडले शैक्षिकसत्र २०८२ को पठनपाठन सुरु हुनुअघि नै देशभरका विद्यालयमा पाठ्यपुस्तक पु¥याउन आवश्यक प्रबन्ध गरेको जनाएको छ । केन्द्रका प्रबन्धक निर्देशक यदुनाथ पौडेलले विद्यालय तहको नयाँ शैक्षिकसत्रका लागि छपाइ गर्नुपर्ने एक करोड ७० लाख ५० हजार थान पाठ्यपुस्तक (अङ्ग्रेजीमा अनुवादितसमेत) केन्द्रीय कार्यालय र मातहतका प्रादेशिक कार्यालयहरूबाट तालिकाबद्ध रूपमा बिक्रीवितरणको व्यवस्था गरिएको जानकारी…

    Read More
  • मुख्य पृष्ठ

    वामपन्थी शक्ति एकजुट हुनुपर्छः प्रचण्ड

    काठमाडौँ/नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभाजित वामपन्थी शक्तिलाई वैचारिक र सांस्कृतिक ढङ्गले एकताबद्ध गर्न प्रगतिशील लेखकहरुले नेतृत्वदायी भूमिका निर्वाह गर्नसक्ने बताउनुभएको छ । प्रगतिशील लेखक सङ्घको १३ औँ राष्ट्रिय सम्मेलनबाट निर्वाचित कार्यसमितिप्रति आज बधाई ज्ञापन गर्दै उहाँले वामपन्थी शक्ति एकजुट हुनुपर्नेमा जोड दिनुभयो । अध्यक्ष दाहालले त्यतिबेलाको पार्टी एकता जोगाउन नसके…

    Read More
  • मुख्य पृष्ठ

    हुम्लाको नाम्खामा ३९ हिउँ चितुवा भेटिए

    काँक्रेविहार,(सुर्खेत)/डिभिजन वन कार्यालय हुम्लाको समन्वयमा उकाली तथा तेस्रो धुव्र संरक्षणले हिउँ चितुवाको अध्ययन गर्दा नाम्खा गाउँपालिकामा ३९ हिउँ चितुवा रहेको पत्ता लागेको छ । ‘क्यामरा ट्र्यापिङ’ प्रविधिको प्रयोग गरेर सन् २०२२ देखि २०२३ सम्म दुर्लभ हिउँ चितुवाको सङ्ख्या गणना गरिएको थियो । अध्ययनअनुसार उत्तरी नाम्खा गाउँपालिकामा कम्तीमा ३९ हिउँ चितुवा रहेको पत्ता लागेका सहायक वन…

    Read More

sahid diwas