| 
  • अन्तरराष्ट्यि

    देशभरको मौसम बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना

    काठमाण्डौ/आज (सोमबार) देशभरको मौसम बदली रही केही स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी न्यून चापीय रेखा सामान्य अवस्था भन्दा तल रहे पनि बङ्गालको उत्तर पूर्वी भू–भागमा बनेको जलवाष्पयुक्त हावाको प्रभावले स्थानीय वायुको समेत विकास हुँदा मेघगर्जनसहित ठूलो पानी परेको मौसमविद् मिनकुमार अर्यालले जानकारी दिनुभयो । अहिले पनि वाग्मती…

    Read More
  • अन्तरराष्ट्यि

    लागु औषधसहित दुई युवक पक्राउ

    पोखरा/लागु औषधसहित दुई युवक पक्राउ परेका छन्। विशेष सूचनाका आधारमा खटिएको प्रहरीको टोलीले आइतबार दिउँसो अन्दाजी १ः२० बजेको समयमा पोखरा महानगरपालिका वडा नं –२१ निर्मलपोखरी बस्ने २८ वर्षीय विमल राई र पोखरा – १६ बस्ने २० वर्षीय राजेन्द्र परियार अवैध लागु औषधसहित पक्राउ परेको प्रहरी वरिष्ठ उपरीक्षक नर बहादुर केसीले जानकारी दिए। परियारको कोठाबाट डाइजेपाम…

    Read More
  • अन्तरराष्ट्यि

    देशभर थप १ हजार ८९ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाण्डौ/पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सात हजार नौ सय ७१ जनाको नमूना परीक्षण गर्दा एक हजार ८९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसहित कोरोना सङ्क्रमण पुष्टि हुनेको संख्या आठ लाख ५४ हजार तीन सय २१ जना पुगेको छ ।…

    Read More
  • अन्तरराष्ट्यि

    मनकामना केबुलकार आजबाट सञ्चालन आउने

    गोरखा / मनकामना केबुलकार आज आइतबारबाट सञ्चालनमा आउने भएको छ । कोरोना सक्रमण बढेसँगै गत वैशाख १६ गतेबाट बन्द भएको मनकामना केबुलकार स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर आज आइतबारबाट सञ्चालन गर्न लागिएको मनकामना दर्शन प्रालिका अध्यक्ष राजुबाबु श्रेष्ठले जानकारी दिनुभयो । चितवनको इच्छाकामना गाउँपालिकाको चेरेसमा स्टेसन रहेको यस केबुलकार चढेर यात्रु एवं भक्तजन गोरखाको शहिदलखन गाउँपालिकामा…

    Read More
  • अन्तरराष्ट्यि

    कोरोनासँग मिल्दोजुल्दो स्क्रब टाइफसको प्रकोप

    काठमाण्डौं/ कोरोना भाइरससँग मिल्जोजुल्दो लक्षण भएको ‘स्क्रब टाइफस’ रोग देखिन थालेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सतर्कता अपनाउन आग्रह गरेको छ । अहिलेको सिजन स्क्रब टाइफस रोग फैलन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको हो । मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले कोरोनासँग मिल्दोजुल्दो लक्षण भएको स्क्रब टाइफस देखिन थालेको जानकारी दिए । कोभिड–१९ जस्तै स्क्रब टाइफसमा…

    Read More
  • अन्तरराष्ट्यि

    दुई प्रकारका सवारी चालक अनुमतिपत्र वितरण सुरु

    काठमाडौं / यातायात व्यवस्था विभागले दुई प्रकारको सवारी चालक अनुमतिपत्र वितरण सुरु गरेको छ । यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले सवारी चालक अनुमतिपत्र प्राप्त गर्न ट्रायलमा उत्तीर्ण गरेकाको लागि र नवीकरणका लागि आवेदन दिएकालाई परीक्षणकालीन ९प्रोभिजनल० सवारी चालक अनुमतिपत्र वितरण सुरु गरिएको जानकारी दिए । विभागले शुक्रबारबाट यो प्रावधान कार्यान्वयनमा ल्याएको हो । उनले…

    Read More
  • अन्तरराष्ट्यि

    भरियाको प्रयोग गरि तेस्रो मुलुकबाट सुन तस्करी

    तेस्रो मुलुकबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अवैध रुपमा सुन तस्करी भइरहेको छ । सरकारले सुन तस्करी रोक्ने प्रयास गरे पनि अझै सफलता मिलेको छैन । सुन तस्करले खाडी मुलुकमा रहेका नेपाली श्रमिकलाई प्रयोग गरेर नेपालमा तस्करीको सुन पठाउने र विमानस्थलको पार्किङलटमा संकलन गरेर तस्करी गरिरहेका छन् । कोरोना संक्रमणले अवरुद्ध भएको उडान खुलेसँगै तस्करले दुबईबाट…

    Read More
  • अन्तरराष्ट्यि

    जानकी मन्दिरको जग्गा महन्थले बेचिसके

    धनुषा / प्रत्येक वर्ष जनकपुरमा सीताराम विवाह पञ्चमी मनाइन्छ। भारतको अयोध्याबाट ठूलो संख्यामा जन्ती आउँछन्। नेपालकै ठूलो धार्मिक महोत्सवमा सर्वसाधारणको खचाखच भीड लाग्छ। तर, स्वयंवरको दृश्य भने सबैले हेर्न पाउँदैनन्। भारतबाट आउने जन्तीले मण्डप क्षेत्रमा बाससमेत पाउँदैनन्। यसको कारण हो, गुठीको जग्गा भूमाफियाको कब्जामा पर्दै जानु। जानकी मन्दिरका पूर्वमहन्थ स्व।रामशरणदास वैष्णवले गुठी र मन्दिरको जग्गा…

    Read More
  • अन्तरराष्ट्यि

    भन्सार छलेर ल्याएको ७५ लाख मूल्यको औषधि बरामद

    जनकपुरधाम / भारतीय बजारबाट भन्सार छलेर ल्याएको ७५ लाख रुपैयाँभन्दा बढीको औषधि प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय लहानबाट खटेको प्रहरी टोलीलाई देखेर लु १ स ८००७ नम्बरको अटोलाई छाडेर चालक भागेका थिए । उक्त अटोमा खानतलासी गर्दा अटो गाडीसहित ७५ लाख रुपैयाँभन्दा बढीको औषधी बरामद भएको प्रहरीले जनाएको छ । औषधीहरू रिकल…

    Read More
  • अन्तरराष्ट्यि

    अमेरिकामा आँधी पछि आएको बाढीमा परेर ज्यान गुमाउनेको सङ्ख्या ४१ जना पुग्यो

    अमेरिकामा बाढीमा परेर ज्यान गुमाउनेको सङ्ख्या ४१ जना पुगेको छ । आँधी पछि आएको बाढीले अमेरिकाको न्यु योर्क र न्यु जर्सी सबैभन्दा धेरै प्रभावित भएको छ । न्यु योर्क र न्यु जर्सी राज्यमा अस्वाभाविक वर्षा भएको छ । केही नागरिकहरु बाढीको चपेटामा परेका कार र भवनको सबैभन्दा मुनिको तलामा फसेका छन् । समुद्री आँधी आइडाका…

    Read More