| 
  • अन्तरराष्ट्यि

    जन्ती बोकेको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ घाइते

    धनगढी /जन्ती बोकेको जीप दुर्घटना हुँदा अछाममा चार जनाको मृत्यु भएको छ । पञ्चदेवल विनायक नगरपालिका–१ मा आइतबार राति ११ बजेतिर जन्ती बोकेर विनायक बजारतर्फ फर्किने क्रममा से १ च १७६३ नम्बरको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परि १४ जना घाइते भएका छन् । सुदूूरपश्चिम प्रदेश ट्राफिक प्रहरी…

    Read More
  • अन्तरराष्ट्यि

    बुटवलमा सुकुम्बासी समूहसँग झडपपछि स्थानीय प्रशासनले लगायो कर्फ्यु

    बुटवल/रुपन्देहीको मोतिपूर औद्योगिक क्षेत्रको जग्गामा बसोबास गर्ने सुकुम्बासी समूह र प्रहरीबीच झडप पछि उत्पन्न परिस्थितिलाई सामान्य बनाउन स्थानीय प्रशासनले कर्फ्यु लगाएको छ । आज आइतबार ४ बजेदेखि अर्को सूचना जारी नहुन्जेलसम्मका लागि पूर्वमा तिनाउ नदी, पश्चिममा हरिहरपुरको खेती योग्य जमिन, उत्तरमा शिवनगर रानीगञ्ज वस्ती र दक्षिणमा बुटवल उपमहानगरपालिका–१८ औद्योगिक करिडोरको जमिन रहेको भागसम्म लागू हुने…

    Read More
  • अन्तरराष्ट्यि

    प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु भएपछि सुनसरी प्रहरी कार्यालय परिसरमा झडप

    सुनसरी/हिरासतमा रहेका थुनुवाको मृत्यु भएपछि जिल्ला प्रहरी कार्यालय परिसरमा झडप भएको छ । मृतकका आफन्त सहितको भीड र प्रहरीबीच दोहोरो झडप भएको हो । झडपमा प्रहरी सहित एक दर्जन बढी घाइते भएका छन् । झडपका क्रममा प्रहरी कार्यालय र परिसरका संरचनामा समेत क्षति पुगेको छ । लाठी बोकेको समूह प्रहरीमाथि जाइलागेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले…

    Read More
  • मुख्य पृष्ठ

    आज बागमती प्रदेशको बैठक बस्दै, मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने

    काठमाण्डौ/बागमती प्रदेशमा पनि एमालेको सरकार लगभग परिवर्तन हुने निश्चित भएको छ । मुख्य मन्त्री शाक्यले विश्वासको मत लिने प्रक्रिया सुरु गर्न प्रदेश सभाको बैठक आज बोलाइएको छ । भदौ २ मा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको शाक्य नेकपा एमाले विभाजनपछि अल्पमतमा पर्नुभएको छ । बागमती प्रदेश सभामा १ सय ९ सदस्य छन् । मुख्यमन्त्री शाक्यले विश्वासको मत…

    Read More
  • अन्तरराष्ट्यि

    कम उमेरमा चान्सलर बनेर इतिहास रचेका अस्ट्रियाका सेबास्टियन क्रुजले राजीनामा दिँदै

    एजेन्सी/अस्ट्रियाका युवा सेबास्टियन क्रुजले पदबाट राजीनामा दिने भएका छन् । कम उमेरमा चान्सलर बनेर इतिहास रचेका क्रुजले भ्रष्टाचारको आरोप लागेपछि पदबाट राजीनामा दिने घोषणा गरेका हुन् । युवा नेता क्रुजलाई राजीनामा दिन चौतर्फी दबाब बढेको थियो । देशमा थप उथलपुथल हुन नदिन आफूले पदबाट राजीनामा दिन लागेको ३५ वर्षीय चान्सलरले बताए । उनी सन २०२०…

    Read More
  • अन्तरराष्ट्यि

    बसको ठक्करबाट एक महिलाको मृत्यु, दुई जना घाइते

    सप्तरी/बसले मोटरसाइकललाई ठक्कर दिँदा सप्तरीमा एक महिलाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको खडक नगरपालिका–६ इन्द्रचौतारी चोकमा शनिवार बेलुका प्र २–०१–००१ प ०३३४ नम्बरको मोटरसाइकललाई बा ३ ख ९६९० नम्बरको बसले ठक्कर दिएको हो । बसको ठक्करबाट मोटरसाइकलको पछाडि रहेकी खडक नगरपालिका–९ सर्पाकी ३० वर्षीया गुल्लु खातुको मृत्यु भएको हो । दुर्घटनामा घाइते…

    Read More
  • अन्तरराष्ट्यि

    सरकारले भारतबाट खरिद गरेको १० लाख डोज कोभिसिल्ड खोप नेपाल आइपुग्यो

    काठमाण्डौं/सरकारले भारत सरकारबाट खरिद गरेको १० लाख मात्रा कोभिशिल्ड खोप नेपाल आइपुगेको छ । सात महिनाअघि सरकारले सेरम इन्स्टिच्युटलाई २० लाख डोज खोपका लागि अग्रिम भुक्तानी गरेको थियो । जसमध्ये १० लाख डोज खोप आएको थियो भने बाँकी १० लाख डोज खोप भने ७ महिनादेखि आएको थिएन । खरिद गरेको सात महिनापछि बाँकी १० लाख…

    Read More
  • Uncategorized

    आज दशैँको चौथो दिन

    काठमाण्डौ/आज दशैंको चौंथो दिन कुष्माण्डा भगवतीको पूजा अर्चना गरिदैँछ । कुष्माण्डा मातालाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ । देवी कुष्माण्डाले ब्रह्माण्डको सृष्टि गरी पृथ्वी रचनाका लागि सूर्य भगवानलाई आफ्नो तापशक्ति दिएर प्रज्वलित बनाएको र अन्य ग्रहको समेत रचना गरी पूरै सौर्यमण्डल सञ्चालन गरेको देवीभागवत् लगायतका ग्रन्थहरुमा उल्लेख छ । कुष्माण्डाको लौकिक अर्थ…

    Read More
  • अन्तरराष्ट्यि

    दुई जना छोराको हत्यापछि आमाले गरिन आत्महत्या

    धनुषा/दुईजना छोराको हत्यापछि धनुषाको नगराइनकी एक महिलाले आत्महत्या गरेकी छन् । नगराइन नगरपालिका–४ की २४ वर्षीया गुडियादेवी साहले हिजो बेलुका छोराहरू पाँच वर्षीय अभिषेक र तीन वर्षीय आदित्यलाई डोरीले घाँटीमा कसेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार दुवै छोराको हत्यापछि गुडियाले पनि घरमै आत्महत्या गरेकी…

    Read More
  • अन्तरराष्ट्यि

    नेपालको पश्चिमी क्षेत्रबाट मनसुन बाहिरियो, अरु भूभागबाट पनि केही दिनभित्र बाहिरिने

    काठमाण्डौं/नेपालको पश्चिमी क्षेत्र सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका सबै भूभाग तथा लुम्बिनी प्रदेशको पश्चिमी भूभागबाट मनसुन बाहिरिएको छ ।  मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गंगा नगरकोटीका अनुसार अरु भूभागबाट पनि केही दिनभित्र मनसुन बाहिरिनेछ । यो वर्षदेखि मनसुनको बहिर्गमन औसत मिति अक्टोबर २ भनिएको छ । निर्धारित मितिभन्दा ६ दिन ढिलो मनसुन बाहिरिन सुरु गरेको हो…

    Read More