| 
  • अपराध/दुर्घटना

    सौर्यको दुर्घटनाग्रस्त जहाजमा सवार १९ जना अज्ञात ।

    काठमाडौं/काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एअरलाइन्सको (एन-एएमई) जहाजमा १९ जना यात्रारत रहेको बुझिएको छ । नेपाल नागरिक उड्ड्यन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार जहाज काठमाडौंबाट पोखराका लागि उडेको थियो । प्राविधिक प्रयोजन परीक्षणका लागि उडेको यो जहाज दुर्घटनामा परेको प्राधिकरणले जनाएको छ । अहिले उद्धारको काम जारी छ ।

    Read More
  • अपराध/दुर्घटना

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज दुर्घटना, थप विवरण आउँदै।

    काठमाडौं/त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको छ । दुर्घटनाका कारण विमानमा आगो लागेको छ । अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरुको टोली नियन्त्रणको प्रयासमा छन् । जहाज उड्ने क्रममा दुर्घटना भएको हो । थप विवरण आउन बाँकी छ ।

    Read More
  • भेटिएनन् त्रिशुलीमा बेपत्ता बस, अब भोलिमात्रै खोजी गरिने

    भरतपुर/चितवनको भरतपुर महानगरपालिका २९ सिमलतालस्थित नारायणगढ–मुग्लिन सडकमा आएको लेदोसहितको पहिरोका कारण यात्रुसहित त्रिशुलीमा बेपत्ता २ वटा बस खोजी कार्य आजका लागि स्थगित भएको छ । बिहानैबाट त्रिशुलीमा खसेका बस खोजिए पनि साँझसम्म नभेटिएकाले आजलाई खोजी कार्य स्थगित गरिएको हो । चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेब यादबका अनुसार अब भोलि बिहानबाट मात्रै बेपत्ता बस र यात्रु…

    Read More
  • अविरल वर्षासँगैको बाढीपहिरोबाट एक सय एकको मृत्यु

    काठमाडौँ/देशमा मनसुन भित्रिएसँगै परेको अविरल वर्षाका कारण आएको बाढीपहिरालगायत विपद्मा परी हालसम्म एक सय एक जनाले ज्यान गुमाएका छन् । गत जेठ २८ गते बिहान ९ बजे देखि आज असार २८ गते बिहान ८ बजेसम्म देशका विभिन्न स्थानमा आएको बाढीपहिरामा परी एक सय एक जनाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर…

    Read More
  • नारायणगढ–मुग्लिन सडकको सिमलतालमा पहिरो, दुई बस बगायो

      चितवन/नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले दुईवटा बस बगाउँदा त्रिशूलीमा बेपत्ता भएका छन् । ती बसमा चालकसहित ६३ जना रहेको अनुमान छ घटना स्थलमा पुगेका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान ३ः३० बजे दुई बस त्रिशूलीमा खसेका हुन् । उनका अनुसार काठमाडौँबाट गौर जान आउँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठामाडौँ जाँदै गरेको…

    Read More
  • कास्कीमा पहिरोले पुरिँदा एकै परिवारका सात जनाको मृत्यु

    कास्कीमा पहिरोले पुरिँदा एकै परिवारका सात जनाको मृत्यु पोखरा । कास्कीमा पहिरो खसेर घर पुरिँदा सात जनाको मृत्यु भएको छ । बिहीबार राति सवा १० बजे पोखरा महानगरपालिका वडा नम्बर १९ तल्नाकोट टाढीमा पहिरोले पुरिँदा सात जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । मृतक एकै परिवारका रहेको प्रहरीले जनाएको छ । पहिरोमा…

    Read More
  • अपराध/दुर्घटना

    सिमताल पहिरो अपडेट स् दुइटा बसका ६५ यात्रु बेपत्ता, पहिरोले अड्किए गोताखोर

    चितवन/नारायणगढ मुग्लिङ सडक खण्ड अन्तर्गतको सिमतालमा पहिरो खस्दा २ बस बगाएको छ । लेदो सहितको पहिरोका कारण बसलाई बगाएर त्रिशूलीमा मिसाएको इलाका प्रहरी कार्यालय मुग्लिङकी प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिइन् । नारायणगढबाट १७ किलोमिटर उत्तर पश्चिममा पर्ने उक्त स्थानमा बिहान ३ः३० बजेको समयमा सडकको माथिल्लो भागबाट लेदोसहितको पहिरो खस्दा बस बगाएको उनले बताइन् ।…

    Read More
  • अपराध/दुर्घटना

    बीमा रकमको लोभमा आफ्नै सुनचाँदी पसल लुटपाटमा सम्लग्न सञ्चालकसहित ५ जना पक्राउ ।

    काठमाडौं/चितवनको कालिकामा बीमा रकमको लोभमा आफ्नै सुनचाँदी पसल लुटपाटमा सम्लग्न एक सञ्चालकसहित ५ जना पक्राउ परेका छन। १ असारमा राति साढे ८ बजे चितवनको कालिका नगरपालिका-६ खोलेसिमलस्थित विनोद सुनचाँदी पसलमा लुटपाट भएको थियो । उक्त लुटपाटमा संलग्नताको आरोपमा प्रहरीले पसल सञ्चालक विनोद सुनार, विजय विश्वकर्मा, पूर्णबहादुर विश्वकर्मा, पवन पासवान र अञ्जना पुडासैनी केसी पक्राउ परेका…

    Read More
  • अपराध/दुर्घटना

    ठगी गरेको अभियोगमा लाली गुँरास सहकारी संस्थाका अध्यक्ष समेत ४ जना पक्राउ

    काठमाडौं/ललितपुर महानगरपालिका-३ पुल्चोकस्थित लाली गुँरास सहकारी संस्थामा रहेको बचतकर्ताहरूको निक्षेप अपचलन गरी ठगी गरेको अभियोगमा संस्थाका अध्यक्ष समेत ४ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा संस्थाका अध्यक्ष काठमाडौं महानगरपालिका-१३ घर भई सोही महानरपालिका-४ चुनदेवी बस्ने ७६ वर्षीय अमरदास श्रेष्ठ, संस्थाका सचिव एवम् प्रमुख कार्यकारी अधिकृत गोरखा सिरानचोक गाउँपालिका-२ घर भई ललितपुर भैंसेपाटी…

    Read More
  • अपराध/दुर्घटना

    गोरखा सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ समस्याग्रस्त घोषणा

    काठमाडौं/भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले ललितपुरको गोरखा सेभिङ एण्ड क्रेडिट कोअपरेटिभलाई समस्याग्रस्त घोषणा गरेको छ ।सहकारी विभागको सिफारिसमा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको मन्त्रीस्तरीय निर्णयले संस्थालाई समस्याग्रत घोषणा गरेको हो । मन्त्रालयले सहकारी ऐनको दफा १०४ अनुसार समस्याग्रस्त घोषणा गरी सम्पत्ति तथा दायित्व राफसापको लागि सोही ऐनको दफा १०५ अनुसार गठन…

    Read More