| 
  • रत्ननगर नगरपालिकामा कानुन विपरीत सार्वजनिक जग्गा खरिद बिक्री

    चितवन । पुर्वी चितवनको रत्ननगर नगरपालिकामा कानुन विपरीत सार्वजनिक जग्गा खरिद बिक्री हुने गरेको पाइएको छ । रत्ननगर वडा नं। ९ र वडा नं।१३ मा सुकुमबासीले नै सार्वजनिक जग्गा बिक्री गरेको पाइएको हो । अन्य जिल्लाबाट आएका सुकुमबासीहरुलाई रत्ननगरका सुकुमबासीहरुले ओगटेर राखेको जग्गा खरिद बिक्री हुने गरेको छ । रत्ननगरमा ऐलानी जग्गा किनेर धमाधम नयाँ…

    Read More
  • बिपि कोइराला क्यान्सर अस्पताल भरतपुर रिफर सेन्टरमा परिणत बन्दै ।

    चितवन  । धनुषाका सञ्जीब धानुक आमा बिलाटुना देबीको पाठेघरको क्यान्सरको उपचार गर्न दक्षिण एसियामै सुविधा सम्पन्न भनेर कहलिएको चितवन को भरतपुरस्थित बीपी कोइराला क्यान्सर अस्पताल आए । तर, डाक्टरहरुले कहिले भरतपुरकै निजी अस्पताल त कहिले भक्तपुर क्यान्सर अस्पतालमा बिभिन्न परीक्षणको लागि पठाए । त्यसैगरी सुदूरपश्चिमको बैतडीका बीरबहादुर बोहरा पनि सुविधा सम्पन्न अस्पताल खोज्दै बीपी कोइराला…

    Read More
  • अन्तर्रा्ष्ट्रिय महिला दिवसको अवसरमा प्रधानमन्त्री ओलीद्वारा शुभकामना

    काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्रा्ष्ट्रिय महिला दिवसको अवसरमा आज शुभकामना सन्देश दिनुहुँदै महिलाले सामाजिक वा कानूनीरुपबाट भोग्नु परेको भेदभाव हटाउन सरकार गम्भीर रहेको बताउनु भएको छ । प्रधानमन्त्री ओलीले सन्देशमा सामाजिक पछौटेपन, अन्धविश्वास, कूरीति र त्यसबाट महिलाले भोग्नु परेका समस्या अन्त्यका लागि सरकारले विभिन्न प्रयास जारी राखेको उल्लेख छ । सन्देशमा भनिएको छ,…

    Read More
  • यस वर्षको बजेट १० खर्ब ८३ अर्ब हुने

    अर्थ मन्त्रालयले चालू आर्थिक वर्षको बजेटको आकार घटाएको छ । चालू आवका लागि संसद्ले १२ खर्ब ७९ अर्बको बजेट पारित गरे पनि त्यसको आकार घटेर १० खर्ब ८३ अर्ब रुपैयाँ मात्रै खर्च गर्न सकिने प्रक्षेपण मन्त्रालयले गरेको हो । बुधबार बजेटको मध्यावधि समीक्षामार्फत बजेटको आकार १५ दशमलव ३३ प्रतिशतले घटाएको हो । यो प्रक्षेपित बजेट…

    Read More
  • फटला महतोको पुख्र्यौली जग्गा हडपेका बलराम धरेललाई थाकसको चेतावनी 

    चितवन, फागुन २२– चितवनको राप्ती नगरपालिका–६ हर्दि निवासी फटला महतोको पुख्र्यौली जमिन हडपेका स्थानीय बलराम धरेलले उक्त जग्गा विक्री गर्न खोजेको भन्दै थारु कल्याणकारिणी सभा चितवनले आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । हिजो सोमबार जिल्ला सभापति विश्राम महतोद्धारा जारी विज्ञप्तीमा फटलाबाट गैरकानुनी रुपमा जग्गा दर्ता गराई कित्ता नं.१६५७, १६५८, १६५९ र १६६० को जग्गा…

    Read More
  • क्यान्सर अस्पतालका बिरामी अब नीजि अस्पताल जानै नपर्ने

    चितवन,फागुन २२ चितवनको भरतपुरमा रहेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा अत्याधुनिक प्रविधिको सेकाइ उपकरण ल्याईएको छ । अमेरिकामा बनेको लिनियाक नामक उपकरण रु १८ करोडमा खरिद गरिएको अस्पतालले जनाएको छ । अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यका अनुसार सञ्चालनमा रहेका दुईवटा सेकाइका उपकरणभन्दा अहिले आधुनिक प्रविधिको उपकरण भित्र्याइएको हो । हाल सञ्चालनमा रहेका कोवाल्ट उपकरणले…

    Read More
  • माओवादी केन्द्रद्धारा जनयुद्धका शहिद परिवार सम्मानित

    चितवन÷ नेकपा माओवादी केन्द्र चितवनले जनयुद्धका शहिद परिवारलाई अभिनन्दन गरेको छ । जनयुद्धमा मारिएका र बेपत्ता परिएका परिवारलाई पाटी कार्यालय भरतपुरमा सोमबार एक कार्यक्रमका बिच सम्मान पत्र सहित सम्मान गरिएको हो । द्धन्द्धकालमा मारिएका ९० जना र बेपत्ता भएका ३० गरी १ सय २० जनालाई सम्मान गरिएको माओवादी केन्द्र चितवनले जानकारी दिएको छ । हरेक…

    Read More
  • पदमपुरमा आयोजित धनधान्याञ्चलमा साढे २ करोड रकम संकलन,

    पदमपुर, चितवन, २१ फागुन । चितवनको कालिका नगरपालिका वडा नं. ५ पदमपुरमा संचालित श्रीमद् भागवत धनधान्याञ्चल सप्ताह ज्ञान–महायज्ञमा साढे २ करोड रुपैया संकलन भएको छ । जिल्लाकै पौराणिक देवताको रुपमा रहेको भिमवली मन्दिर निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ सो महायज्ञ शुरु गरिएको थियोे । संकलित रकमबाट मन्दिरको अतिरिक्त विवाह, ब्रतबन्ध मण्डप, धार्मिक पुस्तकालय, आध्यात्मिक योग…

    Read More
  • करेन्ट लागेर ट्रीपर चालकको मृत्यु ।

      चितवन २० फागुन । पूर्वी चितवनको खैरहनी नगरपालिका–१० स्थित भित्री सडकखण्डको ढुुङग्रे खोला पुल नजिकै आगो लागेर आइतबार दिउँसो एक जनाको मृत्यु भएको छ । मृृत्यु हुनेमा ना ७ ख ४८१८ नम्बरको ट्रीपर चालक मकवानपुर मनहरी गाउँपलिका–३ बस्ने वर्ष २७ का साजन माझीको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बाटो निर्माणका लागि…

    Read More
  • भाटभटेनी सुपरमार्केटका प्रवन्ध निर्देशक मीन बहादुर गुरुङद्वारा सरकारी जग्गा कब्जा

      काठमाडौं, फागुन । सुन्दा पनि अचम्म लाग्ने भाटभटेनी सुपरमार्केटका प्रवन्ध निर्देशक मीन बहादुर गुरुङ, श्रीमती सावित्री गुरुङ र डा। सोभाकान्त ढकालले सरकारी जग्गा आफ्नो नाममा पास गरेको भेटिएको छ । प्रधानमन्त्री निवास बालुवाटारभित्रको ११२ रोपनी जग्गमध्ये ८० रोपनी सरकारी जग्गा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीन बहादुर गुरुङ र डा। सोभाकान्त ढकालले आफ्नो दर्ता गरेर भाटभटेनीको…

    Read More