| 
  • अर्थ/बाणिज्य

    चितवन जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा राजन कार्की नियुक्त

    भरतपुर/ चितवन जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा राजन कार्की नियुक्त हुनुभएको छ । प्रदेश खेलकुद विकास परिषद्ले चारबर्षे कार्यकालका लागि कार्कीलाई अध्यक्षमा नियुक्त गरेको हो । कार्कीले लामो समयदेखि चितवनको खेलकुद क्षेत्रको विकासमा अग्रसर भएर काम गरिरहनुभएको छ ।

    Read More
  • अर्थ/बाणिज्य

    माघदेखि ग्यासमा फरक फरक मूल्य कायम गर्ने तयारी

    काठमाडौं/उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आगामी माघदेखि खाना पकाउने एलपी ग्यासमा फरक फरक मूल्य कायम गर्ने तयारी गरिएको बताएका छन् । शुक्रबार आयोजित नेपाल आयल निगमको ५५ औँ वार्षिकोत्सवको उद्घाटन गर्दै मन्त्री भण्डारीले ग्यासलाई औद्योगिक र घरायसी प्रयोजनका लागि छुट्याएर दोहोरो मूल्य कायम गरिने बताए । “हाल ग्यासमा दिइरहेको अनुदानबाट वार्षिक ११ अर्ब रुपियाँ…

    Read More
  • अर्थ/बाणिज्य

    आज पृथ्वीजयन्ती, राष्ट्रिय एकता दिवस

    काठमाडौं/आज ३०३‌ औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस। नेपालको एकीकरण गर्ने पृथ्वीनारायण शाहको सम्झना गरिँदैछ। तत्कालीन बाइसे–चौबीसे राज्यलाई समेटी एकीकृत नेपाल निर्माण गरेको श्रेय उनलाई छ। गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेष्ठ पुत्रका रूपमा १७७९ पुस २७ गते पृथ्वीनारायणको जन्म भएको थियो। टुक्रे राज्यलाई समेट्ने क्रममा १८२५ मा इन्द्रजात्राका दिन आक्रमण गरी उनको…

    Read More
  • अर्थ/बाणिज्य

    राष्ट्रपतिसँग प्रधानमन्त्रीको शिष्टाचार भेट

    काठमाडौँ/ राष्ट्रपति रामचन्द्र पौडलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपराह्न शिष्टाचार भेट गर्नुभएको छ । राष्ट्रपति भवनमा भएको भेटमा उहाँहरुबीच मुलुकको समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।त्यस अवसरमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, मुख्यसचिव एकनारायण अर्याललगायत वरिष्ठ सरकारी अधिकारी सहभागी हुनुुहुुन्थ्यो । रासस

    Read More
  • अर्थ/बाणिज्य

    निर्माण व्यवसायीलाई २२ अर्बभन्दा बढी भुक्तानी

    काठमाडौँ/उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालू आर्थिक वर्षमा मात्रै निर्माण व्यवसायीलाई रू २२ अर्बभन्दा बढी अघिल्लो आवको दायित्व भुक्तानी भइसकेको बताउनुभएको छ ।नेपाल निर्माण उद्योग परिषद्को प्रतिनिधिसँगको भेटमा अर्थमन्त्री पौडेलले सिर्जित दायित्व भुक्तानी नरोकेको स्पष्ट पार्नुहुँदै सरकारको सदासयतालाई कमजोरी नठान्नसमेत निर्माण व्यवसायीहरूलाई आग्रह गर्नुभयो । “भुक्तानी योग्य रकमको भुक्तानी प्रक्रिया निरन्तर जारी रहन्छ । तर…

    Read More
  • अर्थ/बाणिज्य

    सामाजिक सेवामा अग्रसर एमाले, विद्यार्थीलाई न्यानो कपडा वितरण

    चितवन/नेकपा एमाले राप्ती नगरपालिका–६ को आयोजनामा बिहीवार राष्ट्रिय आधारभुत विद्यालय पडरियाका ११० विद्यार्थीलाई न्यानो कपडा एवम् शैक्षिक सामाग्री वितरण गरिएको छ । नेकपा एमाले केन्द्रीय कमिटी सदस्य तथा बागमती प्रदेश सभा संसदीय दलका नेता जगन्नाथ थपलियाको प्रमुख आतिथ्यतामा विद्यार्थीलाई उक्त सामाग्री वितरण गरिएको हो । कार्यक्रममा नेकपा एमाले बागमती प्रदेश कमिटी उपाध्यक्ष दावा दोर्जे लामा,…

    Read More
  • अर्थ/बाणिज्य

    १५ दिने चितवन महोत्सव सुरु, उद्योग मन्त्री दामोदर भण्डारीले गरे उद्घाटन

    चितवन/१५ औं संस्सरणको चितवन महोत्सव २०८१ आजबाट सुरु भएको छ । उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको आयोजनामा नारायणगढस्थित नारायणी नदी किनारमा १५ दिनसम्म चल्ने गरी महोत्सव सुरु भएको हो । महोत्सवको आज संघीय सरकारका उद्योग तथा वाणिज्य मन्त्री दामोदर भण्डारीले उद्घाटन गरे । राबोटिक प्रणालीबाट महोत्सवको उद्घाटन गर्दै मन्त्री भण्डारीले महोत्सवको सफलताको कामना गरे ।…

    Read More
  • अर्थ/बाणिज्य

    माघे संक्रान्तिको अवसरमा माडीमा फुटसल प्रतियोगिता हुँदै

    चितवन/ माघे संक्रान्तिको अवसर पारेर चितवनको माडीमा फुटसल प्रतियोगिता हुने भएको छ । माडी नगरपालिका–७ दिवानगरमा रहेको डाइनमिक युवा क्लबको आयोजनमा पाचौँ माघे संक्रान्ति कप–२०८१ सेभेन ए साइड फुटसल प्रतियोगिता हुन लागेको हो । दिवानगरको खुल्ला मैदानमा प्रतियोगिता गरिने क्लवका अध्यक्ष विजय तिमिल्सिनाले बताए । पुस २७ गते बाट माघ १ गते सम्म सञ्चालन हुने…

    Read More
  • लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

    काठमाडौँ/देशका विभिन्न भागबाट लागुऔषधसहित २६ जना पक्राउ परेका छन् । दक्षिणकाली नगरपालिका-५ फर्पिङबाट नियन्त्रित लागुऔषध ट्रामाडोल ६ हजार ट्याब्लेटसहित रौतहट घर भएका १८ वर्षीय किशोरलाई बुधबार साँझ पक्राउ गरिएको हो । नेपालगञ्ज उपमहानगरपालिका-१६ जयसपुरबाट ब्राउनसुगर जस्तो देखिने पदार्थसहित सोही ठाउँ बस्ने २३ वर्षीय उन्तीयाज अली अन्सारी र २८ वर्षीया साहाना राईलाई पनि पक्राउ गरिएको छ…

    Read More
  • मुख्य पृष्ठ

    लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

    काठमाडौँ/देशका विभिन्न भागबाट लागुऔषधसहित २६ जना पक्राउ परेका छन् । दक्षिणकाली नगरपालिका-५ फर्पिङबाट नियन्त्रित लागुऔषध ट्रामाडोल ६ हजार ट्याब्लेटसहित रौतहट घर भएका १८ वर्षीय किशोरलाई बुधबार साँझ पक्राउ गरिएको हो । नेपालगञ्ज उपमहानगरपालिका-१६ जयसपुरबाट ब्राउनसुगर जस्तो देखिने पदार्थसहित सोही ठाउँ बस्ने २३ वर्षीय उन्तीयाज अली अन्सारी र २८ वर्षीया साहाना राईलाई पनि पक्राउ गरिएको छ…

    Read More