| प्रवास | अन्तरराष्ट्यि | 
  • नारायणगढ–मुग्लिन सडक आजदेखि पुनः  दैनिक ६ घण्टा बन्द

    २ वैशाख, चितवन । निर्माण पूरा हुन १२ प्रतिशत काम बाँकी रहेको नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि पुनः दिउँसोमा ६ घण्टा बन्द गरिने भएको छ । आयोजनाले शनिवार एकदिन नयाँ वर्षका लागि भनेर दिनभर सडक खुल्ला गरेको थियो । आजदेखि पुनः विहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सडक बन्द गरी निर्माणको कामलाई निरन्तरता दिइने आयोजनाले जनाएको छ…

    Read More
  • रारामा प्रधानमन्त्रीले गरे शब्दको खेती !

    २ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार उषाको लालीसँगै रारातालको डिलमा बसेर देशबासीका नाममा सम्वोधन गरे । १८ पृष्ठ लामो, ३१ बुँदा रहेको पौनेघण्टा वाचन गरिएको प्रधानमन्त्रीको भाषण निकै लामो र भावनाहरुले ओतप्रोत थियो । हुन त प्रधानमन्त्रीले रारा तालबाट केही नयाँ घोषणा पनि गरेका छन् । प्रधानमन्त्रीका ती घोषणालाई ‘ऋषि मुनीका छोराछोरीहरु’ले…

    Read More
  • बिदा कटौतीको बिरोधमा महासंघद्वारा आन्दोलनको घोषणा

    चितवन । सरकारले चाडपर्वमा दिइदै आएको १ दिने बिदा पनि कटौती गरेपछि नेपाल आदिवासी जनजाति महासंँघलगायत विभिन्न जातीय सामाजिक संघसंगठनहरु आन्दोलनमा उत्रिएका छन् । आन्दोलन कार्यक्रमअन्तर्गत उनीहरुले चाडपर्वमा दिईदै आएको सार्वजनिक विदा खारेज गर्ने निर्णय फिर्ता लिन माग गर्दै नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएको छ । जिल्ला प्रशासन कार्यालय मार्फत सरकारलाई ५ बुँदे ज्ञापन पत्र बुझाउँदै…

    Read More
  • फेसबुक बन्द गर्ने हल्ला मात्र : सञ्चार मन्त्रालय

    ३० चैत, काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा आउने फेक न्यूज धेरैका लागि टाउको दुखाइको विषय बनेको छ । फेक न्यूजदेखि डाटाको दुरुपयोगलाई लिएर फेसबुकका संस्थापक मार्क जुकरबर्गले समेत माफी माग्दै हिँड्नु परेको छ । नेपालमा पनि सूचना तथा सञ्चार प्रविधि मन्त्रालय फेसबुकमा फैलिएको गलत सूचनाले हैरान छ । पछिल्लो समय मन्त्रालयको लेटरप्याडमा फोटोसपबाट बनाएर फेसबुक…

    Read More
  • भर्ना अभियानलाई सफल पार्न कलाकारहरुको भुमिका महत्वपुर्ण हुने

    काठमाण्डौं÷शिक्षा, बिज्ञान तथा प्रविधी मन्त्री गिरिराजमणि पोख्रेलले बिद्यार्थी भर्ना अभियानलाई सफल पार्न कलाकारहरुको भुमिका महत्वपुर्ण हुने बताएका छन् । मन्त्री पोख्रलले भर्ना तथा पाठ्यपुस्तक वितरण सम्बन्धमा आज राष्ट्रिय स्तरका कलाकारहरु संग अन्तक्रिया गर्दैृ । यस्तो बताएका हुन् । भर्ना अभियानलाई सफल बनाउन र अभियानमा सहभागी हुन मन्त्री पोखरेलले कलाकारहरुलाई आग्रह गरेका थिए । मन्त्री पोखरेलले…

    Read More
  • चितवनमा प्रहरी संरक्षणमै जुवाखाल र वेश्यावृती मौलाउदैं

    चितवन÷चितवनमा पछिल्लो दुई वर्ष यता जुवातास, वेश्यावृती, अबैध उत्खनन, अबैध समानको कारोबार, मिटरब्याजको धन्दा, हुण्डी कारोबार लगायतका गैरकानुनी कार्यहरु हवात्तै बढेको पाइएको छ । त्यत्तिमात्र होइन गुण्डागर्दीले पनि टाउको उठाउन खोजेको छ । यी सबै विकृतिहरु चितवन प्रहरी प्रमुख दिपक थापाको कार्यशैलीकै कारण भएको विषयमा यस अघि नै विभिन्न सांचार माध्ययममा समाचार पनि आइसकेको छ…

    Read More
  • दोलखाको जिरी नगरपालिकाद्धारा रत्ननगरको कृषि र पर्यटनको विकासबारे अबलोकन

    चितवन,चैत २८( दोलखाको जिरी नगरपालिकाको नगर प्रमुख,उपप्रमुख सहित कृषि र पर्यटनको अध्ययन भ्रमणमा आएको टोलीले बुधवार रत्ननगरको विकासक्रमको अबलोकन गरेको छ । जिरीका मेयर टंकबहादुर जिरेल,उपमेयर कृष्णमाया बुढाथोकी,प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्मा सहित कार्यपालिकाका सदस्य र कर्मचारीको टोलीले पर्यटकीय नगरी सौराहा,कृषि फर्म र धार्किक पर्यटकीय केन्द्र जिरौनाको श्रीकृष्ण प्रणामी धर्मधामको अबलोन गरेको हो । टोलीलाई…

    Read More
  • सार्वजनिक जग्गामा निमित्त घर नगरपालिकाले भत्कायो

       चितवन , २८ चैत । रत्ननगर नगरपालिकाले यहाँका प्रतिष्ठित व्यवसायी कमलचन्द्र खनालको घर भत्काएको छ । सार्वजनिक जग्गामा निमित्त घर भत्काउन नगरपालिकाले दिएको समयावधिमा समेत खाली नगरेपछि नगरपालिकाले टाँडी बजारमा रहेको खनालको घरमा डोजर लगाएर भत्काएको हो । सात मिटर मोहडा र २५ मिटर लम्बाइ भएको सार्वजनिक जग्गामा खनालले घर बनाएर व्यावसायिक प्रयोजनको लागि…

    Read More
  • अपराधीक गतिविधिमा संलग्न रहेको आरोपमा बिप्लवका ५ कार्यकर्ता प्रहरी नियन्त्रणमा ।

      चितवन २८ चैत । अपराधीक गतिविधिमा संलग्न रहेको भन्दै चितवन प्रहरीले विप्लव निकटका ५ कार्यकर्ताहरु लाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार भरतपुर क्षेत्रपुरस्थित कालिका कन्स्ट्रक्सनमा विस्फोट गराउने जिल्ला सदस्य दिवस भुषाल र भरतपुर महानगरपालिकाका वर्डा नम्बर १० का वडा अध्यक्ष अरुण पिडित भण्डारी माथि आक्रमण प्रयास गर्ने ४…

    Read More
  • चितवनमा सवारी दुर्घटनामा एकको मृत्यु

    चितवन, २८ चैत । चितवनको नारायणगढ मुग्लिङ्ग सडकखण्ड अन्तर्गत भतेरी जंगलमा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मकवानपुर जिल्ला बस्ने ३४ वर्षीय राजु गौतम रहेको प्रहरीले जनाएको छ । मंगलबार राती १०ः१५ बजे ना ३९ प १४३९ नम्बरको स्कुटर सँगै पल्टिरहेको अबस्थामा फेलापारी उद्धार गरिएका गौतमको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको…

    Read More