| प्रवास | अन्तरराष्ट्यि | 
  • एक करोड ८६ लाखको सामानसहित दुई ट्रक नियन्त्रणमा

    वीरगञ्ज/प्रहरीले बिलबिजकभन्दा बढीको खुद्रा तथा औषधि बोकेका दुई ट्रक नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिका–८ घण्टाघरबाट रु एक करोड ८६ लाख मूल्य पर्ने खुद्रा तथा औषधि बोकेका ट्रक प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक भारतीका अनुसार सुदूरपश्चिम प्रदेश ०१–००१ ख २६९९ तथा सुदूरपश्चिम ०१–००१ ख २६६१ नम्बरको मालबाहक ट्रक…

    Read More
  • चितवन सेरोफेरो

    चितवनका सीडीओ र एसपी सरुवामा रास्वपाको विरोध

    चितवन/चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव र प्रहरी प्रमुख प्रहरी उपरीक्षक भावेश रिमालको सरकारले सरुवा गरिएकोमा राष्ट्रिय स्वतन्त्र पार्टीले असन्तुष्टि व्यक्त गरेको छ । सरकार र प्रधानमन्त्रीविरुद्ध ‘उद्दण्ड प्रदर्शन’ गर्न अनुमति दिएको भन्दै उनीहरुलाई सरुवा गरिएपछि रास्वपा असन्तुष्ट बनेको हो । सोमबार रास्वपाले चौबिसकोठीबाट विरोध र्‍याली निकालेको थियो । र्यालीका क्रममा प्रदर्शनकारीले एउटा सांकेतिक शव…

    Read More
  • मुख्य पृष्ठ

    मर्यादित भएर चाडपर्व मनाउन काठमाडौँ प्रशासनको आग्रह

    काठमाडौँ/जिल्ला प्रशासन कार्यालय काठमाडौँले मर्यादित भएर व्यवस्थित रुपमा चाडपर्व मनाउन सबैलाई आग्रह गरेको छ ।जिल्ला प्रशासन कार्यालय काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले आज एक सूचना जारी गर्दै चाडपर्वको समयमा शान्ति सुरक्षामा असर पर्ने गरी सार्वजनिक स्थानमा होहल्ला तथा झैझगडा गर्ने, मादक पदार्थ सेवन गरेर सामाजिक जनजीवन, मर्यादा र शान्ति खलल गर्ने काम नगर्न…

    Read More
  • मुख्य पृष्ठ

    जलवायु अनुकूलन र दिगोपनालाई प्राथमिकतामा राखी विश्वव्यापी साझेदारीमा नेपालले भूमिका खेल्नेछः प्रधानमन्त्री ओली

    काठमाडौँ/प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा जलवायु अनुकूलन र दिगोपनालाई प्राथमिकता दिँदै विश्वव्यापी साझेदारीसँग सहकार्य गर्न नेपाल तयार रहेको स्पष्ट गर्नुभएको छ ।संयुक्त राष्ट्रसङ्घ दिवसका अवसरमा आज नेपाली सैनिक मुख्यालयमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री ओलीले सोका लागि नेपालले सकारात्मक भूमिका खेल्न प्रतिबद्ध रहेको दोहोर्‍याउनुभयो । “जलवायु परिवर्तनको समस्यालाई सम्बोधन गर्न संयुक्त राष्ट्रसङ्घको नेतृत्वले हामीलाई साझा समाधानका…

    Read More
  • अपराध/दुर्घटना

    रविको तिहार प्रहरी हिरासतमै बित्ने,अब तिहारपछि मात्र अदालत लगिने

    पोखरा/सहकारी ठगी र संगठित अपराध मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई अनुसन्धानका लागि जिल्ला अदालत कास्कीले बिहीबार सात दिनको म्याद थपेको छ । गत शुक्रबार (कात्तिक २ गते) पक्राउ परेका लामिछानेलाई आइतबार अदालतले पक्राउ परेकै दिनदेखि लागु हुने गरी पहिलोपटक ६ दिनको म्याद दिएको थियो । अनुसन्धान नसकिएको…

    Read More
  • मुख्य पृष्ठ

    प्रधानमन्त्रीलाई एमाले ललितपुरको ध्यानाकर्षण

    काठमाडौँ/प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी ललितपुरले बाढी, पहिरो र डुबानका कारण उत्पन्न स्थितिबाट जनजीवनलाई सहज र पूर्ववत् बनाउन आग्रह गरेको छ । जिल्ला कमिटीका पदाधिकारीहरुले आज प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री निवास, बालुवाटारमा ध्यानाकर्षणपत्र बुझाएको हो । मनसुनजन्य विपत्तिलगत्तै सरकारले प्रभावकारी रुपमा खोज, उद्धार र राहतका काम गरेको उल्लेख गर्दै अबका दिनमा…

    Read More
  • चितवन सेरोफेरो

    चितवनका सीडीओ र एसपीको सरुवा,नयाँ सीडीओ प्रकाश पौडेल आउने

    चितवन/चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव मन्त्रालयमा तानिएका छन् । चितवन आएको साढे चार महिनामा नै उनको सरुवा भएको हो । उनलाई फिर्ता बोलाएर प्रकाश पौडेललाई चितवनमा काज सरुवा गरिएको गृह मन्त्रालय स्रोतले जनाएको छ । सीडीओ यादवले पनि आफ्नो सरुवा भएको नारायणी अनलाइनलाई बताए । उनले भने,सरुवा भएको कुरा साँचो हो,रास्वपाको प्रर्दशनमा प्रधानमन्त्रीकोे पुत्ला…

    Read More
  • मुख्य पृष्ठ

    बाढीपहिरोपीडितलाई पाँच करोड आर्थिक सहयोग

    काठमाडौँ/सरकारले हालैको बाढीपहिरो र डुबानमा परी ज्यान गुमाएका परिवारका निकटका नातेदारलाई आर्थिक सहायता प्रदान गरेको छ । सरकारले प्रतिमृतक रु दुई लाख प्रदान गरेको हो । गृह मन्त्रालयका अनुसार हालसम्म २३ जिल्लाका मृतकका परिवारलाई राहतस्वरुप पाँच करोड प्रदान गरिएको छ । बाढीपहिरोमा परी दुई सय ३८ जनाले ज्यान गुमाएका थिए । एक सय ७७ जना…

    Read More
  • अपराध/दुर्घटना

    दिल्लीबाट काठमाडौं आएको जहाजमा बम राखेको हल्लापछि ‘सर्च’ गर्दै सेना

    काठमाडौं/भारत नयाँदिल्लीबाट काठमाडौं आएको भारतीय निजी वायु सेवा कम्पनी भिस्टारा एयरवेज को जहाजमा बम राखेको हल्ला फैलिएपनि सेनाले सर्च गरिरहेको छ । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको जहाजमा सेनाले सुरक्षा प्रोटोकल अनुसार सर्च गरिरहेको हो । भिस्टाराको उडान नम्बर ‘यूके १५५’ भएको उक्त जहाज अहिले ल्याण्ड गरिसकेको छ । जहाजमा बम राखेको फोन दिल्लीबाटै…

    Read More
  • चितवन सेरोफेरो

    नारायणगढ–मुग्लिन सडकको खहरेबाहेकका सबै पुल यसै महिना सञ्चालनमा आउने

    चितवन/नारायणगढ–मुग्लिन सडकमा निर्माणाधीन १४ पुल यसै महिनाको मसान्तसम्ममा सञ्चालनमा ल्याइने भएको छ । खहरे खोलाको पुलको पहुँच सडक सम्पन्न गर्न थप दुई महिना लाग्ने भए पनि अन्य पुल यसै महिनाभित्र सञ्चालनमा ल्याउन लागिएको हो । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का इन्जिनियर कृष्ण आचार्यका अनुसार मुग्लिन बजार नजिकैको काली खोलाको पुल दसैँअगाडि नै सञ्चालनमा…

    Read More