| प्रवास | अन्तरराष्ट्यि | 
  • विद्यालयमा डेस्क बेन्च नहुँदा विद्यार्थीको बिजोग

    चितवन , १७ बैशाख । पुर्वी चितवनको राप्ती नगरपालिका १३ स्थित लोथरको राष्ट्रिय आधारभूत विद्यालय कालीटारका विद्यार्थी विद्यालयमा डेस्कबेन्च नहुँदा भूइँमै बसेर पढ्न बाध्य छन् । वि।सं २०५३ सालमा स्थापना भएको सो , बिद्यालयमा चार कक्षासम्म अध्ययन हुने गर्दछ । चार कक्षासम्म पढाइ हुने यो विद्यालयमा ५० जना बालबालिकासहित १६० जना विद्यार्थीले भर्ना गरिसकेका छन्…

    Read More
  • बुद्ध जयन्तीको अवसरमा प्रधानमन्त्री केपी ओलीको  यस्तोआयो सन्देश

    काठमाडौं १७ वैशाख, बुद्ध जयन्तीको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई हार्दिक शुभकामना व्यक्त गरेका छन् । २५६२ औं बुद्धजयन्तीको अवसरमा एक सन्देश प्रकाशित गर्दै प्रधानमन्त्रीले नेपालको भूमिमा जन्मेर मानव कल्याणका लागि ठूलो योगदान दिनुभएका गौतम बुद्धका उपदेशहरु विश्वमै लोकप्रिय रहेको बताएका हुन् । ‘‘शान्तिका अग्रदूत गौतम बुद्धले सम्पूर्ण मानव जगतको…

    Read More
  • आज २५६२ औं बुद्ध जयन्ती

    आज वैशाख शुक्ल पूर्णिमा अर्थात् २५६२ औं बुद्ध जयन्ती हो । यस अवसरमालनेपाल र विश्वभर भगवान् बुद्धप्रति आस्था प्रकट गरेर मनाइँदैछ । गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति पनि वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रुपमा लिने गर्छन् । नेपालको लुम्बिनीमा इसापूर्व ५६३ अर्थात् आजभन्दा…

    Read More
  • नारायणगढको ‘ नव आगन्तुक गेष्ट हाउस’ बाट ८ जोडी यौनकर्मी पक्राउ

                                                   फाईल फोटो चितवन, १६ बैशाख,नारायणगढको ‘ नव आगन्तुक गेष्ट हाउसबाट शंकास्पद अवस्थामा प्रहरीले १६ जना अर्थात ८ जोडी यौनकर्मी  पक्राउ गरेको छ । चितवन प्रहरीले यौन जन्य क्रियाकलापमा संलग्न १६ जनालाई पक्राउ गरेको…

    Read More
  • नेपाल परिवार नियोजन संघ चितवनको विवाद उत्कर्षमा

    चितवन, १६ बैशाख । नेपाल परिवार नियोजन संघ चितवन शाखाको तदर्थ समितिका संयोजक केशव प्रकाश जोशी विरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी परेको छ । सामाजिक संजालमा फेसबुकमा मानहानी सहित गाली गलौज गरेपछि उनीविरुद्ध उजुरी परेको हो । जोशीले समितिका सदस्य कृष्णराज न्यौपानेलाई अपशब्द प्रयोग गरेर गाली गलौज गरेपछि न्यौपानेले जोशीका विरुद्ध उजुरी गरेका छन…

    Read More
  • गीतानगर जेसीजको एकदिने व्यवसायिक तालिम सम्पन्न

    चितवन, गीतानगर जेसीजको आयोजनामा आज एकदिने व्यवसायीक तालिम सम्पन्न भएको छ । भरतपुर महानगरपालिका ६ गितानगर स्थित अरुणोदय कलेजमा ६० जना भन्दा बढी व्यवसायी र स्थानीयहरुलाई व्यवसायीक तालिम प्रदान गरिएको हो । तालिमका मुख्य प्रशिक्षक युवराज अधिकारीले तालिममा सहभागीहरुलाई व्यवसायिक फर्म दर्ता प्रकृया, कर प्रणाली तथा लेखा विधि सम्बन्धि तालिम दिएका थिए । सोहि अवसर…

    Read More
  • काँग्रेस विवाद चुलिदैं : ‘हारको जिम्मेवारी लिन नमान्नेले तत्काल राजिनामा दिनुपर्छ’

    काठमाडौं, १६ बैशाख । नेपाली कांग्रेसका नेता डा। शेखर कोईरालाले पार्टी सभापति शेरबहादुर देउवाले नेतृत्वबाट तत्काल विदा लिनुपर्ने मा जोड दिएका छन् । देउवाले नेतृत्वबाट विदा लिनेबित्तिकै कांग्रेस सशक्त हुने पनि उनको दाबी छ । हिमालय टेलिभिजनबाट प्रशारण हुने ‘धमलाको हमला’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता कोइरालाले सभापति देउवाले पार्टी हारको जिम्मेवारी लिन…

    Read More
  • नारायणी नदीमा सिग्नेचर पुल बन्ने

    चितवन, १६ वैशाख । पूर्व पश्चिम राजमार्गअन्तर्गत चितवनको नारायणगढ र नवलपरासीको गैंडाकोट जोड्ने हालको नारायणी पुलसँगै आकर्षक सिग्नेचर ब्रिज बनाइने भएको छ । विसं २०३८ सालमा बनेको सो पुलको विकल्पका रुपमा सुन्दर नयाँ पुल निर्माण गर्न लागिएको हो । सडक विभागको पुल महाशाखाका प्रमुख अर्जुन थापाका अनुसार महाशाखाका प्रविधिज्ञहरुलाई चिनिया विशेषज्ञले क्षमता अभिवृद्धिका लागि तालीम…

    Read More
  • अरुण तेस्रोमा बम विस्फोट

    काठमाडौं । बहुप्रतिक्षित जलविद्युत आयोजना अरुण तेस्रोको प्रशासनिक भवनको पर्खालमा बम विस्फोट भएको छ । तुम्लिङटारमा रहेको अरुण तेस्रोको नव निर्मित प्रशासनिक भवनको कम्पाउन्डमा शनिबार राति बम विस्फोट भएको हो। प्रहरीका अनुसार राति १२ बजे बम विस्फोट भएको हो । विस्फोटका कारण प्रर्खालमा सामान्य क्षति पुगेको छ । घटनाको जिम्मा कसैले लिएको छैन । यसअघि…

    Read More
  • चितवनमा चलचित्र “भोर” को बिशेष शो सम्पन्न ।

    दाइजो प्रथामा आधारीत नेपाली चलचित्र “भोर” को चितवनमा बिशेष शो भव्य रुपमा सम्पन्न भएको छ । चितवन नारायणगढको ईन्द्रदेव चलचित्र मन्दिरमा चलचित्र युनिटको साथमा “भोर” को बिशेष शो सम्पन्न भएको हो । बिशेष शोमा चलचित्रका कार्यकारी निर्माता देवेन्द्र सुबेदी, कलाकारहरु डली सरकार र राजेश सहसेना लगायतको उपस्थिती रहेको थियो । बिशेष शो हेर्नको लागि करीब…

    Read More