| प्रवास | अन्तरराष्ट्यि | 
  • अर्थ/बाणिज्य

    चितवनमा तोरीखेती बढ्यो

    चितवन/भरतपुर महानगरपालिका र माडी नगरपालिकामा गत वर्षको तुलनामा यस वर्ष तोरीखेती हुने क्षेत्रफल बढेको छ । जिल्ला कृषि विकास कार्यालय चितवनका योजना अधिकृत निर्मल पौडेलका अनुसार गत वर्षको तुलनामा यस वर्ष तोरीखेती हुने क्षेत्रफल सातदेखि ८ प्रतिशत बढेको हो । गत आर्थिक वर्ष २०८०/८१ मा जिल्लामा १३ हजार छ सय ४२ हेक्टर क्षेत्रफलमा तोरीखेती गरिएको…

    Read More
  • अर्थ/बाणिज्य

    चिसो बढेसँगै वीरगञ्ज महानगरका विद्यालय तीन दिन बन्द

    पर्सा/ वीरगञ्ज महानगरले अत्यधिक चिसो बढेसँगै आजदेखि तीन दिन महानगरभित्रका विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ । पछिल्ला दिन जिल्लामा बाक्लो हुस्सु लाग्न थालेको छ । महानगरले पुस २४ देखि २६ गतेसम्म तीन दिन जाडो बिदा दिने निर्णय गरेको हो ।महानगरका शिक्षा अधिकृत हरि राउतले सार्वजनिक सूचना जारी गरेर तिन दिन सामुदायिक र संस्थागत…

    Read More
  • अर्थ/बाणिज्य

    पाथीभरासहित ताप्लेजुङको उच्च क्षेत्रमा हिमपात

    ताप्लेजुङ/सामान्य वर्षासँगै जिल्लाको उच्च हिमाली क्षेत्रमा मङ्गलबार साँझदेखि हिमपात भएको छ । तीन हजार सात सय ९४ मिटरको उचाइमा पर्ने तीर्थस्थल पाथीभरा मन्दिरसहित जिल्लाका उत्तरी उच्च क्षेत्रमा हिमपात भएपछि जनजीवन प्रभावित भएको छ । पाथीभरा मन्दिर जाने पदमार्गअन्तर्गत फेदीको बस्तीसहित सोभन्दा माथि हिमपात भइरहेको फेदीस्थित प्रहरी चौकीका हबल्दार मिलन कटुवालले जानकारी दिनुभयो । हिमपात भए…

    Read More
  • अपराध/दुर्घटना

    अन्ततः व्यवसायी गैरेको निधन!

    चितवन/कार दुर्घटनामा परेर गम्भिर घाइते हुनुभएका नारायणगढका युवा व्यवसायी रमेश गैरेको निधन भएको छ । उहाँको २३ दिन अघि दुर्घटना पश्चात भरतपुर अस्पतालमा उपचार भइरहेको थियो ।  उहाँको भरतपुर अस्पतालमा उपचारका क्रममा आज (मंगलबार) साँझ निधन भएको हो । पुस १ गते माडीको एक कार्यक्रममा सहभागि भएर फर्कदै गर्दा व्यवसायी गैरे सवार कार दुर्घटनामा परेको…

    Read More
  • अन्तरराष्ट्यि

    तिब्बत भूकम्पबाट ज्यान गुमाउनेको संख्या ५३ पुग्यो, एक हजारभन्दा धेरै घरमा क्षति

    काठमाडौं/ चीनको तिब्बतमा मंगलबार बिहान गएको शक्तिशाली भूकम्पमा परेर ज्यान गुमाउनेको संख्या ५३ पुगेको छ ।चिनियाँ सञ्चारमाध्यम सीजीटीएनले६.८ म्याग्निच्युडको भूकम्पबाट अहिलेसम्म ५३ जनाको ज्यान गएको उल्लेख गरेको छ ।सीजीटीएनका अनुसार, एक हजारभन्दा धेरै घरमा क्षति पुगेको छ । यस्तै, ३८ जनाभन्दा धेरै घाइते छन् ।नेपालको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले ७ म्याग्निच्युडको धक्का मापन…

    Read More
  • अर्थ वाणिज्य

    चितवन महोत्सव मुल समितिको बैठक सम्पन्न:महोत्सवको तीव्र तयारी हुँदै

    चितवन/यही पुष २५ देखि सुरु हुने १५ औं संस्करणको चितवन महोत्सव मुल आयोजक समितिको बैठक सम्पन्न भएको छ । उद्योग वाणिज्य संघ ९उवासंघ० चितवनमा बसेको बैठकले महोत्सवको तयारीका बारेमा छलफल गरेको छ । बैठकको सुरुवातमा आफ्नो कुरा राख्दै मुल समितिका संयोजक एवम् उवासंघ चितवनका अध्यक्ष सुमन कुमार श्रेष्ठले महोत्सवको तयारीका बारेमा समितिका सदस्यहरुलाई जानकारी गराए…

    Read More
  • अर्थ/बाणिज्य

    चितवनमा चर्को आवाज निकालेर चलाउने ६३ मोटरसाइकल नियन्त्रणमा,१५ हजारसम्म जरिवाना हुने

    चितवन/जिल्लाका विभिन्न स्थानमा मोटरसाइकलको स्वरुप परिवर्तन गर्ने र तीव्र गतिमा चर्को आवाज निकाली ध्वनि प्रदूषण गर्ने ६३ वटा मोटरसाइकललाई नियन्त्रणमा लिइएको छ ।जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले विभिन्न समयमा गरी ती मोटरसाइकललाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया सुरु गरेको हो । कार्यालयका प्रमुख प्रहरी निरीक्षक गायत्रीराज शर्माका अनुसार स्वरुप परिवर्तन गरेर चर्को आवाजमा चलाइराखेको समयमा ती…

    Read More
  • अर्थ/बाणिज्य

    सत्तरी लाखको लप्सीका परिकार कारोबार गर्ने लक्ष्य

    पर्वत/यस वर्ष फलेका लप्सी टिपेर बिक्री तथा प्रशोधन गर्न कृषकहरूलाई भ्याइनभ्याइ छ । नेपालमै सबैभन्दा बढि लप्सी उत्पादन हुने पर्वत जिल्लाका अधिकांश कृषकहरूले लप्सीका दाना बिक्री गर्दै आएका छन् भने जिल्लाको फलेवास–४ मुडिकुवामा सञ्चालित सामुदायिक खाद्य प्रशोधन उद्योगले लप्सीको प्रशोधन गर्दै आएको छ । यो उद्योगले लप्सीबाट माडा, अचार, क्याण्डी, तितौरा, जाम, लप्सी धुलो, पिरो…

    Read More
  • अन्तरराष्ट्यि

    भ्रष्टाचारको खुलासा गर्ने पत्रकार सेप्टिक ट्याङ्कीमा मृत फेला

    छत्तीसगढ/भारतको छत्तीसगढ राज्यमा सडक निर्माणमा भएको भ्रष्टाचारको रिपोर्टिङ गरेका एक भारतीय पत्रकारको शव सेप्टिक ट्याङ्कीमा फेला परेको छ । ३२ वर्षीय मुकेश चन्द्राकार नयाँ वर्षको दिन बेपत्ता भएपछि उनको परिवारले प्रहरीमा उजुरी दर्ता गराएका थिए । अधिकारीहरूले उनको मोबाइल फोन ट्र्याक गरेपछि शुक्रबार विजापुर शहर क्षेत्रको सडक निर्माण ठेकेदारको कम्पाउन्डमा उनको शव फेला परेको थियो।…

    Read More
  • चितवन सेरोफेरो

    चितवनका तेजेन्द्रविरुद्ध पाँच करोड क्षतिपूर्ती माग्दै हालेको मुद्दा चौधरी ग्रुपले हार्‍यो

    चितवन/चितवनका तेजेन्द्र पौडेलविरुद्ध हालेको लिखित गाली बेइज्जती मुद्दा चौधरी ग्रुपले हारेको छ। फेसबुक वाइवाइविरुद्ध लेखेको भन्दै चौधरी ग्रुपले पौडेलविरुद्ध गत जेठ ८ गते ५ करोड रुपैयाँ क्षतिपूर्ति, २० हजार रुपैयाँ जरिवाना र २ वर्ष कैद सजायको माग गर्दै मुद्दा दायर गरेको थियो। उक्त मुद्दामा आइतबार न्यायाधीश केदारनाथ पौडेलको इजलासले ‘दाबी नपुग्ने’ फैसला सुनाएको हो। गत…

    Read More