| प्रवास | अन्तरराष्ट्यि | 
  • ओलीको राष्ट्रवाद भारत पुगेपछि लम्पसारवादमा पतन  :  देउवा

    हेटौँडा । नेपाली कांग्रेसका सभापति शेरबवहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवाद भारत पुगेपछि लम्पसारवादमा भएको आरोप लगाएका छन् । नेपाल तरुण दलको आयोजनामा आज सोमबारदेखि शुरु भएको दुईदिने प्रदेश नं ३ स्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै देउवाले यस्तो बताएका हुन् । देउवाले भने ओली सरकारले देशमा अधिनायकवाद सुरु गरिसकेको छ । उनले भने, ‘सरकारले…

    Read More
  • सशस्त्र प्रहरीद्वरा एक क्विन्टल गाँजा बरामद ।

    फाईल फोटो चितवन ३ बैशाख । पूर्वी चितवनको राप्ती नगरपालिका–१ लोथर स्थित परेवास्वरी सामुदायिक बनमा लुकाइ राखेको अवस्थामा शसस्त्र प्रहरी बल गढीमाइ गण भण्डाराले अन्दाजी एक क्वीन्टल गाँजा बरामद गरेको हो । सोमबार बिहान करिब ४ बजेको समयमा बरामद गरिएको सो गाँजा इलाका प्रहरी कार्यालयका प्रतिनिधि , पत्रकार र राप्ती–६ का वडा अध्यक्ष जल्लु चौधरीको…

    Read More
  • नेपाल शैक्षिक परामर्श संघ ९इक्यान० निर्वाचनको संघारमा

     चितवन ३ बैशाख । नेपाल शैक्षिक परामर्श संघ ९इक्यान० निर्वाचनको संघारमा छ । आगामी बैशाख ८ गते काठमाडौंमा हुने निर्वाचनको लागि इक्यानमा दुई समुह विभाजित छ । चुनाबमा विष्णुहरि पाण्डेको समूह र सरोज बस्नेत नेतृत्वको समूहल चुनावी दौडमा छन् । सदृढ र समृद्ध इक्यान बनाउन ‘पूर्ण व्यावसायिक’ व्यक्तित्वहरु रहेको दाबी गरिएको विष्णुहरि पाण्डेको समुहबाट उपाध्यक्षमा…

    Read More
  • दशौँ राष्ट्रपति रनिङ शिल्ड स् क्षेत्रीय खेलमा २२ विद्यालय सहभागी

    चितवन, ०२ वैशाख । दशौँ राष्ट्रपति रनिङ शिल्ड अन्तर्गत चितवन क्षेत्र नम्बर ३ मा क्षेत्रीय खेल सुरु भएको छ । चितवन क्षेत्र नम्बर ३ ९क०का प्रदेशसभा सदस्य कृष्णप्रसाद भुर्तेलले आइतबार उद्घाटन गरेका उक्त खेलमा जिल्लाका २२ वटा विद्यालयको सहभागिता रहेको छ । भरतपुर १९ मा पर्ने शारदानगर माविको खेलमैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन गर्दै प्रदेशसभा…

    Read More
  • गाँजा सहित एक पक्राउ

    चितवन २ बैशाख । चितवन प्रहरीले गाँजा सहित शनिबार एक जनालाई पक्राउ गरेको छ । प्रहरी बिट खोलेसिमलबाट खटिएको प्रहरीको गस्ती टोलीले कालिका नगरपालिका–३ दुई बिघामा सवारी चेकजाँच गर्ने क्रममा भालुमारा तर्फबाट खोलेसिमल तर्फ आउँदै गरेको ना १ ह ८७२५ नम्बरको अटोरिक्सामा लुकाइ ल्याएको अवस्थामा तीन किलोग्राम प्रतिबन्धित लागूऔषध गाँजा सहित धार्दिङ ज्वालामुखी गाउँपालिका–१ घर…

    Read More
  • वाईसीएलको प्रचण्डलाई अपिल ( जनयुद्ध र समान हैसियतविना पार्टी एकता हुँदैन

    २ वैशाख, काठमाडौं । माओवादी केन्द्रको युवा संगठन वाईसीएलले एकीकृत पार्टीको विधान प्रस्तावनामा जनयुद्ध शव्द नराख्ने हो भने र केन्द्रीय कमिटीमा ५० प्रतिशत हैसियत नपाउने हो भने एमालेसँग पार्टी एकता नगर्न नेतृत्वको ध्यानाकर्षण गराएको छ । फ्याक्सन इन्चार्ज मणि थापासहित अध्यक्ष प्रचण्डको निवास खुमलटार पुगेर वाईसीएलले समान हैसियतमा एकता गर्न ध्यानाकर्षण गराएको हो । वाईसीएल…

    Read More
  • अरूले देख्ने, अख्तियारले नदेख्ने ! यो के हो ?

    काठमाडौँ, २ वैशाख । महालेखाको ठहर(मालपोत कार्यालयको मूल्यांकनभन्दा १७ गुणासम्म महँगो (सञ्चालक समितिले निर्णय गर्नुपर्नेमा कार्यकारी निर्देशकलाई हस्तान्तरण(जग्गाधनीबाट निगमको नाममा जग्गा पास, व्यापारीको खातामा भुक्तानी महालेखा परीक्षकको कार्यालयले नेपाल आयल निगमको जग्गा खरिदमा अनियमितता भएको पुष्टि गरेको छ। महालेखाले गत बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको प्रतिवेदनमा निगमबाट गत वर्ष पेट्रोलियम पदार्थ भण्डारणका लागि जग्गा खरिद…

    Read More
  • नारायणगढ–मुग्लिन सडक आजदेखि पुनः  दैनिक ६ घण्टा बन्द

    २ वैशाख, चितवन । निर्माण पूरा हुन १२ प्रतिशत काम बाँकी रहेको नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि पुनः दिउँसोमा ६ घण्टा बन्द गरिने भएको छ । आयोजनाले शनिवार एकदिन नयाँ वर्षका लागि भनेर दिनभर सडक खुल्ला गरेको थियो । आजदेखि पुनः विहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सडक बन्द गरी निर्माणको कामलाई निरन्तरता दिइने आयोजनाले जनाएको छ…

    Read More
  • बिदा कटौतीको बिरोधमा महासंघद्वारा आन्दोलनको घोषणा

    चितवन । सरकारले चाडपर्वमा दिइदै आएको १ दिने बिदा पनि कटौती गरेपछि नेपाल आदिवासी जनजाति महासंँघलगायत विभिन्न जातीय सामाजिक संघसंगठनहरु आन्दोलनमा उत्रिएका छन् । आन्दोलन कार्यक्रमअन्तर्गत उनीहरुले चाडपर्वमा दिईदै आएको सार्वजनिक विदा खारेज गर्ने निर्णय फिर्ता लिन माग गर्दै नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएको छ । जिल्ला प्रशासन कार्यालय मार्फत सरकारलाई ५ बुँदे ज्ञापन पत्र बुझाउँदै…

    Read More
  • फेसबुक बन्द गर्ने हल्ला मात्र : सञ्चार मन्त्रालय

    ३० चैत, काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा आउने फेक न्यूज धेरैका लागि टाउको दुखाइको विषय बनेको छ । फेक न्यूजदेखि डाटाको दुरुपयोगलाई लिएर फेसबुकका संस्थापक मार्क जुकरबर्गले समेत माफी माग्दै हिँड्नु परेको छ । नेपालमा पनि सूचना तथा सञ्चार प्रविधि मन्त्रालय फेसबुकमा फैलिएको गलत सूचनाले हैरान छ । पछिल्लो समय मन्त्रालयको लेटरप्याडमा फोटोसपबाट बनाएर फेसबुक…

    Read More