| Posts created by Surya Baral
  • पुलिस विजयी

    चितवन । माघ २२ प्यासिफिक कलेज चौथो चितवन च्याम्पियनसिप कप फुटवल प्रतियोगिताको सोमबार भएको खेलमा जुनियर पुलिस अफिसर्स कलेज भरतपुर ३–० को गोल अन्तरले नारायणी फुटबल क्लबलाई पराजित गर्दै क्वार्टर फाईनल प्रवेश गरेको छ । पहिलो हाफको ९औं मिनेटमा पुलिसका जर्सी नं १३ का हरि कठायतले गोल गरेसँगै खेलमा अग्रता लिएको पुलिसले कप्तान जर्सी नं…

    Read More
  • ट्याङकरको ठक्करबाट दुईजना घाइते ।

    चितवन माघ २३ । चितवनको भरतपुर महानगरपालिका १ रामनगरमा दुध बोक्ने ट्याङकरको ठक्करबाट मंंगलबार दुईजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नारायणगढ बाट पोखरातर्फ जाँदै गरेको ना ५ ख २०८४ नम्बरको ट्याङकरले सोही दिशा तर्फ गइरहेको ना ४५ प ९८४० नम्वरको स्कुटरलाई ठक्कर दिँएर भएको दुर्घटनामा स्कुटर चालक राप्ती नगरपालिका ८ बस्ने…

    Read More
  • क्रान्तिकारीका कार्यकर्ताद्वारा प्रधानाध्यापक थापालाई कालोमोसो ।

    प्रनिश थापा , चितवन माघ २३ । नेकपा माओवादी विप्लव निकटका अखिल क्रान्तिकारी विद्यार्थी संगठनका कार्यकर्ताहरूले नारायणगढमा रहेको बालकुमारी माध्यमिक विद्यालयका प्रधानाध्यापक नारायणबहादुर थापालाई कालो मोसो दलेका छन् । विद्यालयको भौतिक निर्माणमा आर्थिक अनियमितता, शिक्षक र कर्मचारी नियुक्तिमा मनपरी गरेको र चर्को शिक्षा शुल्क लिएको आरोपमा विद्यालय हाताभित्रै थापालाई कालोमोसो दलिएको हो । प्रधानाध्यापकमाथि दुब्यबहार…

    Read More
  • भरतपुर फुटवल क्लब विजयी

    चितवन । माघ २१ प्यासिफिक कलेज चौथो चितवन च्याम्पियनसिप कप फुटवल प्रतियोगिताको आइतबारको खेलमा भरतपुर फुटबल क्लबले टाँडी युनाईटेड क्लवलाई पराजित गर्दै क्वार्टर फाईनल प्रवेश गरेको छ । पेनाल्टी सुट आउटमा ४ का विरुद्ध ५ गोल गर्दे भरतपुर बिजयी भएको हो । यो टिम क्वाटरफाइनल प्रवेश गरेको छ । निर्धारित समय सम्म दुवै तर्फवाट गोल…

    Read More
  • शुक्रनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्षमा रिजाल निर्वाचित

    चितवन माघ २१ । पश्चिम् चितवनको शुक्रनगर मा रहेको शुक्रनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था को अध्यक्षमा लोकनाथ रिजाल निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्धन्द्धी रामकृष्ण पुरीलाई ७८ मतान्तरले पराजित गर्दै रिजाल विजयी भएका हुन् । रिजालले ३ सय ४ मत प्राप्त गर्दा पुरीले २४० मत प्राप्त गरेका थिए । रिजाललाई नेपाली काँग्रेसको समर्थन…

    Read More
  • वायुसेवा कम्पनीले सोमबारदेखि हवाई भाडा बढाउने

    चितवन माघ २१ । नेपाल आयल निगमले बिहीबार मध्यरातबाट हवाई इन्धनमा मुल्यवृद्धि गरेपछि निजी क्षेत्रका आन्तरिक वायुसेवा कम्पनीले सोमबारदेखि हवाई भाडा बढाउने निर्णय गरेका छन् । वायुसेवा कम्पनीको छाता संगठन वायुसेवा सञ्चालक संघको शुक्रबार बसेको बैठकले न्यूनतम ७५ रुपैयाँदेखि अधिकतम ३ सय ५५ रुपैयाँसम्म भाडा वृद्धि गर्ने निर्णय गरेको संघका प्रबक्ता घनश्याम आचार्यले जानकारी दिए…

    Read More
  • चितवन प्रहरीको :आकस्मिक अप्रेसनमा ४ सय ८४ गाडी नियन्त्रण , ४ लाख राजर्श्व संकलन ।

       चितवन माघ २१ । जिल्ला प्रहरी कार्यालय चितवनले पछिल्लोपटक जिल्लाको सुरक्षा अवस्था कडाइ र मजबुत बनाउन कटिबद्ध रूपमा लागिपरेका छन् । कार्यालयका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक दिपक थापाका अनुसार बितेको पाँच दिनमा कार्यालयले गरेको ुआकस्मिक चेकजाँच अभियान’ अन्तर्ग्गत नियम उल्लंघन गर्ने चार सय ८४ गाडीसहित दुई सय ७९ जनालाई पक्राउ गरेको छ ।…

    Read More
  • अनुदानका कार्यक्रम कटौती भएकोमा मत्स्य व्यवसायीको ध्यानाकर्षण

     । चितवन । नेपाल मत्स्य व्यवसायी संघको छैठौँ राष्ट्रिय परिष्द्को शनिबार बसेको संयुक्त बैंठकले मत्स्य क्षेत्रमा विगत वर्षमा आएका अनुदान कटौतीप्रति आफ्नु गम्भीर ध्यानाकषर्ण भएको जनाएको छ। भरतपुरमा बसेको माछापालक किसान अगुवाको बैंठकले स्थानीय तहमा कृषि मन्त्रालयको बजेट स्थानान्तरण भएपनि अनुदानका कार्यक्रम कटौती भएकोमा नेपाल सरकारको ध्यानाकषर्ण गराउने भएको छ। बैठकले भारतबाट आयातित फर्मालिन मिसाइएको…

    Read More
  • अस्पताल विकास समिति कर्मचारी युनियनको अध्यक्षमा बराल निर्वा्चित

    अस्पताल विकास समिति कर्मचारी युनियनको अध्यक्षमा भरतपुर अस्पतालका संजय बराल चयन भएका छन् । शुक्रबारदेखि बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सभाहलमा सुरु भएको तेस्रो महाधिवेशनले सर्बसम्मत रुपमा ३१ सदस्यीय कार्य समिति समेत चयन गरेको छ । जस्मध्य युनियनको बरिष्ठ उपाध्यक्षमा सेती अञ्चल अस्पतालका लोकराज पाण्डे , महासचिबमा कोशी अञ्चल अस्पतालका नवराज लुइँटेल , सचिबमा भेरी…

    Read More
  • जिल्ला स्तरीय तेकवान्दोमा कृष्णपुर पहिलो

    चितवन, २० माघ भरपुरको कबर्डहलमा आयोजना गरिएको ११औँ जिल्लास्तरीय तेकवान्दो प्रतियोगितामा कृष्णपुर तेकवान्दो डोजाङ पहिलो भएको छ । राष्ट्रिय तेकवान्दो संघ चितवनले शुक्रबारदेखि आयोजना गरेको प्रतियोगिमा १२ वटा गोल्ड मेडल जित्दै कृष्णपुर तेकवान्दो डोजाङ पहिलो भएको हो । उक्त प्रतियोगितामा १० वटा गोल्ड मेडल सहित शिवपुरी तेकवान्दो डोजाङ भण्डारा दोस्रो भएको छ भने आठ वटा…

    Read More