| Posts created by Surya Baral
  • क्यान्सर अस्पतालको क्षमता र शाखा विस्तार गर्नुपर्छ स् मन्त्री बिना मगर ।

    चितवन, ९ बैशाख । खानेपानी मन्त्री बिना मगरले चितवनस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको क्षमता र शाखा विस्तार गर्नुपर्ने बताउनुभएको छ । कञ्चनपुरबाट क्यान्सर जाचका लागि आएका बिरामी भेट्न अस्पताल पुग्नुभएकी मन्त्री मगरलाई अस्पताल प्रशासनले गरेको स्वागत कार्यक्रममा बोल्नुहुँदै मन्त्री मगरले अस्पतालको सेवामा सबैको सहज पहुँचका लागि क्षमता र शाखा विस्तार गर्नुपर्ने बताउनुभएको हो ।…

    Read More
  • जबरजस्ती करणी मुद्धाको फरार अपराधी पक्राऊ ।

    चितवन , ८ बैशाख । जिल्ला प्रहरी कार्यालय चितवनले बरजस्ती करणी मुद्धामा फरार अपराधी बर्ष ६५ को चन्द्र बहादुर हमाललाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले सम्मानित अदालतबाट दोशी ठहर गरेका तथा जिल्ला प्रहरी कार्यालयमा मुद्धा दर्ता भई फरार रहेका अभियुक्तहरुको खोजि गरि कानूनी दायरामा ल्याउने अभियानलाई प्राथमिकताका साथ अगाडी बढाएको छ ।…

    Read More
  • चेरी फेशनवेयरको ठगीधन्दा

    काठमाडौँ । ललितपुर कुमारी पाटीस्थित चेरी लेडिज फेशन वेयरले सरकार र ग्राहकलाई ठगी गर्दै आइरहेको पीडित उपभोक्ताले बताएका छन् । कुमारी पाटीस्थित चेरी लेडिज फेसन वेयरले आफ्नो पसलबाट बिक्री गरेका कुनै पनि लुगा, ब्यागलगायतका सामानको बिक्री बिल दिने गरेको छैन । उक्त पसलमा बजार मूल्यभन्दा दोब्बर मूल्यवृद्धि गरी सामान राख्ने र ५० प्रतिशतसम्म छूट दिने…

    Read More
  • माओवादी हेडक्वार्टर बैठक, बराबरी हुनैंपर्ने तर एकीकरणबाट ‘ब्याक’ नहुने निस्कर्ष

    काठमाडौं, ९ वैशाख । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले एमालेसँगको पार्टी एकीकरणमा विचलित नहुन नेता तथा कार्यकर्ताहरूलाई आग्रह गरेको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको खुमलटारस्थित निवासमा आइतबार बिहान बसेको केन्द्रीय कार्यालयको विस्तारित अर्थात हेडक्वाटर बैठकले एमाले–माओवादीबीच पार्टी एकीकरण हुने र त्यसका लागि अन्तिम चरणका सम्वाद भइरहेको उल्लेख गरेको हो । बैठकमा अध्यक्ष दाहालले…

    Read More
  • ‘माउ’ पार्टी बीच एकीकरण हुँदै गर्दा एमाले–माओवादी निकट दुई अखिलबीच आरआरमा झडप

    फाइल तस्बिर काठमाडौं, ९ वैशाख । एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरणको अन्तिम तयारी भइरहेका यी दुई दलका विद्यार्थी भातृ संगठनबीच हानाहान भएको छ । काठमाडौंको प्रदर्शनीमार्ग्स्थित आरआर क्याम्पसमा आइतबार एमाले निकट अनेरास्ववियुले माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीमाथि आक्रमण गरेका हुन् । अखिल क्रान्तिकारीका एक नेताले दैनिक नेपालसँग भने, ‘नेपाल टेलिकमको सिम कार्ड वितरण गर्न…

    Read More
  • गोंगबुका ‘कोठी’ बाट ३४ जना पक्राउ

    काठमाडौं, बैशाख ९ । महानगरीय प्रहरी प्रभाग गोंगबुले यौन व्यवसायमा संलग्न ३४ जनालाई पक्राउ गरेको छ। प्रभागले शनिबार राति गोंगबु क्षेत्रको दीपज्योति र मित्रनगर आसपासमा गरेको संयुक्त अप्रेसनमा खाजा घर सञ्चालनको नाममा यौन व्यवसाय सञ्चालन गर्ने, लागूऔषध बिक्री(वितरण गर्ने तथा जुवा खेल्ने ३४ जनालाई नियन्त्रणमा लिएको हो। जसमा १९ पुरुष र १५ महिला छन्। प्रभागका…

    Read More
  • नवलपरासीमा मिलेमतो मैं खोलाजन्य पदार्थको चोरी–निकासी बढ्यो

    नवलपरासी, ९ वैशाख । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका क्षेत्रभित्र पर्ने झरही खोलामा अवैध उत्खनन भई खोलाजन्य पदार्थको चोरी–निकासी बढेको छ । गाउँघरमा प्रयोग गर्ने भनी स्थानीय तस्करहरुले खोलामा साँझ बिहान खोलाजन्य पदार्थ चोरी गरी बिक्री वितरण गरिरहेको पाइएको छ । रामग्राम नगरपालिका–१ सहुवा टिकर र वडा नं ४ सूर्यपुराबाट स्थानीय खोला तस्करले खोलाबाट बालुवा र…

    Read More
  • चितवनमा फेरी मर्यो अर्को दुर्लभ पाटे बाघ

      चितवन,९ बैशाख ।चितवनको सौराहानजिकै राप्ती किनारमा आइतबार विहान फेरी अर्को एउटा दुर्लभ पाटेबाघ मरेको छ । चितवन राष्ट्रिय निकुञ्जको छेउ राप्ती किनारमा वयस्क बाघ मृत अवस्थामा फेला परेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालका अनुसार जुधेर नै बाघ मरेको हुनसक्ने देखिन्छ । यो सँगै पछिल्लो…

    Read More
  • अपाङ्ग बालिकामामाथि यौन दुव्र्यवहार गरेको आरोपमा पौडेल समातिए ।

      चितवन , ९ बैशाख । अपाङ्ग बालिकामामाथि यौन दुव्र्यवहार गरेको आरोपमा चितवन प्रहरीले एक जनालाई पक्राउ गरेको छ । भरतपुर महानगरपालिका वडा नम्बर ३ मा रहेको श्रीगणेश अपाङ्ग धार्मिक सेवा केन्द्र सञ्चालन गर्दै आएका विष्णु पौडेललाई आश्रममा रहेका अपाङ्ग बालिकाहरु माथि यौन दुव्र्यवहार गरेको भन्दै स्थानीय आमासमुहको सहयोगमा जिल्ला बालकल्याण समितिले पक्राउ गरेर प्रहरीलाई…

    Read More