चितवनको नारायणघाटमा‘मेड इन नेपाल एक्स्पो’ तथा ‘फुड फेस्टिभल’ शुरु !

चितवन, चैत २९, युवा उद्यमी मञ्च चितवनले आजदेखि यहाँ ‘मेड इन नेपाल एक्स्पो’तथा‘फुड फेस्टिभल’ सुरु गरेको छ। नेपालमा उत्पादित सामग्रीलाई बजार प्रवर्द्धनमा सहयोग पुर्याउने उद्देश्यका साथ सो मेला आयोजना गरिएको हो ।

नेपाल युवा उद्यमी मञ्चले सन् २००६ देखि सुरु गरेको यो मेला यसवर्ष सातौँ संस्करण हो । मेलाको भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले उद्घाटन गर्नुभयो । उहाँले निजी क्षेत्रलाई प्रोत्साहन गर्दै अर्थतन्त्रलाई चलायमान बनाउन सकिने बताउनुभयो ।

स्थानीयस्तरमा हुने मेला महोत्सवले यहाँको अर्थतन्त्रलाई चलायमान बनाउने हुँदा रोजगारीको अवसर सृजना गर्न सहज हुने उहाँको भनाइ थियो ।

sahid diwas