मेड ईन नेपाल एक्स्पो तथा फुड फेष्टिबल २०८१’ तयारी अन्तिम चरणमा

भरतपुर/चितवनको भरतपुर नारायणगढ क्याम्पा चौरमा हुने ‘मेड ईन नेपाल एक्स्पो तथा फुड फेष्टिबल २०८१’ तयारी अन्तिम चरणमा पुगेको छ । युवा उद्यमी मञ्च नेपाल चितवनले नयाँ बर्षको अवसर पारेर ‘मेड ईन नेपाल एक्स्पो तथा फुड फेष्टिबल २०८१’ को आयोजना गरेको हो।

चैतको २९ गते देखि वैशाखको २ गतेसम्म सञ्चालन हुने एक्स्पोमा हरेक दिन बिहान १० देखि ६ बजेसम्म चल्ने छ भने बेलुका फुड फेष्टिवल तथा सा।गितिक कार्यक्रम हुने युवा उद्यमी मञ्च नेपाल चितवनका अध्यक्ष उमेश श्रेष्ठले जानकारी दिए । एक्स्पोको भरतपुर महानगरकी मेयर रेनु दाहालले उद्धघाटन गर्ने कार्यक्रम तय भएको उनले बताए ।

एक्स्पो १ सय भन्दा बढी स्टलहरू रहने एक्स्पोको तयारी ८० प्रतिशत पुरा भएको मञ्चको पूर्व अध्यक्ष सूर्यभक्त अधिकारीले जानकारी दिए । जहाँ कृषि निर्माण सामग्री प्रविधि हस्तकला परम्परागत कपडा फुड एण्ड बेभरेज ग्रिन ईण्डस्ट्री रियल स्टेट तथा ईनोभेसन लगायतका विभिन्न क्षेत्रका क्रियाशील व्यवसायीहरू सहभागी हुनेछन् ।

एक्स्पोमा स्टार्टअप स्टल मार्फत १० वटा नवप्रवर्तन युवा उद्यमीहरू लाई प्राथमिकता दिएको र नेपालमा नै उत्पादित विभिन्न सामग्रीहरू प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको एक्स्पोमा विशेष गरी ग्रामीण क्षेत्रका उद्यमी तथा अल्पसंख्यक समुदायका लागि निःशुल्क स्टलको व्यवस्था गरेको मञ्चका पूर्व अध्यक्ष तथा केन्द्रिय सदस्य कृष्ण सापकोटाले बताए ।
एक्स्पो अवधिभर युवामुखी प्यानल छलफलहरू पनि सञ्चालन गरिने बताइएको छ । एक्स्पोमा नेपालमा उत्पादनहुने खाद्यन्न सामग्रीदेखि विलासी सामग्री सम्मको अवलोकनगर्न पाइनेछ ।

फुड फेस्टिवल तथा सांगीतिक प्रस्तुती हेर्नका लागि टिकटको व्यवस्था गरिएको छ । खल्ती एपमार्फत अग्रिम टिकट खरिद गर्दा प्रति टिकट ३०० रुपौयाँ लाग्ने छ भने सोहीदिन एप मार्फत वा काउन्टरबाट टिकट किन्दा ५०० रुपैयाँ शुल्क लाग्ने छ ।

बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म एक्स्पो अवलोकन गर्दा भने कुनै शुल्क नलाग्ने अधिकारीले बताए । एक्स्पो तथा फुड फेस्टिवलमा देशका विविध जातीयता र क्षेत्रीय भान्साका विभिन्न परिकारहरुको प्रदर्शनी गरिने छ ।

नेपालमै उत्पादन वृद्धि र रोजगारी सिर्जनाको लागि एक्स्पो फलदायी हुने अपेक्षा गरिएको छ । एक्स्पो अवलोकनका लागि गेट पासको व्यवस्था गरिएको छ । गेट पास लिएर एक्स्पो अवलोकन गर्ने भाग्यशाली व्यक्तिले मोबाइल उपहार प्राप्त गर्ने छन् ।

‘गेट पास पाएका अवलोकनकर्ताले गेट पासको पछाडि आफ्नो नाम र मोबाइल नम्बर लेखेर बक्समा हाल्नुपर्ने हुन्छ । एक्स्पोको अन्तिम दिन एक जना भाग्यशाली अवलोकनकर्तालाई लक्की ड्र मार्फत मोबाइल उपहार प्रदान गर्ने छौँ’, उनले भने ।

उनका अनुसार एक्स्पोमा कृषि, निमार्ण सामग्री, प्रविधि, हस्तकला, परम्परागत कपडा, फुड एण्ड बेभरेज, ग्रीन इन्डस्ट्री, रियल स्टेट, टेक्नोलोजी तथा इनोभेसन लगायत विभिन्न क्षेत्रमा क्रियाशिल व्यवसायीहरु सहभागी हुनेछन् ।

१०० भन्दा बढी स्टलहरु रहने एक्स्पोमा प्रत्येक दिन राष्ट्रिय तथा स्थानीयस्तरका कलाकारहरुको बेजोड प्रस्तुती समेत रहने मेड इन नेपाल चितवन च्याप्टका पूर्वअध्यक्ष निरन्जन न्यौपानेले जानकारी दिए । उनका अनुसार सांगीतिक कार्यक्रममा चैत २९ गते द एज व्याण्ड, चैत ३० गते रकहेड, चैत ३१ गते पूर्ण राई र द परिवर्तन, बैशाख १ गते द स्वर र बैशाख २ गते उदय र झक्कासको विशेष प्रस्तुती रहने छ ।

फुड फेस्टिवलमा थकाली, थारु, तामाङ, नेवारी, तराई र अन्य परिकारहरुको स्वादको विविधता पाइनेछ, जसमा अर्गानिक उत्पादन, लाइभ कुकिङ डेमो, फुड आर्ट डिस्पले र फोटो फ्रेन्ड्ली डिजाइन क्षेत्रहरु समावेश हुनेछन् ।

sahid diwas