नारायणी किनारमाचैत्र ३१ गते भव्य सांगितिक कन्सर्ट हुँदै ःपाँचचर्चित ब्याण्ड आउँदै
चितवन/नयाँवर्ष २०८२ को अवसरमाचितवनको नारायणगढस्थित नारायणी नदीकिनारमा चैत्र ३१ गते भव्य सांगितिक कन्सर्ट हुने भएको छ ।
एस डि ईभेन्ट्स एण्ड म्यानेजमेन्टले मिसन रेड न्यू इएर फेस्ट नामकभव्य सांगीतिक कन्सर्ट गर्न लागेको हो । कन्सर्टमाचर्चित पाँच ब्याण्डको बेजोड प्र्रस्तुती रहने आयोजकले आजपत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ ।
कन्सर्टमा द एक्स ब्याण्ड, ‘कुटुम्ब, ‘मन्त्र’, ‘समीर श्रेष्ठ एण्ड द गुड ब्वाइज’ र ‘केहर एण्ड जोय’ ब्याण्डको प्रस्तुती रहने छ । दिउँसो ३ बजेबाट सुरु हुने कन्सर्ट रातिनयाँवर्षको स्वागत गरेसँगै सकिने छ । एकै दिनयति धेरै चर्चित ब्याण्डहरुको प्रस्तुती सायदै चितवनमापहिलोपटक हुनलागेको आयोजकको दाबी छ ।
नयाँवर्षमा रक्तदानको चेतना फैलाउने उद्देश्यले सांगितिककार्यक्रमगर्न लागिएको आयोजकले जनाएको छ । ‘म्युजिक फर ब्लड’ को नारा नै दिएर सांगितिककार्यक्रमको तयारी यतिखेर गरिएको छ ।
एस डी फाउण्डेशनले चितवन सहित देशभर देखिएको रगतअभाव हटाउन मिसन रेड अभियान सञ्चालनगरिरहेको छ । अभियानअन्तर्गत विभिन्न रक्तदानकार्यक्रम, रक्तदाताउत्प्रेरणा कार्यक्रम, सचेतना सहितविविधपहलकदमीहुँदै आएका छन् । मिसन रेड अभियानले एक वर्षभित्र ५ हजार पिन्ट रगत संकलनगर्ने, १० हजार युवालाई रक्तदान र रगतअभावव्यवस्थापन
सम्बन्धीतालिमप्रदानगर्ने तथा डिजिटल प्लेटफर्म मार्फत ५० लाखमानिसलाई रक्तदानमाउत्प्रेरित गर्ने लक्ष्यलिएको छ । हालसम्मअभियानले करिब २ हजार पिन्ट रगत संकलनगरिसकेको छ भने रगतव्यवस्थापनकाविभिन्नकार्यक्रमहरू सञ्चालनगर्दै आइरहेको छ ।
उक्तमिसन रेड अभियान सफलपार्न एवम् रक्तदानको चेतना फैलाउन सांगितिककार्यक्रमआयोजनागरिएको आयोजकले जनाएको छ ।
कन्सर्टमाकरिब १५ हजारभन्दा बढी दर्शक आउने आयोजकको अनुमान छ । कन्सर्टमाप्रवेशकालागिखल्तीएपमार्फत अग्रिम टिकट खरिद गर्न सकिने व्यवस्थामिलाइएको छ । कन्सर्टमा
सहभागिभई सफलपार्न आयोजकले चितवन र यस आसपासकाजिल्लाबासीसहित न्यु इएर मनाउनचितवनआउने आन्तरिक तथाबाह्यपर्यटकहरुलाई आह्वान गरेको छ । सन्देश र मनोरन्जनएकसाथदिने उद्देश्यले भव्य सांगीतिक कन्सर्ट आयोजनागरिएकाले कार्यक्रम सफलहुने आयोजकको विश्वास छ ।