लगातार नयाँ रेकड कायम गर्दै सुनको मूल्य

काठमाडौँ/नेपाली बजारमा आज (सोमबार) पनि सुनको मूल्यले नयाँ रेकड कायम गरेको छ । हिजो (आइतबार) नयाँ रेकड बनाएको सुनको मूल्यले आजपनि १ हजार १०० रुपैयाँले बढेर नयाँ रेकड कायम गरेको हो ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज सुन प्रति तोलाको १ लाख ७७ हजार ९०० रुपैयाँ कायम भएको छ । हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख ७६ हजार ८०० रुपैयाँ कायम भएको थियो ।

sahid diwas