संसदभित्रै लिङदेनको चुनौती- राजावादी यहाँ छ, सके जेल हाल
काठमाडौं/राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले संसदमा आफूहरुलाई ताकेर विरोध गर्ने गणतन्त्रवादीहरुलाई सकेदेखि जेल हाल्न चुनौती दिएका छन् ।प्रतिनिधिसभाको आइतबारको बैठक अवरोधका बीच माओवादी र सत्तापक्षका सांसदहरुले राजावादीहरुलाई थुन्न भनेपछि आफूले यस्तो चुनौती दिएको उनले बताएका छन् ।