बिधुत प्राधिकरणबाट कुलमान हटाएकोमा सरकारको चौतर्फी विरोध: व्यापक जनआक्रोश र बिरोध!
काठमाडौं/बर्तमान ओली सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर केपी ओलीका आफ्नै साला पर्ने हितेन्द्र देव शाक्यलाई नियुक्त गरेपछि देशब्यापी रुपमा चौतर्फी विरोध सुरु भएको छ ।
बिरोध गर्नेमा आम नागरिक मात्र छैनन् स्वयं सत्तारुढ दलकै नेता देखी कलाकार र प्रबुद्ध ब्यक्तिहरु समेत छन् । सत्तारूढ दल नेपाली कांग्रेसका नेता शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा, अर्जुननरसिंह केसी, डिला संग्रौला लगायतले आफ्ना सामाजिक संजालमा लेखेर कडा विरोध जनाएका छन् ।
त्यस्तै, प्रमुख बिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित पुर्ब मन्त्री सुदन किराँती, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई लगायतले सरकारको विरोध गर्दै नालायकको संज्ञा दिएका छन् ।
प्रचण्डले भनेका छन्,‘कथित दुई तिहाई बहुमतको दम्भमा गरिएको यो निर्णयप्रति घोर निन्दा गर्दछु ।’
त्यस्तै, सत्तारुढ नेपाली कांग्रेसका महामन्त्रीद्वय थापा र शर्माले पनि असन्तुष्टि व्यक्त गरेका छन् । थापाले सरकारले उल्टो बाटो हिँडेको टिप्पणी गरे । मन्त्रीले बाटो बिगारे प्रधानमन्त्रीले सम्हाल्नुपर्नेमा यहाँ प्रधानमन्त्रीले नै अनुमोदन गरिदिनु गलत भएको उनको भनाइ छ । सरकारका कामका बारेमा असन्तुष्टि सलबलाइरहेको र त्यसलाई सम्बोधन गर्नुपर्नेमा सरकारले आगोमा घिउ हालेको थापको भनाइ छ ।
‘हामीले यस्तो नगरौँ है भन्दा सुनेको जस्तो पनि गर्ने तर निर्णय फेरि यस्तो गलत गर्ने ? मन्त्रीहरूले बाटो बिराउँदा प्रधानमन्त्रीले समाल्नु पर्ने हो..तर विडम्बना त्यो भएन, निर्णय गलत छ,सरकार! उल्टो बाटो हिँडेर सही गन्तव्य पुगिँदैन’, थापाले लेखेका छन् ।
त्यस्तै, महामन्त्री शर्माले भने सरकारले कुलमानलाई हटाउने निर्णय समयोचित नभएको भन्दै विमति प्रकट गरेका छन् ।
त्यस्तै, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले अब देश पुनः ऊर्जा संकट हुन सक्ने जोखिम बढेको भन्दै सरकारको कदमको विरोध गरे । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भने बत्ति निभाएर विरोध गरेका छन् । काठमाडौका मेयर बालेनले समेत सरकारको हर्कतको विरुद्ध स्टाटस लेखेका छन्।
कलाकारहरु मनोज गजुरेल, केदार घिमिरे, लेखक अनुप भट्टराई लगायतले सरकारको निर्णयको विरोध जनाएका छन् ।
त्यस्तै देशभर शोसल मिडियामा आम सर्बसाधारणले समेत आक्रोश व्यक्त गर्दै काठमाडौ लगाएत जिल्ला सदरमुकामहरुमा बिरोध प्रदर्शनको तयारी चलिरहेको बुझिएको छ।