कास्की केन्द्रविन्दु भएर एका विहानै भूकम्प !

 

 

काठमाडौं : कास्की केन्द्रविन्दु बनाएर बिहानै भूकम्प गएको छ। 

बिहान ४ बजेर ११ मिनेटमा कास्कीको साइमाराङ केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

भूकम्प आसपासका जिल्लामा पनि महशुस भएको थियो। 

यसअघि फागुन २४ गते बिहानै बागलुङ केन्द्रविन्दु भएर ४.१ र म्याग्दी केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको थियो।

sahid diwas