सालकको खपटा जस्तो देखिने वस्तुसहित २ जना नियन्त्रणमा
१६:०० बजे जिल्ला काठमाडौं/काठमाडौँ महानगरपालिका वडा नं. १६माछापोखरीस्थित अवैध रुपमा वन्यजन्तु सालकको खपटा खरिदबिक्री भइरहेको भन्ने सूचना को आधारमा प्रहरी वृत्त, बालाजुबाट खटिएको प्रहरी टोलीले जिल्ला खोटाङ, दिप्रुङ चुईचुम्पा गा.पा. वडा नं. २ घर भई हाल का.म.न.पा. ६जोरपाटी बस्ने वर्ष २९ को उमेश तामाङलाई रितपूर्वक खानतलासी गर्दा निजले बोकेको झोलाभित्र ७७० ग्राम सालकको खपटा जस्तो देखिने वस्तु फेला पारी बरामद गरी निजसहित तपशिलमा उल्लेखित २ जना व्यक्तिहरुलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय, काठमाडौं पठाइएको।
पक्राउ परेका प्रतिवादीहरु:
१.जिल्ला खोटाङ, दिप्रुङ चुईचुम्पा गा.पा. वडा नं. २ घर भई हाल का.म.न.पा ६जोरपाटी बस्नेवर्ष २९ को उमेश तामाङ
२. जिल्ला सिन्धुली, तिनपाटन गा.पा. वडा नं. ६घर भई हाल का. जि.तारकेश्वर नगरपालिका वडानं. ७संगम फाँट बस्नेवर्ष ३० को मोहन पुलामी मगर
बरामद दसीहरू:
१. खैरो/निलो/फिक्का रातो/सेतो मिश्रित रङको झोला थान – १ (एक)
२. सालकको खपटा जस्तो देखिनेवस्तु- ७७० ग्राम
३. GIONEE कम्पनीको मोबाइल थान – १ (एक)
४. PRO कम्पनीको कीप्याड मोबाइल थान – १ (एक)