गुल्मीमा नाबालिकालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ
गुल्मी/गुल्मीमा नाबालिकालाई जबरजस्ती करणी (बलात्कार) गरेको आरोपमा प्रहरीले एक जनालाई गरेको छ । पक्राउ पर्नेमा रूरूक्षेत्र गाउँपालिका–१ का ५७ वर्षीय पर्शुराम पौडेल छन् ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालका अनुसार पौडेलमाथि अमरकल्याण महिला विकास बहुउदेश्यीय सहकारी संस्था लिमिडेको संरक्षणमा रहेकी १४ वर्षीय नाबालिकालाई करणी गरेको आरोप छ । उनले ती नाबालिकालालाई आफ्नो संरक्षणमा राखी पालन पोषण गर्न भनी राखेका थिए ।
पौडेलले संस्थाबाट १५ मंसिर, २०७६ मा उनलाई आफ्नो घरमा लिई गई पालन पोषण गर्दै आएका थिए । जिल्ला अदालतबाट ७ दिनको म्यादथप गरी उनीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।