नेपाल बुद्धिजीवी परिषद् चितवनको अध्यक्षमा नरेन्द्र कँडेल

चितवन/नेपाल बुद्धिजीवी परिषद् चितवनको अध्यक्षमा नरेन्द्र कँडेल चयन भएका छन् । आज मदन आश्रित स्मृति भवन भरतपुर चितवनमा सम्पन्न परिषद्को दशौं जिल्ला अधिवेशनले कँडेलको नेतृत्वमा सर्वसम्मतबाट १५ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

कार्यसमितिको उपाध्यक्षमा एकराज शर्मा, सचिवमा डा. शिव रिजाल, उपसचिवहरुमा बुद्धिबहादुर खड्का, सीता रिजाल र कोषाध्यक्षमा प्रेम खरेल चयन भएका छन् । सदस्यहरुमा नरेन्द्रप्रसाद बेलबासे, कृष्णप्रसाद साँखी, विष्णुप्रसाद रिजाल, रत्नबहादुर राउत, कृष्णप्रसाद ढकाल, इन्दिरा सापकोटा पौडेल, नन्दकिशोर ढकाल, शिवकुमार ढकाल, अयोध्या पाठक र जगदीश खनाल चयन भएका छन् ।

अधिवेशनको उद्घाटन सत्रमा परिषद्का महासचिव ई. गजेन्द्र प्रसाद थपलिया, नेकपा एमालेका पोलिटब्युरो सदस्य एवम् चितवन जिल्ला इन्चार्ज देवी ज्ञवाली, एमाले केन्द्रीय सदस्य यमबहादुर परियार, एमाले केन्द्रीय सल्लाहकार रमाकान्त सापकोटा, परिषद्का केन्द्रीय सदस्य एवम् चितवन इन्चार्ज दिपक प्रकाश सिवाकोटी, एमाले चितवनका सचिवालय सदस्यहरु अनोज जोशी, प्रकाश भट्ट लगायत नेपाल बुद्धिजीवी परिषद्मा आवद्ध व्यक्तिहरुको उपस्थिति रहेको थियो ।