जातीय विभेद अभियाेग लागेका उवा संघ चितवनका उपाध्यक्ष अधिकारीलाई प्रहरीले पक्राउ गरेन।

प्रहरी किन मुकदर्शक ?

चितवन/उधाेग वाणिज्य संघ चितवनका उपाध्यक्ष अशाेक अधिकारी विरूद्ध जातीय भेदभाव तथा छुवाछूत अभियाेगमा दुई महिना अघि पक्राउ पुर्जी जारी भए पनि आज सम्म पक्राउ गरिएको छैन । सार्वजनिक पद धारण गरेको व्यक्तिले जातीय विभेद गर्नु र दुई महिनासम्म पनि प्रहरीले पक्राउ नगर्नुमा प्रहरी र अधिकारी बिच कुनै साँठगाँठ हाे कि भन्ने पिडतहरूकाे आशंका छ । अधिकारी पक्राउ गर्न प्रहरीले कुनै तदारुक्ता देखाएन भन्दै पीडित गीताको दाजु चक्र रुचालले भन्नुभयो ‘जातीय विविध एउटा सामाजिक अपराध हो । सामाजिक अपराध गरेको मान्छेलाई पक्राउ गर भनेर अदालतबाट पक्राउ पुर्जी जारी हुन्छ । तर प्रहरीले खाेज्दैन, आज सम्म खोजेकै छैन, प्रहरीले चाहेको भए जसरी पनि समात्यो, प्रहरीले तदारुकता नै देखाएन । अहिले आएर मलाई प्रहरी र अधिकारी बीचमा कुनै साठगाठ हो कि भन्ने आशंका छ ।’ अधिकारीलाई पक्राउ गर्न अदालतबाट पक्राउ पुर्जी जारी गर्न पनि आलटाल र छलछाम भएको पीडित परिवारको भनाइ छ । रुचाल थप्छन् – ‘पक्राउ पुर्जी जारी गर्न पनि त्यस्तै गाह्रो भएको थियो । प्रहरीले अदालत देखाउने अदालतले प्रहरी देखाउने, बल्ल बल्ल पक्राउ पुर्जी त जारी भो तर प्रहरीले पक्राउनै गरेन ।’ उपाध्यक्ष अधिकारी विरूद्ध चितवन जिल्ला अदालतबाट पाैषकाे ४ गते पक्राउ पुर्जी जारी भएकाे थियाे । भरतपुर-२, काे श्री गणेश टाेल आँपटारीकी गिताकुमारी राउतले गत मङ्सिर २७ गते अधिकारी विरूद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिएकी थिईन । उपाध्यक्ष अधिरकारीले गितालाई जातीय आक्षेप लगाउँदै, विभेद युक्त र अपमानित शब्दले गालि गरेकाे अभियाेग गिताकाे छ । आफूलाई निकै तल गिरेर जातीय विभेदयुक्त शब्दसहित गाली गरेको व्यक्तिलाई अहिलेसम्म पक्राउ नहुँदा आफूलाई झन् पीडा थपिएको गीता बताउँछिन् । गिता भन्छिन् – ‘एउटा मान्छेलाई हँदैसम्मको पीडा हुने गरेर जातीय विभेद सहित गालि गलाैज गरेको मान्छेलाई यति लामो समयसम्म पनि प्रहरीले पक्राउ गरेर ल्याएन, यसले मलाई झन् पीडा थपेको छ।’ रावल थप्छिन् ‘मान्छेलाई मान्छे नठान्ने एउटा अपराधीलाई राज्यले समातेर कारबाही प्रक्रियामा ल्याउँदैन भने यो राज्य कसको लागि हो ? यस्तै अपराधीहरू बचाउनको लागि हो ?’ श्री गणेश टाेलकी उपाध्यक्ष समेत रहेकी रावतलाई अधिकारीकाे विभेद पुर्ण गालीले ठुलाे मानसिक असर परेकाे हामीसँग बताइन् ।  उनले भनिन् – ‘उक्त दिन देखि म न निदाउन सकेकाे छु, न खाना खान मन लाग्छ, मेराे समय राेएरै बितेकाे छ, पटक-पटक त्याे गाली मनमा आएर साह्रै पीडा भएकाे छ ।’ शारीरिक र मानसिक रूपले विक्षिप्त जस्तै देखिएकी गिताले अधिकारीलाई कानुन अनुसार हदै सम्मकाे कारवाही गर्न माग गर्दै जाहेरी दिएकी थिईन । सार्वजनिक पदमा रहेका व्यक्तिले विभेद र अपमानित शब्द सहित गालिगलाैज गरेकाे घटनाले सिंगाे समुदायलाई पिडाबाेध भएकाे दलित अधिकारकर्मी कृष्ण परियार बताउँछन्  । परियारले भने-`उवासंघकाे उपाध्यक्ष जस्ताे मान्छेले एउटा व्यक्तिलाई त्याे तह सम्म गिरेर जातीय आक्षेप लगाउँदै गाली गलाैज गर्छ भने यसले पिडितलाई मात्र नभई समुदायलाई नै पीडा बाेध भएकाे छ ।´ अधिकारीलाई यो वा त्यो नभनि कन कानुन सम्मत हदै सम्मकाे कारवाहि हुनु पर्ने र पिडितले न्याय पाउनु पर्ने दलित अधिकारकर्मीहरकाे  माग छ । गीताका अनुसार मङ्सिर १२ गते एउटा फेसबुक स्टाटसको विषयलाई लिएर उपाध्यक्ष अधिकारीले गीतालाई जातीय आक्षेप लगाउँदै गाली बेइज्जती गरेका थिए । गिता र अधिकारी एउटै टाेलवासी हुन् ।

sahid diwas