चितवनको पृथ्वी राजमार्गमा कार र ट्रक ठोक्किए

चितवन/चितवनको पृथ्वी राजमार्गमा कार र ट्रक एक आपसमा ठोक्एिका छन् । चितवनको इच्छाकामना गाउँपालिका ३ पानीधारा भन्ने ठाउँमा काठमाडौंबाट मुग्लिनतर्फ जाँदै गरेको बा.प्र. ०३-००१ ख १७५४ नम्बरको ट्रकमा विपरीत दिशाबाट आउँदै गरेको बा.प्र.०१-०२७ च ४००० नम्बरको कार ठोक्किएको हो ।

दुर्घटनामा कारमा सवार रुपन्देहीको देवदह नगरपालिका ४ की ५० वर्षीया मायादेवी उपाध्याय घाइते भएको प्रहरी चौकी मुग्लिनकी प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिइन् । उपाध्यायको टाउकोमा चोट लागेको छ । तर, अवस्था सामान्य रहेको प्रहरी निरीक्षक भण्डारीले बताइन् । उनलाई स्थानीय मेडिकलमा प्राथमिक उपचारपछि थप उपचारका लागि भरतपुर ल्याइएको छ ।प्रहरी निरीक्षक भण्डारीका अनुसार कारले ओभरटेक गर्ने क्रममा ठोक्किएको हो । दुर्घटनापछि सडक एकतर्फी मात्रै सञ्चालन भएको छ ।