मारवाडी सेवा केन्द्र नारायणघढमा पंकज अग्रवालको अध्यक्षतामा नयाँ कार्यसमिती चयन।

चितवन/मारवाडी समुदायलाई संगठित गर्दै सामाजिक गतिबिधि गर्दै आएको मारवाडी सेवा केन्द्र, नारायणगढको १४ औं साधारण सभा तथा अधिवेशनले पंकज अग्रवालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ।

यही माघ १४ गते सम्पन्न १४ औ साधारण सभा तथा अधिवेशनबाट अध्यक्षमा अग्रवालसहितको नेतृत्व सर्वसम्मत चयन भएको हो ।

मारवाडी सेवा केन्द्रको आफ्नै भवनमा भएको अधिबेशनबाट उपाध्यक्षद्वय मनोज अग्रवाल र बिकास बर्मा चुनिएका छन् । त्यसैगरी महासचिबमा निरज अग्रवाल, कोषाध्यक्षमा राकेश हरलालका, सचिबमा सुशील अग्रवाल चुनिएका छन् ।

त्यस्तै सदस्यहरुमा अशोक अग्रवाल, डा. आदित्य जलान, दिपक डालमिया, प्रदिप अग्रवाल चयन भएका छन। सेवा केन्द्रको भवनमा भएको अधिबेशनमा निर्बाचित समितिलाई निर्वाचन समिति संयोजक रामशरण सिलवालले प्रमाणपत्र बितरणा गरेका थिए ।

सो अवसरमा उद्योगपती एबम सामाजिक ब्यक्तित्व पवन कुमार अग्रवाल , नेपाल राष्ट्रिय मारवाडी परिषदका उपाध्यक्ष एबम् सेवा केन्द्रका पूर्ब अध्यक्ष उमाशंकर अग्रवाल र पुर्ब अध्यक्ष प्रमोद चाचानले शुभकामना मन्तव्य राखेका थिए ।