एमाले भरतपुर ३ लाई माडीमा आवासीय प्रशिक्षण

चितवन/नेकपा (एमाले) भरतपुर महानगर कमिटी ३ द्वारा चितवनको माडीमा आयोजित दुई दिने आवासीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

भरतपुर ३ का ३५ जना एमाले नेता कार्यकर्तालाई विविधि विषयमा प्रशिक्षण दिइएको हो । कार्यक्रममा प्रमुख प्रशिक्षकका रुपमा गोपि नेपाल रहेका थिए ।

एमाले पोलिटब्युरो सदस्य देवी ज्ञवाली, केन्द्रीय सदस्यहरु यम बहादुर परियार, कृष्णभक्त पोखरेल, एमाले चितवनका निवर्तमान अध्यक्ष राम प्रसाद न्यौपाने, एमाले चितवनका अध्यक्ष कमल राज पाठकले पनि प्रशिक्षण दिएका थिए ।

दुई दिनसम्म चलेको प्रशिक्षण निकै प्रभावकारी बनेको प्रशिक्षणमा सहभागीहरुको प्रतिक्रिया रहेको थियो ।