प्रधानमन्त्रीले नैतिकरुपमा राजीनामा दिनु उपयुक्त हुन्छः प्रचण्ड
काठमाडौं/नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् ।विपक्षी दलहरुको तर्फबाट संयुक्त वक्तव्य जारी गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्रीले राजीनामा दिनु नै उपयुक्त हुने बताए ।
उनले भने, ‘गठबन्धन गर्दा जे भनेर गरिएको थियो, ती कामहरु केही पनि अगाडि बढेका छैनन् । संविधान संशोधन प्रधानमन्त्री आफैंले ०८७ मा मात्रै हुन्छ भनेपछि त अन्य सुशासनबारे भनिएका कुरा पनि उल्टो बाटोमा हिँडिसकेपछि नैतिक रुपले सरकारले सरकारमा बसिराख्ने आधार गुमाएको छ भन्नु हामीले सरकार खोजेको अर्थ लाग्दैन । सरकारले त्यो अधिकार गुमाएको छ । नैतिकताको आधारमा सरकारले राजीनामा दिनु नै उचित हुन्छ । त्यसको अर्थ हामी सरकारमा जान हतारियको भन्ने अर्थ लाग्दैन ।’