चितवन महोत्सवमा डोरी तान्ते प्रतियोगिता, होटल व्यावसायी संघ चितवन विजयी

चितवन/उद्योग वाणिज्य संघ (उवासंघ) चितवनद्वारा नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा आयोजित १५ औं संस्करणको चितवन महोत्सव भव्यताका सञ्चालन भइरहेको छ ।महोत्सव परिसरमा विविधि गतिबिधिहरु भइरहेका छन् । जसमा दैनिक सांस्कृतिक कार्यक्रम भइरहेको छ भने कहिले काहिँ खेलकुदका गतिविधि समेत भइरहेका छन् ।

महोत्सव परिसरमा डोरी तान्ने प्रतियोगिता सम्पन्न गरिएको छ । अन्तर वस्तुगत संघ डोरी तनाई प्रतियोगिता गरिएको हो । जसमा १२ वटा वस्तुगत संघले सहभागिता जनाएका थिए ।प्रतियोगितामा होटल व्यावसायी संघ चितवन प्रथम र फेन्सी व्यावसायी संघ चितवन द्दित्तिय भएका उवासंघ चितवनका कार्यक्रम अधिकृत गणेश सुवेदीले जानकारी दिए ।

प्रथम र द्दित्तिय हुनेलाई मेडल र ट्रफी प्रदान गरिएको थियो । पुरस्कार वितरण कार्यक्रममा मुल समिति संयोजक सुमन कुमार श्रेष्ठ र खेलकुद समिति संयोजक शंकर प्रसाद घिमिरेको उपस्थिति रहेको थियो ।

पुष २५ गते बाट सुरु भएको चितवन महोत्सव माघ १० गतेसम्म चल्ने छ । महोत्सव बिहान १० बजेबाट बेलुका ६ बजेसम्म सञ्चालन भइरहेको छ । महोत्सवको टिकट शुल्क सर्वसाधारणका लागि १०० र विद्यार्थीका लागि ५० रुपैयाँ तोकिएको छ ।

चितवन महोत्सव अन्तर्गत नै पुष २९ गतेबाट नारायणगढको क्याम्पाचौरमा फुड फेस्टिबल समेत सुरु भएको छ । फुड फेस्टिबल माघ ७ गतेसम्म चल्ने छ भने बिहान ८ बजेबाट राति १० बजेसम्म सञ्चालन हुने छ ।