जनता कृषि सहकारीको ८ औं साधारणसभामा उत्कृष्ट बचतकर्ता र कर्मचारी सम्मानित !

चितवन भरतपुर ३ नारायणघाटस्थित जनता कृषि सहकारीको साधारणसभा सम्पन्न भएको छ। छाेटाे समयमा बजारमा स्थापित एव व्यावसायिक कारोबारमा सफल जनता कृषि सहकारी संस्था लि- काे ८ औं बार्षिक साधरणसभा भरतपुर महानगरपालिका वडा न. ३ अध्यक्ष विकाश थापाकाे प्रमुख अतिथित्यतामा भएको थियो। कार्यक्रम संस्थाका अध्यक्ष क्याप्टेन हुमनाथ ढकालको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा भरतपुर महानगरपालिका सहकारी तथा रोजगार प्रवर्द्धन शाखाका प्रमुख जिबलाल कुँवर, शाखाकै अधिकृत रोजी केसी, ब्यबसायी अर्जुन ढकाल लगाएतका अतिथिहरु रहेको सो कार्यक्रममा बोल्ने अधिकास बक्ताहरुले सहकारीको मर्म अनुसार सहकारीहरु चल्नुपर्ने कुरामा जोड दिएका थिए। साे अबसरमा सहकारी सस्थामा उत्कृष्ट बचतकर्ताहरू एवं कार्यलयमा उत्कृष्ट कार्य गर्ने कर्मचारीहरुलाई समेत सम्मानित गरिएको थियाे।