बेष्ट ब्रेन एजुकेशन ठगी धन्धामा: बिधार्थीको करोडौं रकम झ्वाम !

चितवनका कन्सल्टेन्सी म्यानपावर बराबर, किर्ते र ठगी बढदैं ।

चितवन/भरतपुर महानगरपालिका वडा न ३ नारायणगढको शहिदचोकमा रहेको बेष्ट ब्रेन एजुकेशन ठगी धन्धामा लिप्त रहेको पाईएको छ । शैक्षिक परामर्शको काम गर्ने भनि गत केही बर्षदेखि नारायणगढको शहिदचोकस्थित चुके कम्प्लेक्समा सञ्चालित उक्त कन्सल्टेन्सीले आफुहरुको रकम ठगी गरेको भन्दै बिधार्थीहरु जिल्ला प्रहरी कार्यालय चितवनमा दैनिकजसो धाईरहेको पाईएको हो ।
उक्त कन्सल्टेन्सीका सञ्चालकहरु जानुका ढुगांना, अर्जुन ढुगांनाले युरोप लैजाने भन्दै बिधार्थीहरुबाट कराडौं उठाएर आफुहरुको बिचल्ली पारेको एक पिडित बिधार्थीले गुनासो गरे ।
आफ्नो नाम नबताउने शर्तमा ति पिडीत बिधार्थीले भने, प्रति बिधार्थी ४५ लाखसम्म ५ दर्जन बढी बिधार्थीको रकम उठाएर सञ्चालक जानुका ढुगांना फरार भएकी छन् । उनी फरार भएपछी यता अर्का सञ्चालक अर्जुन ढुगांनाले १ बर्षभित्र रकम फिर्ता गर्ने बचन दिएपनि हालसम्म पनि रकम नदिएको भन्दै बिधार्थीहरुले जिल्ला प्रहरी कार्यालय चितवनमा ठगी, आपराधिक बिश्वासघात, आपराधिक लाभ र संगठित अपराधमा मुद्धा दर्ताको निम्ती जाहेरी दिएका छन् । गत शुक्रबार उनीहरुले उजुरी दिएको एक बिधार्थीले जानकारी दिए । बैदेशिक रोजगार बिभागमा समेत बिधार्थीहरुले जाहेरी दिएको एक बिधार्थीले जानकारी दिए ।
बिधार्थीहरुले जिल्ला प्रहरी कार्यालय र बैदेशिक रोजगार बिभागमा उजुरी दिएपनि ठगीमा संम्लग्न बेष्ट ब्रेन एजुकेशन एण्ड भिस्सा सर्बिसका सञ्चालकहरु भने अझैसम्म पक्राउ परेका छैनन् ।
यसैबिच, यो बिषयमा बुझ्न खोज्दा ठगीमा सम्लग्न जानुका ढुगांनासँग ह्वाट्स एपमा सम्पर्क भएर पनि उनी पुनः सम्पर्कबिहिन भईन् । यता अर्का सञ्चालक अर्जुन ढुगांनाले ठगीमा आफ्नो सम्लग्नता ईन्कार गर्दै पिडितहरुले न्याय पाउनुपर्ने जिकिर गरे ।

चितवनका कन्सल्टेन्सी म्यानपावर बराबर, किर्ते र ठगी बढदैं ।
चितवन । चितवनका अधिंकास कन्सल्टेन्सीले खुलेआम म्यानपारको धन्धा सञ्चालन गरिरहेको भएपनि सरोकारवाला निकायको बेवास्ता र मुकर्दशकिताले उनीहरु लगाम बिनाका घोडाजस्तै बनेका छन् ।
उनीहरुले सार्बजनिक स्थानमा राखेका होर्डिगं बोर्ड वा सामाजिक सञ्जालमार्फत युरोप अष्ट्र्ेलिया, जापान, क्यानाडा देखि कोरिया हुँदै माल्टा, क्रोयसिया र रोमानियामा समेत अध्ययन र रोजगारीका लागि पठाउने भन्दै विज्ञापन गरिरहेको पाईन्छ । तर उनीहरुले मेन पावरले झैं काम गर्न नपाईने भएपनि राज्यको नजर नपुग्दा चितवनमा यो धन्धा मौंलाईरहेको छ ।
प्रशासनले कन्सल्टेन्सीमा छापा मार्ने हो भने मेनपावर कम्पनीमा भन्दा बढी पासपोर्टहरु भेटिने भरतपुरका एकजना बिधार्थीले बताए । उनका अनुसार भाषा तालिम र भिषा प्रोसेसमा सहयोग गर्ने भन्ने नाममा जिल्लाको भरतपुर, नारायणगढ, टाँडी, पर्सा, भण्डारा, माडी र मुग्लीन त्यस्तै नवलपुरका गैंडाकोट, देवचुली र कावासोतीलगाएतका स्थानमा रहेका कन्सल्टेन्सीहरुले यस्तो झुट प्रचार गरेर बिधार्थीहरुसँग अग्रिम लाखौं मात्र होइन् करोडौं करोड रकम असुल गर्नुका साथै महिनौंअघिदेखि बिधार्थीहरुको पासपोर्ट होल्ड गर्ने गरेका हुन् ।
कन्सल्टेन्सीका रुपमा दर्ता भएका यस्ता शैक्षिक परामर्श केन्द्र (कन्सल्टेन्सी)हरुले म्यानपावरका रुपमा काम गर्ने र ठगी गर्ने शैली पछिल्लो समयमा ब्यापक मौंलाएको छ । बाहिर बाहिर जापान, अष्ट्रेलिया, न्युजिल्याण्ड, क्यानडा, युरोप, अमेरिका लगाएतका विभिन्न देशमा अध्ययनको निम्ती लैजाने भनि प्रचार गरी कन्सल्टेन्सीहरुले मेनपावरको जस्तै रोजगारीका लागि बिदेश पठाउने धन्दा चलाईरहेका हुन् ।
यस्तो धन्दा गर्ने कतिपय कन्सल्टेन्सी र त्यसका सञ्चालकले बिधार्थीरुपी श्रमिकहरुसँग अग्रिम रुपमा मोटो रकम असुलेर वर्षौं झुलाउने, ठग्ने, फरार हुने समेत गरिरहेका छन् । पछिल्ला दिनमा विदेशमा विद्यार्थी पठाउन खुलेका विभिन्न शैक्षिक परामर्शदाता कम्पनीहरुले म्यानपावरको समानान्तर गतिविधि गरिरहेका छन् । अझ उनीहरु नियमनको दायरामा नरहेकाले धेरै जना ठगिने घटना बढ्न थालेका छन् ।
यस्ता कन्सल्टेन्सीहरुको नियमन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गर्दै आएको छ । तर, विदेश पठाउने नाममा कन्सल्टेन्सीबाट हुने ठगी रोक्न मन्त्रालय उदासीन छ । पहिला पहिला मन्त्रालयको शैक्षिक परामर्श हेर्ने बिभाग र जिल्ला प्रशासन कार्यालयले अनुमन गर्दै आईरहेको भएपनि ‘संघीयता कार्यान्वयनमा आएपछि कन्सल्टेन्सीहरुको दर्ता र नियमनमा अन्योल देखिन्छ ।’
यसैबिच प्रमुख जिल्ला अधिकारी प्रकाश पौंडेलसँगसँगकुरा गर्दा उनले ठगीका घटना बढीरहेको गुनासो आईरहेको भन्दै अनुगमनलाई तिब्रता दिई दोषिहरुलाई कार्बाही गर्ने जानकारी दिए । 

कर छलीको आशंका
यता, कन्सल्टेन्सीहरुले ब्यापक मात्रमा कर छली गरिरहेको समेत बुझिएको छ । प्रायः कन्सल्टेन्सीले आफ्नो कम्पनीको खातामा रकम दाखिला गराउनको साटो ब्यक्तिगत खाता र कतिपयले त् नगद मै लिने गरेको पाईइको छ । राज्यलाई ठुलो राजस्व आउने क्षेत्र भएर पनि कन्सल्टेन्सीहरुले ब्यापक मात्रमा कर छली गरिरहेका हुन् । स बिषयमा राज्यका कर नियामक निकायहरु आन्तरिक राजस्व कार्यालय, राजस्व बिभाग र राजस्व अनुसन्धान बिभागले जिल्लातहसम्मै आफ्नो नियमन र अनुगमनर्ला ब्यापक बनाउनु पर्दछ ।