सामाजिक सेवामा अग्रसर एमाले, विद्यार्थीलाई न्यानो कपडा वितरण

चितवन/नेकपा एमाले राप्ती नगरपालिका–६ को आयोजनामा बिहीवार राष्ट्रिय आधारभुत विद्यालय पडरियाका ११० विद्यार्थीलाई न्यानो कपडा एवम् शैक्षिक सामाग्री वितरण गरिएको छ । नेकपा एमाले केन्द्रीय कमिटी सदस्य तथा बागमती प्रदेश सभा संसदीय दलका नेता जगन्नाथ थपलियाको प्रमुख आतिथ्यतामा विद्यार्थीलाई उक्त सामाग्री वितरण गरिएको हो ।

कार्यक्रममा नेकपा एमाले बागमती प्रदेश कमिटी उपाध्यक्ष दावा दोर्जे लामा, सदस्यहरु गोविन्द प्रसाद कँडेल, श्यामलाल विक, प्रदेश विभागीय सदस्य जल्लु महतो थारु, राप्ती नगर कमिटी अध्यक्ष राजकुमार कँडेल, जिल्ला कमिटी सदस्य एवं वडा नं ६ का इन्चार्ज उत्तम सेढाई, जिल्ला समन्वय समिति सदस्य गुनु विक लगायतका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

पूर्व प्रदेश मन्त्री समेत रहेका थपलियाले सामाजिक कार्यमा नेकपा एमाले निरन्तर जोडिने बताउंदै एमालेको पहलमा राप्तीमा बागमती प्रदेश सरकारबाट प्रसस्तै बजेट विनियोजन भएको बताए । एमाले जिल्ला कमिटी सदस्य एवं वडा नं ६ का इन्चार्ज उत्तम सेढाईले विभिन्न समयमा पार्टीको समन्वयमा हुने यस्ता मनकारी मानवहीतका कार्यक्रमले नेकपा एमाले जनताको पार्टी भएको पुनः पुष्टि गर्ने बताए । उनले प्रवासी मन्च पोल्याण्डका रूपक थापा र वडा कमिटी सदस्य धनराज चौधरीलाई सहयोगको लागी धन्यवाद व्यक्त गरे ।

कार्यक्रमको अध्यक्षता नेकपा एमाले राप्ती ६ का अध्यक्ष शिवनारायण चौधरीले गरेका थिए भने कार्यक्रम संचालन युवा नेता अनेरास्ववियु बागमती प्रदेश कमिटीका सदस्य सुजन थापा काजीले गरेका थिए ।