उबासंघ चितवन अपारदर्शी : चितवन महोत्सवको नाममा बिना टेण्डर भारतीय नागरिक अर्जुन चौंधरीलाई पोस्दैं !
चितवन/बिगत ३० बर्षदेखि प्रत्यक दुई बर्षको अन्तरालमा नारायणगढमा सञ्चालन हुँदैं आईरहेको चितवन महोत्सवको १५औं संस्करणको तयारी तिब्र पारिएको छ । महात्सवको निम्ती चाहिने टेण्ट, स्टलहरु बुकिगं र प्रायोजक सहप्रायोजकहरु सबै तय भइसकेको छ । महोत्सवको मुख्य आम्दानीको श्रोत बालउधान लगाएत छनौंट कार्य बिना प्रतिस्प्रधा (टेण्डर) भारतीय नागरिक अर्जुन चौंधरीलाई सुम्पने कार्य भएको छ ।
चितवनको गरिमा र गौंरबको नाम भजाउदैं बिना टेण्डर यसरी भारतीय नागरिकको कम्पनीलाई बालउधान दिनु अपारर्दशी कार्य भएको उबासंघका एक पुर्ब अध्यक्षले भण्डाफोर अभियानलाई बताए । बिगतदेखि यस्तो अपारर्दशी कार्य हुँदै आएकोमा बिचमा एकाध पटक भने प्रतिस्प्रधामा बालउधान दिईएको थियो तर पछी फेरी पुरानैं कमिशनको खेलमा बालउधान बिनाप्रतिष्प्रधा चौंधरीलाई सुम्पने कार्य भएको हो ।
आमजनसामान्यले समेत देखिने गरी छङ्गछङ्गती चितवन महोत्सवमा अपारर्दशीता र भ्रष्टाचार भएको देखिन्छ नारायणगढकै एक ब्यबसायीले बताए । उनका अनुसार घुमन्तेहरुको पुराना, ड्यामेज पिस र सडेगलेका सामान बिक्रिको स्टलहरु राखी स्टलबाट पैसा जम्मा गर्ने, गाँउ गाँउबाट महोत्सव हेर्न आउनेहरुबाट टिकटको नाममा लाखौं उठाउने, भारतीय ब्यापारी अर्जुन चौधरीको खैलौनाको ब्यापार गरी स्थानीयको शोषणभन्दा के चाही नयाँ प्रर्वद्धनात्मक काम गरेको छ भन्नुस त् ? भन्दै ती ब्यवसायीले उल्टै हामीलाई प्रश्न गरे ।
दिनेलाई कोटेशन र टेण्डर लिनेसँग भित्री साँठगाठ र बार्गेनिङ्ग
चितवन महोत्सवमा उधोग बाणिज्य संघले रकम दिनुपर्ने व्यवसायी वा ठेकेदारहरुसँग कोटेशन मागी प्रतिष्प्रधा गरेको जस्तो देखाइएको भएपनि उधोग बाणिज्य संघले रकम लिनुपर्ने राजधानी ईभेण्ट लगाएतका व्यवसायी तथा ठेकेदारहरुसँगको कारोबार अपारर्दशी बनाईएको छ ।
के कति कारणले यसो गरियो यो बिषयमा बुझ्न खोज्दा उधोग बाणिज्य संघ चितवनका अध्यक्ष सुमन श्रेष्ठले आफ्नो कार्यबिधी अनुसार गरिएकोले त्यो टेण्डर गर्न नपर्ने बताए ।