सुवास कुमार तिवारीको चार्टर्ड प्रेसिडेन्सीमा ‘लायन्स क्लब अफ माडी इको’ गठन !

माडी, चितवन : माडीका सक्रिय युवाहरुको भेलाले सुवास कुमार तिवारी चार्टड प्रेसिडेन्ट रहनुभएको नयाँ लायन्स क्लब – ‘Lions Club of Madi Eco’ गठन गरेको छ ।Lions International अन्तरगत District 325 R, Nepal को Cluster 5, Region 11 Zone 29 मा क्लब आई.डी. #179838 रहेको ‘लायन्स क्लब अफ माडी इको’ दर्ता भइ औपचारिक सुरुवात भएको हो । क्लबको प्रथम उपाध्यक्ष (First Vice President) मा हरिप्रसाद न्यौपाने, दोश्रो उपाध्यक्ष (Second Vice President) मा अर्जुन सापकोटा, तेश्रो उपाध्यक्ष (Third Vice President) मा ममता पाण्डे, सचिव (Secretary) मा पूर्णचन्द्र चापागाईं र कोषाध्यक्ष (Treasurer) मा प्रविन देवकोटा रहनुभएको छ ।

यस्तै, Club Membership Chairperson मा युवराज न्यौपाने, Club LCIF Coordinator मा दिपक सापकोटा, Club Service Chairperson मा गोबिन्द नेपाल, Club Marketing Communication Chairperson मा बालगोविन्द न्यौपाने र Club Director मा डा. खगेन्द्र काफ्‌ले रहनुभएको छ ।

यसैगरी, क्लबको संस्थापक सदस्यहरुमा डा. भानेश्वर पोख्रेल, देवनारायण शाह, दिनेश्वर महतो, दिनानाथ महतो, नारायण बहादुर खत्री, मिलनजंग थापा, टिकादेवी शर्मा, बासुदेव सापकोटा, मिनप्रसाद ढकाल, दुर्गा लामिछाने र कला बस्याल रहनुभएको छ ।

माडीमा पहिलोपटक लायन्स क्लब अफ माडी गठन भइ रक्तदान लगायतका केहि कार्यक्रमहरू अगाडि बढाएपनि सो क्लबका तात्कालीन प्रेसिडेन्ट सन्देश पाैडेल राजनैतिक कारण भुमिगत हुनुपरेसंगै क्लब निष्क्रिय हुनपुगेको थियो । अहिले नेपालमा करिब दुई हजार लायन्स क्लबहरू स्थापना भइसकेका छन् । लायन्स क्लबको मुख्य उद्देश्य समाज सेवा गर्ने हो। क्लबले खासगरी शिक्षा, स्वास्थ्य र प्राकृतिक विपद्को समयमा सहयोग गर्दै आएको छ।