निगमले बढायो पेट्रोल र डिजेलको मूल्य !
काठमाडौं/नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आज मध्यरातिदेखि लागु हुने गरी मूल्य बढाइएको छ ।
पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँले बढाइएको छ भने डिजेलको मूल्य दुई रुपैयाँ बढाएको निगमले जनाएको छ। यस्तै निगमले हवाइ इन्धनको मूल्य भने घटाएको छ । जसअनुसार हवाइ इन्धन आन्तरिकतर्फ प्रतिलिटर २ रुपैयाँ घटेको छ भने अन्तरष्ट्रियतर्फ प्रतिकिलोलिटर १५ अमेरिकी डलर घटेको छ ।
भारतीय बजारबाट मूल्य फेरबदल भएर आएसँगै निगमले आन्तरिक बजारमा पनि मूल्य समायोजन गरेको हो।