रोटरी क्लब अफ गैडाकोटबाट स्वास्थ्यचौकीलाइ बेड हस्तान्त्रण
रोटरी क्लवअफ गैँडाकोटद्धारा आधारभूतअस्पताललाई पाँच शैया हस्तान्तरण गैँडाकोट । रोटरी क्लवअफ गैँडाकोटले पूर्वी नवलपरासीको गैँडाकोटमा निकट भविष्यमै सञ्चालनमाआउन लागेको आधारभूतअस्पतालका लागि पाँच थान बेड सहयोग गरेको छ ।
गैँडाकोट नगरपालिकावडा नं. ५ माअवस्थित गैँडाकोट स्वास्थ्यचौकिमा मंगलबार विहानआयोजित एक कार्यक्रममा रोटरी क्लवअफ गैँडाकोटले माघको दोस्रो सातादेखि सञ्चालनको तयारीमा रहेको गैँडाकोट आधारभूतअस्पताललाई पाँचवटा बेड सहयोग गरेको हो ।
क्लवकाअध्यक्ष रमेश काफ्लेको अध्यक्षतातथा गैँडाकोट नगरपालिकाका मेयर मदनभक्तअधिकारीको प्रमुखआतिथ्यतामा भएको कार्यक्रममा रोटरी इन्टरनेशल नेपालका एसीस्टेन्ट गर्भनर अशोक कुमार बस्नेत विशिष्टअतिथि रहनु भएको थियो । कार्यक्रमा बोल्दै गैँडाकोट नगरपालिकाका मेयर मदन भक्त अधिकरीले सामाजिक उत्तरदायित्वअन्तगर्त रोटरी क्लवले गरेको सहयोगको प्रशंसा गर्नुभयो ।
उहाँले अस्पताल जस्तो क्षेत्रमा रोटरीले सहयोग गरेका भन्दै धन्यवाद दिनु भयो । क्लवकाअध्यक्ष रमेश काफ्ले रोटरीयनहरुको व्यक्तिगत सहयोगमाआधारभूतअस्पतालका लागि बेड सहयोग गरिएको बताउनुभयो । रोटरी क्लवअफ गैँडाकोटका सचिव गोविन्द कंडेल सञ्चालन गर्नु भएको कार्यक्रममा क्लवका पूर्वअध्यक्ष तथा भरतपुर अस्पतालका वरिष्ठ चिकित्सक डा. प्रमोद पौडेलले स्वागत मन्तव्य राख्नु भएको थियो ।