चितवन हात्ती तथा पर्यटन महोत्सवको डुंगा दौडमा भरतपुर महानगर पहिलो
सौराहा/चितवनको पर्यटकीय सौराहामा जारी १८ औँ चितवन हात्ती तथा पर्यटन महोत्सव अन्तर्गत शनिबार भएको डुंगादौड प्रतियोगितामा भरतपुर महानगरपालिकाले प्रतिनिधित्व गरेको डुंगा प्रथम भएको छ । पतियोगितामा भरतपुर महानगरको तर्फ प्रतिनिधित्व गरेर राहुल चौधरीले निर्धारित दुरी १२ मिनेट ५१ सेकेण्डमा पार गरेका थिए रहेको डुंगा प्रथम भएको हो।
चितवनका स्थानीय तहले भाग लिएको सो प्रतियोगितामा रत्ननगर नगरपालिका द्धितीय र कालिका नगरपालिका तृतीय भएको महोत्सवको आयोजक संस्था क्षेत्रीय होटल संघ सौराहाका उपाध्यक्ष ओम पाण्डेले जानकारी दिए । रत्ननगर नगरपालिकाको तर्फबाट कानु वोटे र कालिका नगरपालिकाको तर्फबाट होमबहादुर कुमाले डुंगा चलाएका थिए । सौराहा स्थित राप्ती नदीको २ किलोमिटरमा डुंगा दौड प्रतियोगिता गरिएको थियो ।
प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुनेलाई महोत्सव समापन समारोहमा शिल्ड र नगद पुरस्कार प्रदान गरिने छ । महोत्सव अन्तर्गत शुक्रबार हात्तीको वनभोज कार्यक्रम आयोजना गरिएको छ । अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर सञ्चालन गरिएको महोत्सव सञ्चालन भईरहेको छ ।