नेकपा नेता अनिल सीको पुस्तक ‘ऐंजेरु पुँजीवाद’ प्रकाशित

काठमाडौँ/नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा लेखक अनिल सीको नयाँ कृति ‘ऐंजेरु पुँजीवाद’ बजारमा आएको छ । अनिलद्वारा लिखित पुस्तकमा पछिल्लो राजनीतिक–वैचारिक विषयलाई उठान गरिएको छ ।

नेपाली नेकपा नेता अनिल सीको पुस्तक ‘ऐंजेरु पुँजीवाद’ प्रकाशित

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा लेखक अनिल सीको नयाँ कृति ‘ऐंजेरु पुँजीवाद’ बजारमा आएको छ । अनिलद्वारा लिखित पुस्तकमा पछिल्लो राजनीतिक–वैचारिक विषयलाई उठान गरिएको छ ।

नेपाली भाषाको लेखनमा ऐंजेरुलाई परजीवि पुँजीवाद, आसेपासे पुँजीवाद वा दलाल पुँजीवाद भन्ने चलन छ । यो पुस्तकलाई ‘दलाल पुँजीवाद’ नामाकरण गरेर प्रकाशन गर्न सकिनेतर्फ संकेत गर्दै अनिलले दलाल शब्द नेपाली भाषाको शव्द नभएकोले सो शब्दको सट्टा मौलिक नेपाली भाषा–शब्द प्रयोग गरिएको बताए ।

कृतिमा मार्क्सवादमाथि कुन–कुन मोर्चाबाट आक्रमण भएको छ भन्ने सन्दर्भमा गहन विश्लेषण गरिएको छ । पुस्तकमा जातिवाद, उमेर समूह, लैङ्गीकता, मानव–अधिकार, नागरिक समाज, धर्म, बौद्धिक समुदाय, सञ्चार, उत्तरमार्क्सवाद, एनजिओ, वातावरणीय आन्दोलन लगायत अनेक मोर्चाबाट हमला भइरहेको र अन्तिम विकल्पको रुपमा सैन्य मोर्चा तयारी अवस्थामा राखेको उल्लेख छ ।

कार्यदिशाको हकमा बहुदलीय जनवाद, प्रचण्पथ, न्यू सेन्थेसिस, गोन्जालो विचार हुँदै एकीकृत जनकान्तिको विषय उठान गरिएको छ । नेकपाको वैचारिक सोच बुझ्न र विचार विमर्शका लागि कृति पठनिय –सङ्ग्रहनिय हुने प्रकाशकको अपेक्षा छ। भाषाको लेखनमा ऐंजेरुलाई परजीवि पुँजीवाद, आसेपासे पुँजीवाद वा दलाल पुँजीवाद भन्ने चलन छ । यो पुस्तकलाई ‘दलाल पुँजीवाद’ नामाकरण गरेर प्रकाशन गर्न सकिनेतर्फ संकेत गर्दै अनिलले दलाल शब्द नेपाली भाषाको शव्द नभएकोले सो शब्दको सट्टा मौलिक नेपाली भाषा–शब्द प्रयोग गरिएको बताए ।

कृतिमा मार्क्सवादमाथि कुन–कुन मोर्चाबाट आक्रमण भएको छ भन्ने सन्दर्भमा गहन विश्लेषण गरिएको छ । पुस्तकमा जातिवाद, उमेर समूह, लैङ्गीकता, मानव–अधिकार, नागरिक समाज, धर्म, बौद्धिक समुदाय, सञ्चार, उत्तरमार्क्सवाद, एनजिओ, वातावरणीय आन्दोलन लगायत अनेक मोर्चाबाट हमला भइरहेको र अन्तिम विकल्पको रुपमा सैन्य मोर्चा तयारी अवस्थामा राखेको उल्लेख छ ।

कार्यदिशाको हकमा बहुदलीय जनवाद, प्रचण्पथ, न्यू सेन्थेसिस, गोन्जालो विचार हुँदै एकीकृत जनकान्तिको विषय उठान गरिएको छ । नेकपाको वैचारिक सोच बुझ्न र विचार विमर्शका लागि कृति पठनिय –सङ्ग्रहनिय हुने प्रकाशकको अपेक्षा छ।