मौलिक हकमा अन्य देशको तुलनामा नेपालका नागरिक समृद्ध: राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल
राजेन्द्र आचार्य/चितवन/राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले मौलिक हकमा अन्य देशको तुलनामा नेपालका नागरिक समृद्ध रहेको बताउनुभएको छ । चितवनको कालिका स्थित पदमपुर आधारभूत विद्यालय ढेडौलीको ७० औँ बार्षिकोत्सवको एंव भवन शिलान्यासको अवसरमा शुभकामना मन्तव्य राख्नुहुदैँ अध्यक्ष दाहालले मौलिक हकको अधिकारमा संसारका मै हुँ भन्ने देशहरुका भन्दा नेपालका नागरिक समृद्ध भएको बताउनुभएको हो ।
“संसारमा हेर्ने हो भने मै हुँ भन्ने देशका नागरिक भन्दा हाम्रो देशका नागरिक अधिकारको हिसाबले समृद्ध छौँ भन्ने कुरा दाबीका साथ राख्छु । उहाँले भन्नुभयो, शिक्षा, स्वास्थ्य, रोजगार सबै मौलिक अधिकार छ, पछाडी फर्किने कुरा जस्ता कुराहरुबाट सचेत रहदैँ प्राप्त उलब्धीको रक्षा गर्दै कहीँ कतै अप्ठ्यारो परे सन्तुलन गर्न सोच्न सकिन्छ । ”जनताले अझै प्राप्त उपलब्धीको अनुभूती भने गर्न नपाएको स्वीकार गर्नुभयो ।
“ दोश्रो संविधान सभाले संविधन बनायो ठुलै चिज पाईयो भनियो तर अझै अनभूती गर्न पाएको छैन । तर जनताले केही नपाएको भने होइन, गणतन्त्र संघियता धर्म निरपक्षता सामावेसीसमानुपातिक लगायत थुपै्र अधिकारहरु छन् केही नभएको भने होइन , उहाँले भन्नुभयो घरघरमा सिंहदरबार पुगेको छ केही त भएको छ महिला दलित उत्पीडीत जाती बर्ग क्षेत्र लिङ्गका का मानिसहरु सरकारमा गएका छन् ”
साथै अध्यक्ष दाहालले विद्यालयका शिक्षक पढ्न आउने विद्यार्थी र पठाउने अभिभावकबिचको अन्तरसम्बन्धलाई ठिक ढंगले बुझाउन सक्नुपर्ने बताउनुभयो । त्यसका लागि सबै परिपाटी राज्यले निभाउनुपर्ने उहाँको भनाई छ । भोलीका कर्णधार बालबच्चाहरुलाई विद्यालयको मुख देखाउन खाजा देखाउनुपर्ने परिपाटी राम्रो नभएको बताउनभयो । “उहाँले भन्नुभयो,भोलीका कर्णधार बालबच्चाहरुलाई विद्यालयको मुख देखाउन खाजा देखाएर ल्याउनुपर्ने राम्रो होइन बाबु आमाले अनिवार्य पठाउनुपर्ने, राज्यले अनिवार्य गर्नुपर्ने ठाउँ हो ।
”एक करोड लगानीमा बन्ने विद्यालय भवनको पनि अध्यक्ष दाहालले शिलान्यास गर्नुभयो । एक बर्षमा सक्ने गरि भवन निर्माण कार्य सुरु भएको हो ।कार्यक्रममा संघन शहरी तथा भवन निर्माण आयोजनाका प्रमुख झपट बहादुर थापा लगायतको उपस्थिति रहेको थियो ।