चितवनको मेघौलीमा राष्ट्रिय रैथाने खाना महोत्सव पुस १२ गते देखि !
चितवन/ १० पुस/भरतपुर भ्रमण वर्ष २०२४ बार्षिकोत्सबको अबसरमा राष्ट्रिय खाना महोत्सव आयोजना गरिने भएको छ । यहि पुस १२ गते देखि १६ गते सम्म पश्चिम चितवनको मेघौलीमा खाना महोत्सव गर्न लागिएको हो ।मेघौलीको जानकी माध्यामिक बिध्यालय मेघौलीमा आयोजना गर्न लागिएको महोत्सवमा ५० वटा स्थानिय खानाका स्टलहरु रहने संयोजक मायाराम चौधरीले जानकारी दिनुभयो ।
उहाँका अनुसार रु ६१ लाखको अनुमानित खर्चमा लाग्ने आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरि जानकमरी दिईयो । चौधरीका अनुसार स्थानिय थारु, कुमाल, दराई, मगर, गुरुङ, वोटे, मुसहर समुदाय सहितका स्थानिय जातका खाना महोत्सवमा राखिने छ । स्थानिय समुदायको जीवन स्तरमामा सुधार ल्याउन महोत्सव फलदायी हुने चौधरीले बताउनुभयो । महोत्सबमा १ लाख भन्दा बढि पर्यटक आउने अनुमान गरिएकमे छ ।
पत्रकमर सम्मेलनमा बोल्दै भरतपुर महानगर प्रमुख रेनु दाहालले भ्रमण वर्षको समयमा लक्ष्य भन्दा वढि पर्यटक महानगरमा भित्रिएको बताउनु भयो । महानगरपालिका भित्र एक वर्षमा बाह्य २ लाख र आन्तरिक १० लाख पर्यटकले अवलोकन गरेका छन् । भरतपुर भ्रमण वर्षले यहाँका पर्यटकिय क्षेत्रको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रबर्धनमा टेवा पुगेको, आन्तरिक तथा बाह्य पर्यटकको संख्या बृद्विमा महत्वपूर्ण भुमिका पुगेको उहाँले बताउनु ।
दिगो पर्यटन विकासका पूर्वाधारहरु थपिएको, होटल रेष्टुरेन्टमा सेवा बृद्वि भएको, पर्यटकको संख्या, बसनई अबधि एवं आर्थिक कृयाकलापहरुमा बृद्वि भएको उहाँले बताउनुभयो । महानगर प्रमुख दाहालले भ्रमण वर्ष सफल बनाउन विभिन्न चुनौतिहरु देखिए पनि अपेक्षा अनुसार काम भएको बताउनु भयो ।
राजनैतिक अस्थिरता, स्थानिय पालिकाबाट पहिलोपटक आयोजना गरिएको हुँदा सिको गर्ने ठाउँ नहुनु, भौतिक निर्माणमा तदारुपताका साथ काम हुन नसक्नु मुख्य समस्यको रुपमा रहेको बताउनु भयो । महानगर उपप्रमुख चित्रसेन अधिकारीले महानगरपालिकाको बिकास संगै जनतालाई प्रत्यक्ष लाभान्वित वनाउने उद्वेश्यले भ्रमणा वर्षको आयोजना गरिएको र सो उद्वेश्य प्राप्तिमा सफल भईएको बताउनुभयो ।
स्थानिय जनतामा यो महोत्सवले थप उर्जा मिल्ने उहाँले बताउनुभयो । यस महोत्सब स्थानिय खाना संगै ७७ जिल्लाको प्रतिनिधत्व गर्दै ७७ मिटर लम्वाईको नेपालको नक्सा विशेष आकर्षकको रुपमा रहने उहाँले बताउनुभयो ।