उवा संघ चितवनका उपाध्यक्ष अधिकारी विरूद्ध जातीय विभेद अभियाेगमा पक्राउ पुर्जी जारी
– सराेज उपरकाेटी
चितवन / उधाेग वाणिज्य संघ चितवनका उपाध्यक्ष अशाेक अधिकारी विरूद्ध जातीय भेदभाव तथा छुवाछूत अभियाेगमा पक्राउ पुर्जी जारी भएकाे छ । विहिवार अधिकारी विरूद्ध चितवन जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएकाे हाे । भरतपुर-२, काे श्री गणेश टाेल आँपटारीकी गिताकुमारी राउतले गत मङ्सिर २७ गते अधिकारी विरूद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिएकी थिईन । उपाध्यक्ष अधिरकारीले गितालाई जातीय आक्षेप लगाउँदै, विभेद युक्त र अपमानित शब्दले गालि गरेकाे अभियाेग लगाउँदै उजुरी परेकाे चितवन प्रहरी स्राेतले बताएकाे छ । सार्वजनिक पदमा रहेका व्यक्तिले विभेद र अपमानित शब्द सहित गालिगलाैज गरेकाे घटनाले सिंगाे समुदायलाई पिडाबाेध भएकाे दलित अधिकारकर्मी चक्र रूचालले बताए । रूचालले भने-`उवासंघकाे उपाध्यक्ष जस्ताे मान्छेले एउटा व्यक्तिलाई त्याे तहमा सम्म गिरेर जातीय आक्षेप लगाउँदै गाली गलाैज गर्छ भने यसले पिडितलाई मात्र नभई समुदायलाई नै पीडा बाेध भएकाे छ ।´ अधिकारीलाई तत्काल पक्रेर कानुन सम्मत कारवाहि हुनु पर्ने र पिडितले न्याय पाउनु पर्ने रूचालकाे माग छ । श्री गणेश टाेलकी उपाध्यक्ष समेत रहेकी रावतलाई अधिकारीकाे विभेद पुर्ण गालीले ठुलाे मानसिक असर परेकाे रावतले हामीसँग बताइन् । उनले भनिन् – ‘उक्त दिन देखि म न निदाउन सकेकाे छु, न खाना खान मन लाग्छ, मेराे समय राेएरै बितेकाे छ, पटक-पटक त्याे गाली मनमा आएर साह्रै पीडा भएकाे छ ।’ शारीरिक र मानसिक रूपले विक्षिप्त जस्तै देखिएकी गिताले अधिकारीलाई कानुन अनुसार हदै सम्मकाे कारवाही गर्न माग गर्दै जाहेरी दिएकी थिईन । गिता र अधिकारी एउटै टाेलवासी हुन् ।