नेपाल पत्रकार महासङ्घको निर्वाचन शुरु, चितवन मा ५ जना निर्बिरोध!
काठमाडौ/नेपाल पत्रकार महासंघमा नयाँ नेतृत्वको लागि निर्वाचन शुरु भएको छ । केन्द्रमा रमेश बिष्ट र निर्मला निर्मला शर्माको प्यानलको भिडन्त हुने छ। चितवन शाखामा भने २० सदस्यिय नयाँ कार्यसमिति निर्वाचित गर्नको लागि अहिले निर्वाचन भैरहेको छ।
हुनेमा पाँच जना निर्विरोध निर्वाचित भएका छन् । दुई उपाध्यक्षमा दीपेन्द्र अधिकारी र शान्ता अधिकारी, सचिवमा राजेश घिमिरे र आदिवासी जनजाती सदस्यमा सुनिलकुमार श्रेष्ठ र दलित सदस्यमा सरोज उपरकोटी निर्विरोध निर्वाचित भएका हुन् ।
अध्यक्ष लगायत अन्य पदका लागि आज मतदान हुँदै छ । जिल्लाको अध्यक्षमा बसन्तराज पराजुली र प्रकाशमणी ज्ञवाली भिड्दै छन् ।