चितवनमा सकियो रविको बयान, पोखरा पठाउने।
चितवन/साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनको आरोपमा ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सभापति रवि लामिछानेको बयान सकिएको छ।
मंगलबारदेखि सुरु भएको लामिछानेको बयान आज दोस्रो दिन राती आठ बजे सकिएको हो। ‘अनुसन्धानका क्रममा केही आएपछि बोलाउने गरी अहिलेलाई बयान सकिएको जिल्ला न्यायधिवक्ता शान्तिराज लुईटेलले बताए ।
उनका अनुसार लामिछानेमाथि दुई दिनसम्म ७० भन्दा बढी प्रश्न सोधिएको छ। लामिछाने माथि लिखित बयान लिइएको न्यायधिवक्ता लुईटेलले जानकारी दिए। सरकारी वकिल कार्यालयको रोहवरमा अनुसन्धान अधिकृतले लामिछाने माथि बयान लिएका थिए।
मंगलबार देखि बयान लिइएको थियो। बुधबार भने बिहान १० बजेदेखि राती आठ बजेसम्म बयान लिइएको उनले बताए। लिखित बयानको प्रमाणीकरण समेत भइसकेको उनले बताए ।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेलाई साहाराको रकम अपचलनबारे बयान लिन मंगलबार ९हिजो० चितवन ल्याइएको थियो। लामिछानेलाई भोलि पोखरा पठाउने जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी दिए।
लामिछाने माथि सहकारी ठगी, सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धान भइरहेको छ। साहरा चितवन सहकारीबाट गोर्खा मिडिया नेटवर्क प्रालिमा १० करोड ८० लाख १८ हजार १५१ लाख रुपैयाँ गएको देखिएको छ।